खोजिनिति खबर तपाईँ अहिले खोजनिति खबर भित्र हुनुहुन्छ । यस खबर पेजमा आधिकारिक सुचना दिएर सबैलाई सुचिचित गर्नुहोस्
... यस खोजनिति खबरमा बिज्ञापन दिएर आफ्नो स‌ँस्था पेशा व्वसायको प्रचार प्रसार गर्नहोस् । कक्षा ६ मा अध्ययनरत नेपालको लोपोन्मुख जाति मानिने थामी जातको ३ छात्राहरु क्रमश प्रथम दितीय र त्रृतीय भएका छन्

Breaking News
कक्षा १२ को नतिजा प्रकासित नतिजा हेर्न www.neb.ntc.net.np मा जानुहोला

ताजा खबरको लागि यहाँ क्लिक गर्नुहोस्


Upcoming News

शिक्षामन्त्रीलाई खुलापत्र

गणतन्त्र ल्याउने माओवादी हो,राजतन्त्र ढाल्ने माओवादी हो.

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्न चुनाव, कांग्रेस र एमालेका तीन नेताले दिए उम्मेदवारी

छठपर्वको ठपर्वको तेस्रो दिन : आज ‘खरना’

सर्लाही प्रहरीलाई घुमुवा प्रहरीरहित बनाइएको छ

निवर्तमानलाई बिदाई वर्तमान भव्य स्वागत

(जसपा)लाई पार्टी एकताका लागि प्रस्ताव

बागमती ताल सर्लाहीको पर्यटकीय स्थल बन्दै

करेन्ट लागेर युवकको मृत्यु

चाडबाडको बेला घर छाडनुको पिडा

बन्दीपुरमा खचाखच पर्यटक, व्यवसायी उत्साहित


खोजिनिति खबर shamser.info.np संवाददाता -१६ पैाषा २०७८, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्रमा गाएको गणतन्त्र ल्याउने माओवादी हो .राजतन्त्र ढाल्ने माओवादी हो बोलको गीतले यतिखेर व्यापकता पाएको छ ।


 १२ पुस, काठमाडौं । गायक तथा संगीतकार चेतन सापकोटाको पछिल्लो यो गीत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्रमा प्रस्तुत गर्दा हल जुरुक्कै उठ्यो ।लोकआधुनिक शैलीमा प्रस्तुत गरिएको गीतमा संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व स्थापित गर्ने पार्टी माओवादी नै भएको भाव थियो । गीतले महाधिवेशनमा सहभागी नेता तथा कार्यकर्तालाई उद्देलित गराएको थियो । क्रान्तिकारी गीत संगीत माओवादी आन्दोलनको प्रर्याय नै बनेको छ । जनयुद्धकालमा माओवादीको सामना सांस्कृतिक परिवारले देशव्यापी रुपमा अभियान चलाउँथ्यो । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादीको उद्घाटन शत्रमा विगतकै शैलीमा गीत तथा संगीत प्रस्तुत गर्‍यो ।

 क्रान्तिकारी पार्टी बनाउने अभियानमा गीत संगीतको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ भन्ने बुझेर नै होला माओवादीले आइतबारको कार्यक्रममा सांगीतिक कार्यक्रमलाई महत्व दिएको थियो । लोक शैलीका गीतदेखि, पञ्चेबाजा र मयूर नाचलाई माओवादीले प्राथमिकतामा राखेको थियो ।

  सात वटा भौगोलिक र तीन वटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षक एवं विभिन्न राजनीतिक दलका शीर्ष नेता उपस्थित कार्यक्रमलाई भव्य र सभ्य बनाउन माओवादीले मेहनत गरेको थियो । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्दा आइपरेको व्यवस्थापनको चटारोमा नेता तथा कार्यकर्ता खटेका थिए ।

  यो गीतको रचनाकार चेतन सापकोटा हुन भने यसलाई गायक नविन ढकालले प्रस्तुत गर्नु भएको थियो




खोजिनिति खबर shamser.info.np संवाददाता -१६ पैाषा २०७८, शुक्रबार

डिमजनता मा विले २०७८ साल मंसिरमहिनामा स‌चालन भएको प्रथम त्रैमासिक परिक्षाको कक्षा १ देखि १० सम्मको नतिजा सार्वजनिक गरेको छ । विदयालयका प्रधानाध्यापक । पाैष महिनाको पारिलो घाममा श्री ध्रुब बहादुर भण्डारीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी उक्त नतिजा सार्वजनिक भएको हो । नतिजा सार्वजनिक कार्यक्रममा बिषय शिक्षकले नतिजा सुनाउने र पुरस्कार बितरण गरिएकाे थियो । कार्यक्रममा शिक्षक विद्यार्थीले नृत्य कला प्रस्तुत गरेका थिए ।

आफ्नो ग्रेडिसट सहित रिजल्ट हेर्न डिम जनता वेभपेजमा गई रिजल्टमा Login गर्नुहोला । Login Password कोलागि विद्यालयको स्वीक्रृतिमा अभिभावकले सम्पर्क गर्नु भएमा मात्र उपलब्ध गराइनेछ । हाललाई अ‌ङ्ग्रेजी माध्यम तर्फको मात्र अपलोड भएको छ माग भएमा नेपाली माध्यमको पनि राखिदै जानेछ । रिजल्ट हेर्न सिधै तलको लिङ्कमा क्लिक गर्न सकिनेछ ...


Here is Result.Click for result site


खोजिनिति खबर shamser.info.np संवाददाता -१६ पैाषा २०७८, शुक्रबार

डिमजनता मा वि मा कक्षा ६ मा अध्ययनरत नेपालको लोपोन्मुख जाति मानिने थामी जातको ३ छात्राहरु क्रमश प्रथम दितीय र त्रृतीय भएका छन् । विद्यालयले लिएको ०७८ को प्रथम त्रैमासिक परीक्षामा उनीहरु उक्त स्थान ल्याउन सफल भएका हुन । प्रथममा यमुना थामी दोश्रोमा सङ्गिता थामी र तेश्रोमा सावित्रा थामी रहेका छन् । उनीहरु लालबन्दी न पा वडा न‌ं १५ परवानीपुर सर्लाहीका हुन् । मनकारी व्यक्तीहरुले उच्च शिक्षासम्म अध्ययनका लागि सहयोग गर्न विध्यालयले हार्दिक अनुरोध गरेको छ थप समाचार .....



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ
खोजिनिति खबर shamser.info.np संवाददाता -१७ म‌‌‌सिर २०७८, शुक्रबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिनुभयो । शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ थप समाचार .....


विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्न चुनाव, कांग्रेस र एमालेका तीन नेताले दिए उम्मेदवारी


खोजिनिति खबर shamser.info.np संवाददाता -२८ कार्तिक २०७८, शनिबार

तनहुँ । तनहुँको व्यास नगरपालिका २ मा रहेको सत्यवती मा.वि.मा शनिबार संसदीय निर्वाचनको झल्को दिनेगरि अभिभावक मतदान गर्न आतुर थिए । हातमा रातो चिटसहित बोकेर भोट हाल्न युवादेखि वृद्धवृद्धा अभिभावकले विद्यालय व्यवस्थापन समिति पदाधिकारी छान्न मतदान गरे । विद्यालयको प्रांगणमा सदाझैं कापी, कलम बोकेका विद्यार्थी नभई प्रहरीको बाक्लो तैनाथी र अभिभावकबीच भीडको दृश्यले सुन्दर विद्यालयको स्वरुप नै अर्कै भएको थियो । पटकपटकको सहमति प्रयास सफल नभएपछि सत्यवती मा.वि.ले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्न चुनावी प्रतिस्पर्धा गराएको थियो । व्यवस्थापन समितिका लागि १ हजार ९ सय ८४ अभिभावकको मतदाता सूची थियो । एक सीटे अध्यक्ष पदका लागि ४ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । वि.सं २०३३ सालमा स्थापित विद्यालयमा अध्यक्ष चयनका लागि चुनावी प्रक्रियामा जानु परेको विद्यालयका लागि पहिलो घटना हो । कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा २ हजार ५ सय ४६ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीका अभिभावक मतदाता हुने व्यवस्था छ । विद्यालयको नेतृत्वका लागि यसअघि शिक्षक, अभिभावक संघमा रहेका तर, हाल पितृशोकमा परेका सुरेश वाग्ले, पूर्व शिक्षक करुण काफ्ले, पूर्व पदाधिकारी माधव अधिकारी तथा अभिभावक सूर्यचन्द्र लम्साल गरी चारज अध्यक्षको दाबेदारीका लागि मैदानमा उत्रिएका छन् ।विद्यालयको शैक्षिक, भौतिक सुधारका लागि उम्मेदवारी दिएको र पितृ शोकमा पनि चुनावी मैदानमा प्रत्यक्ष सहभागि भएको अध्यक्ष पदका प्रत्यासी सुरेश वाग्लेले बताए । उनी नेपाली काँगेस्र व्यास २ को वडा सभापतिका समेत प्रत्यासी रहेका थिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका लागि उम्मेदवार दिएका लम्साल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।४ उम्मेदवारमध्ये करुणा काफ्ले र लम्साल नेपाली काँगे्रसनिकटका उम्मेदवार हुन् । दुवैले आफूहरु विद्यालयको शैक्षिक, भौतिक सुधारका लागि उम्मेदवारी दिएको बताए ।

आफनो अनुूुलको वातावरण बनाउन विद्यालय व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेप हुन थालेको विद्यालयका पूर्वअध्यक्ष सुर्यदेशभक्त अधिकारीले बताए ।त्यस्तै अभिभावकहरुले चुनावी प्रक्रिया आफूलाई मन पर्ने उम्मेदार छान्ने अवसर भएता पनि खर्चिलो प्रणाली रहेको बताएका छन् ।विद्यालयजस्तो संवेदशील ठाँउमा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी बताउँछन् । उनले विद्यालय जस्तो ठाँउमा खर्चिलो प्रणालीको चुनाव गर्नुभन्दा सहमतिले राम्रो व्यक्ति छान्नु पर्ने बताए ।




खोजिनिति खबर shamser.info.np संवाददाता -२० कार्तिक २०७८, शनिबार

लालबन्दी सर्लाही, कार्तिक २० गते । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको Read more...

खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन् ।पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ । छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पु-याउन जाने परम्परा छ ।Read more...

पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकामा अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेकाले छठपर्व साझा बनेको छ । इस्लाम धर्मावलम्बीले छठको भाकल गरेर व्रत बसेका बर्तालुलाई प्रसाद सामग्री सूर्यलाई चढाएको देखाइदिन आग्रह गरेका अब प्रशस्त देखिन थालेको छ ।
फोटो : शमसेर पुलामी लालबन्दी सर्लाही





घुमुवा प्रहरी नै हटाइयो ।


२०७८ कार्तिक २० मलंगवा सर्लाही

आपराधिक गतिविधि र अन्य घटनाहरुको सूचना सङ्कलनका लागि खटाइने गरिएको घुमुवा प्रहरीले जिम्मेवारीअनुसार काम नगरेर सङ्गठनकै बदनाम गर्न थालेको भन्दै घुमुवा प्रहरी नै हटाइएको हो । सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले शिविल प्रहरी घुमुवाले सूचना दिनेभन्दा बढी बदनाम गराउन थालेकाले हटाइएको बताए। “जिल्लाबाट खटाइएका दुई जना र मातहतका युनिटहरुमा रहेका अन्य सिविल प्रहरीले सूचना दिनेभन्दा बढी बद्नाम गर्ने काम गरे, Read more...

म आएपछि उनीहरुलाई हटाइसकेको छु” प्रहरी उपरीक्षक प्रसाईले भने, “अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका यूनिटहरुबाटै विशेष प्रहरी टोली परिचालन हुन्छ ।” स्थानीयवासी, तालूक कार्यालय, संचारकर्मी, अन्य सरोकारवाला लगायतबाटै सूचना लिएर शान्तिसुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको प्रहरी उपरीक्षक प्रसाईले बताए । उनकाअनुसार यसअघि सिविलमा खटाइएको प्रहरीलाई पोसाक लगाएर नियमित डिउटीमा लगाइसकिएको छ । प्रहरी उपरीक्षक प्रसाई १२ दिनअघि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भएका थिए । प्रसाईले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।



निवर्तमानलाई बिदाई वर्तमान भव्य स्वागत


२०७८ कार्तिक १६ परवानीपुर सर्लाही

२०७८ सालको तिहार र छठ पर्वको पावन उपलक्ष्यमा डिमजनता स्कुलले शुभकामना आदान प्रदानसँगसँगै विद्यालय व्यवस्थापन समितिका निवर्तमान समितिलाई सम्मानका साथ बिदाईका साथै र वर्तमान समितिलाई भव्य स्वागत कार्यक्रम गरेको छ । बिद्यालय प्राङ्गणमा छात्राहरुबाट भैलिनी आइन बोलको गीतमा नृत्य कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित सबैलाई विद्यालय व्यवस्थापन समितिका पदेन स०सचिब तथा प्र०अ०श्री ध्रुब बहादुर भण्डारीले स्वागत गर्नु भएको थियो भने कार्यक्रम स‌न्चालन शिक्षक ट‌‌कप्र० तिमल्सिनाले गर्नु भएको थियो । Read more...

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णबहादुर गैातम र सदस्यमा हरिबहादुर कार्की तिलक बुढाथोकी छोइसाल घलान गणेशब० थापा पदेन सदस्य रहनु भएको थियो भने पदेन सदस्यहरु र हरिब कार्की वर्तमान समितिमा कायमै हुनुहुन्छ। वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुबुढाथोकीले आफुहरुले सबैको राय सल्लाहले विद्यालय बिकासमा काम गर्ने बताउनु भएको थियो । वर्तमान विद्यालय व्यवस्थापन समितिको गठन भने ४ महिना अगावै भएको थियो र हालसम्म शिक्षक प्रतिनिधि चयन हुन सकेको छैन।


(जसपा)लाई पार्टी एकताका लागि प्रस्ताव

सर्लाही : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा)लाई पार्टी एकताका लागि प्रस्ताव गरेका छन्।

माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दलनिकट नेपाल लोकतान्त्रिक शिक्षक महासंघबीचको एकता कार्यक्रममा सहभागी हुन सर्लाही आएका प्रचण्डले जसपासँग पार्टी एकताका लागि प्रस्ताव गरेका हुन्। पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले आफूहरूसँग पार्टी एकता गर्न अनुरोध गरेका हुन्।

‘‘म खासगरी महेन्द्र राय यादव, मेरो मित्र पनि हो उहाँ ढिलो नगरी पार्टी एकता गरौँ भन्छु, त्यसपछि ढुक्कै,” उनले भने, ‘‘किन एक्लै टुकुरो बनाएर, क्षेत्रीय पार्टी बनाएर बस्ने हामी सबै पार्टी एकता गरौँ।” उपेन्द्र यादव, महेन्द्र यादवले आफूलाई राम्रोसँग चिन्ने बताउँदै पार्टी एकता गर्न उनले अपील गरे।

शिक्षालाई अपमानित गर्ने राज्यको नीतिका कारण नेपाल विकासित हुन नसकेको भन्दै उनले फेरि एउटा नयाँ आन्दोलन चाहिएको बताए। ‘‘शिक्षालाई अपमानित गर्ने राज्यको नीतिले नेपाल विकासित हुन नसकेको हो त्यसैले मैले आजकाल भन्ने गरेको छु फेरि एउटा नयाँ आन्दोलन चाहिएको,” उनले भने, ‘‘तैंले के गरिस् भन्नुहोला, म त गर्दैछु।”

काठमाडौं फर्किएर शिक्षामा सुधारका लागि शिक्षामन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीलाई सँगै राखेर प्रस्ताव गर्ने र गर्न नसकेमा विद्यार्थी संगठनसँगै आन्दोलन गर्ने उनले बताए। एउटा आन्दोलन नगरी व्यवाहारिक रुपले सबै समस्या समाधान नहुने उनले बताए। मधेस माओवादीमय नभएसम्म मधेशको विकास नहुने र मधेशी जनताको वास्तविक अधिकार प्राप्त पनि नहुने उनले बताए।


करेन्ट लागेर युवकको मृत्यु
सर्लाही : जिल्लाको औरहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका-८ औरहीका श्रीराम एकवाल सहनी (मुडियाडी)का छोरा करिब २१ वर्षीय अकलेस रहेका प्रहरीले जनाएको छ।सहनी आज साँझ दीपावलीका लागि पोलमा बल्ब (बत्ती) जोडने क्रममा ११ हजार वाटको विद्युतको तारमा छोएर गम्भीर घाइते भएका थिए।घाइते सहनीलाई उपचारका लागि मलंगवा अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बागमती ताल सर्लाहीको पर्यटकीय स्थल बन्दै
चाडबाडको बेला घर छाडनुको पिडा
252042042_872673180275713_5095167489442339330_n.jpg

२२ असोज, काठमाडौं । बिहीबार बिहान पौने पाँच बजे । राम्ररी उज्यालो नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर चहलपहल बढिसकेको थियो । कोरोना संक्रमण नभएको रिपोर्टमा छाप हान्न यात्रुहरु विमानस्थलको एक नम्बर प्रवेश गेट अगाडि लाइन लागेका थिए । त्यही लाइनमा भेटिए खोटाङका मिलन रसाइली । रातो टीकाले निधार रंग्याएका उनको काँधमा दुईवटा खादा र माला थियो.......

बन्दीपुरमा खचाखच पर्यटक, व्यवसायी उत्साहित

तनहुँ- पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन पनि खुल्यो । कोरोनाको संक्रमण कायमै रहेकाले पहाडकी रानी बन्दीपुरमा अपेक्षित पर्यटक उक्लिएनन् ।

पछिल्लो समय कोरोना संक्रमणदर घटेको छ । नेपालीको महान पर्व दसैँ बेला छ । दसैँमा कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा बन्द भएको मौका पारेर कोरोना कहरमा घरभित्रै थुनिएर बसेका धेरैजसो परिवार घुम्न निस्किएका छन् । त्यसैको प्रभावले यतिबेला बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

दसैँको फुलपातीदेखि पर्यटकको संख्या बढेको क्षेत्रीय होटल संघ बन्दीपुर इकाईका अध्यक्ष विपिन प्रधानले बताए । बन्दीपुर आउनेमा बढी आन्तरिक पर्यटक रहेको उनले बताए । ‘आन्तरिक पर्यटकको चाप बढी छ । विदेशी पर्यटक पनि देखिन थालेका छन् । विदेशी पर्यटकमा भारतीय बढी छन्’, उनले भने । प्रधानका अनुसार विदेशी पर्यटकले पनि छिटफुट बन्दीपुरका होटल अग्रिम बुकिङ गर्न थालेका छन् ।

पहिलो चरणमा कोरोनाको जोखिम बढेपछि २०७६ चैतदेखि बन्दीपुरको पर्यटन सुस्ताएको थियो । २०७७ सालको दसैँपछि बन्दीपुरको पर्यटन चलायमान हुँदै गर्दा दोस्रो लहरको कोरोना फैलिएर गत वैशाखदेखि फेरि बन्द गर्नुपर्‍यो । विस्तारै तंग्रिँदै गरेको बन्दीपुरमा दसैँको बेला बढेको पर्यटकको चहलपहलले पर्यटनमा आशा जगाएको प्रधानले बताए । उनले अगाडी थप्दै भने, ‘अब बन्दीपुरको पर्यटनले गति लिन्छ कि भन्ने आशा जगाएको छ । हामीले पनि पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ ।’

दसैँको बेला बन्दीपुरमा देखिएको पर्यटकको चहलपहलले होटल व्यवसायीलाई उत्साहित बनाएको बन्दीपुरमा होटल डि बन्दीपुर र हिमालय एसेस होटल सञ्चालन गर्दै आएका वसन्तराज पौडेलले बताए । उनी भन्छन्, ‘यही तरिकाले चहलपहल कायम रहीरहे बन्दीपुरे पर्यटन व्यवसायीलाई राहत मिल्छ । क्षणिक भयो भने फेरि चिन्ता थपिन्छ ।’ कोरोनाको प्रभावले बन्दीपुरको पर्यटन थलापर्दा व्यवसायीलाई बैंकको ऋण र घरभाडा तिर्न धौधाै भएको उनको भनाइ छ । बैंकको ऋण र घर भाडा तिर्न नसक्दा कतिपय होटल व्यवसायी पलायन भएको पौडेलले जानकारी दिए । अहिले देखिएको पर्यटकको चापले बैंकको ऋण र घरभाडा तिर्न केही सहज हुने उनले उल्लेख गरे । पर्यटक बढीरहेको समय बन्दीपुर कोरोनाबाट सुरक्षित भएको प्रचासप्रसार गरेर घुम्न आउनलाई निम्तो बाँड्न आवश्यक रहेको उनले बताए ।

मौलिक शहर बन्दीपुरमा पर्यटकलाई लोभ्याउने आधार हो, भक्तपुरे शैलीमा बनेका ईट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिंगारेको टुँडाल । कोलाहालमुक्त बन्दीपुर बजार । भिमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे । अन्नपुर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा देखिने टुँडिखेल । मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका । विश्व प्रसिद्ध चीनको ग्रेटवालको झल्को दिनेगरी बनाइएको मुकुन्देश्वरी पर्खाल ।

बन्दीपुरका यिनै गन्तव्यमा यतिबेला पर्यटकको चहलपहल देखिन्छ । र अधिकांश होटल पाहुनाले भरिभराउ छन् । बन्दीपुरमा बास बस्ने सोचले घुम्न आएका पर्यटक होटलमा कोठा नपाएर फर्कनु पर्ने अवस्था रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । दसैँले बन्दीपुरको पर्यटनमा उत्साह र उमंग ल्याएको उनी बताउँछन् । ‘कोरोनाका कारण छाएको निराशा हटाउनेगरी क्राउड देखिएको छ । पर्यटन व्यवसायीलाई आशावादी बनाएको छ’, उनले सुनाए ।

अब पर्यटकलाई बन्दीपुर घुम्न आउँदा छुटको व्यवस्था मिलाउने योजना बनाएको उनले बताए । ‘बन्दीपुरलाई कोरोना फ्रि घोषणा गर्दै छुटको प्याकेज ल्याउने योजना छ । जसले गर्दा अझै पर्यटक बढ्ने अनुमान छ’, प्रधानले भने । बन्दीपुरमा साना ठुला गरेर ७० बढी होटल रेष्टुरेन्ट छन् । बन्दीपुर बजार आसपासमा झण्डै आधा दर्जन होमस्टे सञ्चालन गरिएको छ ।

संसद् लाइभ : एमालेको नारामा थपियो ‘कालो धन’ 

प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले संसद्‌मा 'संसदीय मर्यादा कायम गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, 'पक्षपातपूर्ण व्यवहार मुर्दावाद’, 'पार्टी फुटाउने षडयन्त्र मुर्दावाद’ र 'गैर सांसदलाई प्रवेश निषेध गर’ लगायतका नारा लगाउँदै अवरोध गर्दै आएको छ । 

सामाजिक सञ्जालमा ‘प्राइभेट ग्रुप’ खोलेर अश्लील सामाग्रीको लेनदेन


सामाजिक सञ्जालमा ‘प्राइभेट ग्रुप’ खोलेर भिडियोलगायतका सन्देश आदानप्रदान गर्न मिल्ने विभिन्न सामाजिक सञ्जालमा ‘प्राइभेट ग्रुप’ खोलेर नेपालमा अश्लील सामाग्रीको मोलमोलाइ र लेनदेन हुने गरेको पाइएको छ । तर, यस्ता सामाग्रीको कारोबार रोक्न प्रहरीलाई भने कानुनी अड्चन छ । जसले गर्दा सामाजिक विकृति फैलने जोखिम समेत बढेको छ



प्रतिस्थापन विधेयकको बिरोध
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले छापामार शैलीमा प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । स्थायी कमिटीको शनिबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकले सरकारले प्रतिपक्षलाई आवश्यक सूचना नदिई र सहकार्यसमेत नगरी बजेट प्रस्तुत गरेकोमा आपत्ति जनाएको हो ।

बैठकपछि निर्णयबारे जानकारी दिँदै प्रचार विभागका प्रमुख योगेश भट्टराईले सरकारले असंसदीय काम गरेको बताए । ‘सरकारले जे गर्योस, त्यो विल्कुलै असंसदीय काम भयो । यो सत्तापक्षको बलमिच्याई भयो भन्ने हाम्रो निष्कर्ष छ । कुनै पनि विधेयक प्रस्तुत गर्दा सरकारले प्रतिपक्षसँगलाई आवश्यक जानकारी दिनुपर्ने हुन्छ । आवश्यक सहकार्य गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो कुनै पनि कुरा नगरीकन हठात् र छापामार शैलीमा बजेट ल्याइयो ।

नेता भट्टराईले सरकारले अघिल्ला सरकारले ल्याएका लोकप्रिय आयोजनाहरुको टौती गरिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘बजेटमा विगतको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुलाई कटौती गरिएको छ । कतिपय आयोजना र कार्यक्रमहरु हचुवाका भरमा ल्याइएको छ । यसप्रति हाम्रो आपत्ति छ, विमति छ,’ उनले भने ।



Nepal and PNG to play ODI series in Oman

27th August, 2021

Despite heroic innings from the bat of Sam Curran, India defeated England by 7 runs to win the 3 match series 2-1. Chasing a target of 330 runs to win, the visiting team finished on 322/9 falling short of the target by 7 runs.

Despite heroic innings from the bat of Sam Curran, India defeated England by 7 runs to win the 3 match series 2-1. Chasing a target of 330 runs to win, the visiting team finished on 322/9 falling short of the target by 7 runs.

Despite heroic innings from the bat of Sam Curran, India defeated England by 7 runs to win the 3 match series 2-1. Chasing a target of 330 runs to win, the visiting team finished on 322/9 falling short of the target by 7 runs.

Despite heroic innings from the bat of Sam Curran, India defeated England by 7 runs to win the 3 match series 2-1. Chasing a target of 330 runs to win, the visiting team finished on 322/9 falling short of the target by 7 runs. Despite heroic innings from the bat of Sam Curran, India defeated England by 7 runs to win the 3 match series 2-1. Chasing a target of 330 runs to win, the visiting team finished on 322/9 falling short of the target by 7 runs.