प्रेरक बिचारहरु

प्रेरक बिचारहरु (inspirational thoughts)

प्रेरक बिचारहरु

शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । जीवन जीउने कला हो ।

कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन ।

मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ ।

सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । शिक्षाले नै मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्छ । शिक्षा सिकाइ जीवनभर चलिरहन्छ ।

एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल

राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुन्छ । कतिपय विद्वानहरुको शिक्षासम्बन्धी विभिन्न भनाइहरुले जीन्दगीलाई सहि मार्गमा डोर्याउन सहयोग पुग्छ ।


पढौं प्रेरक भनाइहरुः

१. शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ । नेल्सन मन्डेला ।

२. शिक्षा भनेको भविष्यको लागि पासपोर्ट हो । आज राम्रो गर्नेहरुको नै भविष्य राम्रो हुन्छ । माल्कोम एक्स।

३. सिकाई र शिक्षाको लागि रुचि बनाइराख्यौं भने, तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दनैन । एन्थोनी जे डिएञ्जेलो ।

४. शिक्षाको जरा तितो हुन्छ, तर, फल सबैभन्दा मिठो हुन्छ । एरिसटोटल ।

५. शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो । जोन डिवे ।

६. मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र मा नयाँ कुरा जान्न र बुझ्नको लागि सधैं उत्सुक रहन्छु । अल्वर्ट आइन्स्टाइन् ।

७. आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ । रविन्द्रनाथ टैगोर ।

८. जो व्यक्तिले धेरै पढ्छ, तर, आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ । अल्वर्ट आइन्स्टाइन ।

९. जसले विद्यालय खोल्छ, उसले जेलको ढोका बन्द गर्न मद्धत गरिरहेको हुन्छ । भिक्टर ह्युगो ।

१०. शिक्षा भनेको बाल्टिन भर्नु होइन । आगो सल्काउनु हो । विलियम बटलर येट्स

११. असल शिक्षा , आत्मा सुन्दर बनाउने वास्तुकला हो । विलियम वेनेट ।

आफ्नो बिचार तथा प्रतिकृया दिनुहोस
यो लिङ्कमा गएर sp youtube channel मा सब्स्क्राइब गरिदिनुहोला

  subscribe link

Telegram

  message me

 तपाईले आफ्नो कृति वा शिक्षासम्बन्धि बिचार लेख रचना, समाचार, अनुसन्धान प्रतिवेदन फोटो भिडियोसहित प्रकासित गर्न चाहनुहुन्छ भने मेसेज गर्नुहोला ।