Published Articles
शमसेर पुलामी डिमजनता मा वि लालबन्दी १६ परवानीपुर सर्लाही
एक्सन रिसर्च प्रतिवेदन कसरी तयार गर्ने ?
कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी
<--------------------->एक्सन रिसर्च के हो ?
<---------->सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ । विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो ।
एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्षक विद्यार्थी दुबै पक्ष लाभान्वीत गरिने क्रियाकलाप एक्सन रिसर्च हो । यो नामैले अर्थ र काम स्वयम् बोलिरहेको छ । मुख्यतः एक्सन रिसर्च सारमा कार्यमूलक विज्ञान नै हो । सयौं विद्वान एवम् शिक्षाविदहरुले एक्सन रिसर्चलाई परिभाषित गर्दै व्याख्या गर्नुभएको छ ।
लरेन्स स्टेनहाउसका अनुसार शिक्षक आफैंमा एक अनुसन्धानकर्ता हो । अनि वास्तविक कक्षाकोठाहरु नै प्रयोगशाला हुन् र ती शिक्षकबाटै निर्देशित हुन्छन्, न कि नुसन्धानकर्ताहरुबाट । शिक्षक मात्र त्यस्ता व्यक्ति हुन्,जसले विद्यालयलाई बुझेर परिवर्तन गर्न सक्छन् । एक्सन रिसर्च शिक्षकको पेसागत कामसँग प्रत्यक्ष जोडिएको छ । एक्सन रिसर्चलाई निचोडमा बुझ्ने हो भने एउटा शिक्षकले आफ्नो स्कुलमा प्रतिदिन सामना गर्नु परेका समस्याहरु जुन स्वयम् शिक्षकले अनुसन्धानमार्फत् समाधान गर्न सक्ने खालकालाई हल गर्ने विधि हो । निम्न उद्देश्यहरुबाट एक्सन रिसर्चलाई बुझ्न थप मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।>
एक्सन रिसर्चका उद्देश्यहरुः
<---------->१. पाठ्यक्रम कार्यान्वयनमा सुधार गर्नु
२. कक्षाकोठाका समस्याहरु समाधान गर्नु
३. स्थानीय समस्या स्थानीय तहमै समाधान गर्नु
४. समस्या समाधान गर्न वैज्ञानिक चिन्तनको विकास गर्नु
५. विद्यालय प्रणालीलाई प्रभावकारी बनाउनु
६. सिकारुहरुको शैक्षिक उपलब्धिस्तर उकास्नु
७. शिक्षण विधि र शैक्षिक सामग्रमा सुधार गर्नु
८. प्रजातान्त्रिक मूल्य, मान्यता र प्रवृत्तिको विकास गर्नु
एक्सन रिसर्चका महत्वहरुः
<---------->१. वैज्ञानिक चिन्तको विकास
२. अनुसन्धान, पाठ्यक्रम कार्यान्वयन र विषय क्षेत्र सम्बन्धी समस्या समाधान
३. विद्यार्थी अपलब्धीको स्तर वृद्धि
४. पाठ्यक्रम विकासमा सहयोग
५. प्रजातान्त्रिक मूल्य, मान्यता र प्रवृत्तिको विकास तथा संरक्षण
६. शिक्षण सिकाइ सम्बन्धी त्रुटीमा सुधार
७. सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्न सहयोग
८. शिक्षक विद्यार्थी बीचमा सामाजिक कारणले आएको भिन्नता न्यूनीकरणमा सहयोग
एक्सन रिसर्चका विशेषताहरुः
<---------------------->१. स्थानीय चासोका समस्याहरुको तत्काल खोजी गर्न सहयोग गर्ने
२. यो अनुसन्धान शिक्षकले गर्दछन्
३. व्यवहारिक र कार्यमूलक हुन्छ
४. विद्यालय एवम् कक्षाकोठामा प्रयोग हुन्छ
५. पाठ्यक्रमका समस्याहरुलाई वैज्ञानिक प्रक्रियो समाधान गर्छ
६. विकासात्मक ढाँचाको अनुसन्धान परियोजना
७. शैक्षिक क्षेत्र सुधार गर्ने विधि
८. निष्कर्षहरु तत्काल प्रयोग हुने
एक्सन रिसर्चका प्रकारहरुः
<------------>१. एक शिक्षकबाट गरिने
२. समूहद्वारा गरिने
३. विद्यालयतहमा गरिने
४. जिल्लास्तरमा गरिने
५. राष्ट्रियस्तरमा गरिने
<-------------->एक्सन रिसर्चको खाकाः
यसका मुख्य चार अङ्ग हुन्छन् । (क) प्लान (ख) एक्सन (ग) अब्जर्भेसन (घ) रिफ्लेक्सन ।
यी ४ पक्षहरुको चक्र नै कार्यमूलक अनुसन्धान हो । सर्वप्रथम एक्सन रिसर्चको प्रारम्भ योजना निर्माणबाट गरिन्छ र यो योजना निर्माण शैक्षिक समस्यामा आधारित हुन्छ । समस्याको पहिचानपश्चात् सम्भाव्य समाधानका विधि तयार गर्नु योजना निर्माण हो ।
दोस्रो चरणमा, योजना अनुरुप सम्बन्धित समस्या समाधानको विधिमा एक्सनमा जानु हो । यो महत्वपूर्ण चरण भएकोले यसमा यथार्थपरक र वास्तविकता हुनैपर्छ । तेस्रो चरणमा अब्जर्भेसन पर्दछ । यो पहिले र अहिले के भयो भनेर तुलना गर्ने अनि भिन्नताको विश्लेषण गर्ने, एक्सनको पर्यवेक्षण, परीक्षण अत्यन्त सुक्ष्मढंगले गर्नुपर्छ । चौथो चरणमा रिफ्लेक्सनलाई लिइएको छ । यो नतिजाको असर बुझ्ने वा त्यसको प्रभाव कस्तो रह्यो, फेरि के योजना बनाउनुपर्ला ? भन्ने बारेमा यस चरणमा पत्ता लगाइन्छ । यसरी समस्याको पहिचान, समाधानको उपायहरुको योजना र कार्यान्वयन हुँदै ती योजना अनुसारका विधिहरुको प्रयोगको स्वभाव र अवस्थापश्चात् रिफ्लेक्सन चाहिँ नतिजाको असर तुलना, विश्लेषण, थप सुधारका नयाँ योजना नै एक्सन रिसर्चको मुख्य खाका हो, जुन चक्रिय विधि हो । यसरी एक्सन रिसर्चको उल्लेखित ४ स्टेपहरुपश्चात्प्र तिवेदन तयार गरिन्छ । प्रतिवेदनमा तपसिलका बुँदाहरु उल्लेख गर्नुपर्छ ।
एकसन रिसर्च रिपोर्टको नमूना (खाका)
<------->प्रतिवेदनमा तपसिलका बुँदाहरु उल्लेख गर्नुपर्छ ।
<--------------->कार्यमूलक अनुसन्धानको शीर्षकः
१.यस अन्तर्गत शैक्षिक समस्या उल्लेख गरिन्छ, जुन दैनिक फेस गरिएको र समाधान गर्न सकिने हुन्छ ।
२. अनुसन्धानकर्ताको विवरणः यसमा अनुसन्धानकर्ताको नामथर, ठेगाना, विद्यालय र अन्य कुरा समावेश गर्न सकिन्छ ।
३. परिचयः यस अन्तर्गत निश्चित समस्याको एक्सन रिसर्च गर्नुपरेको विवरणबारेको परिचय उल्लेख गरिन्छ । संक्षिप्तमा उक्त समस्याले पारेको प्रभावसँग जोडिएका तमाम पक्षहरुको उजागर गर्नुपर्ने हुन्छ । समस्या पहिचानसँगै यसको पृष्ठभूमि र समस्याको विस्तृतिकरण बुझिने गरी सरल ढंगमा समस्याको कथन प्रतिवेदनमा उल्लेख गरिन्छ ।
४. सम्पादित क्रियाकलापको विवरणः समस्या समाधानको लागि तयार गरिएका अर्थात योजनामा उल्लेखित विधिहरुको क्रमबद्ध विवरण सूची यस प्रतिवेदनको महत्वपूर्ण अंग हो । ती उपाय र विधिहरुलाई कसरी व्यवहारमा लगिँदाको क्रियाकलापहरु प्रतिवेदनमा समेट्नुपर्छ ।
५. विद्यार्थीबाट प्राप्त प्रतिक्रियाः समस्या समाधानको विधि अनुरुप सम्पन्न गरिएका क्रियाकलापको प्रभाव विद्यार्थीमा कस्तो रह्यो ? विद्यार्थीहरु यो समस्या समाधानमा अपनाइएका क्रियाकलापप्रति के प्रतिक्रिया दिन्छन् ? उनीहरुका अनुभव, बुझाइ र प्रतिक्रिया रिपोर्टमा लेख्नै पर्दछ ।
६. अनुसन्धानकर्ताको अनुभवः अनुसन्धानकर्ताले उल्लेख गरेको समस्या, उक्त समस्या समाधानमा प्रयोग गरिएको विधि, उक्त विधिको नतिजासम्म आइपुग्दा प्राप्त अनुभवहरु स्वयम्ले राम्रो नराम्रो, सहज असहज उल्लेख गर्नैपर्छ ।
७. शिक्षण सिकाइमा उपयोगिताः समस्या समाधानमा प्रयोग गरिएको क्रियाकलाप र यसको प्रभाव प्राप्त उपलब्धीले समग्र शिक्षण सिकाइको क्षेत्रमा हुने उपयोगिता उल्लेख गरी प्रतिवेदनलाई पूर्णता दिनुपर्दछ ।
८. निष्कर्षः अन्तमा, औपचारिकता सहितको निचोड उल्लेख गरिन्छ ।