एकिकृत परीक्षा तथा सूचना प्रणाली Integrated Exam Management Information System-IEMIS बारे जानकारी
छिटोभन्दा छिटो नतिजा
प्रकासन गरी मूल्याङ्कन अभिलेखीकरण कार्यमा चुस्त बनाउन र हप्तौ दिनको काम केही घण्टामा प्रकाशन गर्न मोबाइलमाबाटै अङ्क चढाई नतिजा पनि मोबाइलमै हेर्न सकिने र विद्यार्थीले पनि अनलाइनमै
नतिजा हेरी ग्रेडशिट डाउनलोड गर्न सकिने किसिमको अनलाइन सफ्टवेयर Integrated Exam Management Information System-IEMIS डेभलभ गरिएको छ ।
... विद्यार्थीले प्राप्त गरेको ज्ञान, सिप र योग्यतालाई वास्तविक जीवनका परिस्थितिमा प्रयोग गर्न सक्ने क्षमताको मूल्याङ्कन हो। यसले विद्यार्थीको सिकाइ प्रक्रिया र उपलब्धिलाई विविध तरिकाबाट मापन गर्दछ। सिकाइ प्रक्रिया र मूल्याङ्कन एक सिक्काको दुई पाटो हो । यिनीहरुबीचको सम्बन्ध परिपुरक हुन्छ । तीमध्ये कुनै एक कमजोर भएमा शिक्षण प्रक्रिया अधुरो हुन्छ।
मूल्याङ्कनको एउटा भरपर्दो साधन र आधार भनेको परीक्षा हो । विद्यार्थीले प्राप्त गरेको उपलब्धिलाई प्रमाणिकरण गर्ने काम परीक्षाले गर्दछ । नतिजा प्रकाशन र सूचना व्यवस्थापन मूल्याङ्कन प्रणाली एउटा पक्ष हो ।
यसकारण मुल्याङ्कन प्रणाली चुस्तदुरुस्त बैज्ञानिक हुनु जरुरी छ । विद्यार्थीले प्राप्त गरेको उपलब्धिलाई अभिलेखीकरण गरी नतिजा प्रकाशन छिटो हुनु जरुरी हुन्छ नै । मूल्याङ्कन र नतिजा प्रकाशनको सन्दर्भमा
हाम्रो अभ्यास आफनै पाराको छ । मूल्याङ्कनको रुपमा परीक्षालाई जति जोड दिएपनि परिक्षा र नतिजाको विषयमा त्यति चासो राखेको पाइदैन । परीक्षा आआफ्नै पारामा र नतिजा पनि आआफ्नै पारामा हुन्छ ।
केन्द्रले मूल्याङ्कन सम्बन्धी बर्षेनी निती बनाउँछ । यसको कार्यान्वयन कसरी भइरहेको छ भनेर अनुगमन हुने गरेको देखिदैन । न त पालिकाले त्यो हैसियत राख्छ । विद्यालयहरुले नतिजा के कसरी गर्ने गरेको छ .
यता ध्यान गएको देखिदैन । फरक फरक विद्यालयमा फरक फरक रिजल्ट र फरक फरक प्रमाणपत्र दिने गरेको देखिन्छ । हुन त अहिले इमिसको व्यवस्थाले केही सहज बनाए पनि यसको पनि आफ्नै सिमितताहरु छन् ।
अझ धेरै विद्यालयमा हातले लिस्ट टाँस गरेर मूल्याङ्कनको झन्झट टार्छ । कतिपय विद्यालयमा परीक्षा शुल्कको सदुपयोग खाजा नास्तामा गरेको पाइन्छ । शैक्षिक उपलब्धीको प्रमाणपत्र दिइदैन ।
परीक्षाको नतिजा हप्तौ कुर्नु पर्ने अवस्था देखिन्छ । सानो होस ठुलो जुनसुकै परीक्षाको नतिजा हेर्न पाउने र प्रमाणपत्र प्राप्त गर्ने अधिकार विद्यार्थीमा हुन्छ । यही कुरालाई मध्य नजर राखी छिटोभन्दा छिटो नतिजा
प्रकासन गरी मूल्याङ्कन अभिलेखीकरण कार्यमा चुस्त बनाउन र हप्तौ दिनको काम केही घण्टामा प्रकाशन गर्न मोबाइलमाबाटै अङ्क चढाई नतिजा पनि मोबाइलमै हेर्न सकिने र विद्यार्थीले पनि अनलाइनमै
नतिजा हेरी ग्रेडशिट डाउनलोड गर्न सकिने किसिमको सफ्टवेयर डेभलभ गरिएको छ । यसको नाम Integrated Exam Management Information System-IEMIS रहेकोछ
अब Manually डाटा एन्ट्री गरिरहनु परेन । यसमा दिइएको Sample Excel file डाउनलोड गरी त्यही फाइलमा डाटा भरेर Upload गरी Data transfer गर्न सकिन्छ । यसको लागि यहाँ
Click गर्नुपर्नेछ ।
‘विद्यार्थीबाट शुल्क लिनु गैरकानूनी हो; शिक्षा उद्योग होइन
विद्या भट्टराई, निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयन गर्न निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले २०८३ सालसम्मको कार्ययोजना बनाएकी थिइन् । तर भट्टराईले ९ महिनामै पदबाट राजीनामा दिइन् । उनले आफ्नो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कति कार्यान्वयन गरिन् त ?
... अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानीको सम्पादित अंश :
नौ महिना मन्त्री हुनुभयो । शुरूदेखि नै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा जोड दिनुभएको थियो । कति कार्यान्वयन गर्नुभयो ?अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ पास भएपछि मन्त्रालयले केही काम शुरू गरेको थियो । किताब निःशुल्क दिने, खाजा दिने र छात्रवृत्तिको काम भएको थियो । र, निःशुल्क शिक्षा बनाउन स्थानीय तहलाई तयार पार्ने काम भयो । तर सबै ठाउँमा पुगेको थिएन । स्रोत भएको पालिकाले शुरू गरेका थिए ।
संविधानको मौलिक हकले शिक्षा राज्यको दायित्व भनेको छ । जसमा आधारभूतसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क भनेको छ । ऐनले पनि तीनै सरकारको दायित्व र जिम्मेवारी हो भनेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पूरा नगरेमा कानूनसम्मत कारबाही हुन्छ भन्ने स्पष्ट छ । बाँकी अनलाइनखबरमा पढ्नुहोला
लालबन्दी नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक सरुवाको विषयले पटकपटक हल्ला चल्दै आएको छ । विगत केही दिन देखि लालबन्दी नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक सरुवाको विषयले निकै चर्चा पायो । स्कुलदेखि चिया पसलमा शिक्षक सरुवाको विषय चलेको थियो । कक्षामा जानुपहिले हरेक दिन केही न केही कुरा निस्कन्थ्यो र कहाँ कता पुर्याइदिने हो भनेर
... सोच्न आपसमा कुराकानी भैरहन्थ्यो ।
खासगरी धेरै वर्षदेखि एउटै विद्यालयमा रहेका घरपायक शहरी क्षेत्रमा सपरिवार बस्ने टिउशन कोचिङ् चल्ने काम पाउने अङ्ग्रेजी माध्यम र कक्षा ११/१२ र क्याम्पसमा पार्टटाइम काम पाउने अर्थात बृतिविकास हुने विद्यालयहरुका शिक्षकहरुमा खासमा एक किसिमको तनाव बढेको थियो। हल्लाैहल्लामा मिति: २०८१/०५/१७, सोमबारका दिन नगर प्रमुखको कार्यालयबाट प्रेस विज्ञप्ति जारी भयो । शिक्षक सरुवाको विषय केही दिनसम्म सामसुम हुन पुग्यो ।
यधपि नगर प्रमुखको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिमा दरबन्दी मिलानको विषय उठान भएकोले एकदिन पक्कै शिक्षक सरुवाको विषय उठ्छ भन्ने कुरा सबैलाई थाह नभएको हैन।
दशैं तिहारपछि शिक्षक सरुवाको प्रक्रिया अघि बढ्नेछ भन्ने अनुमान गरिएको छ । भरपर्दो श्रोत अनुसार अहिले सरुवा कार्यबिधिमा नगरपालिका जुटिरहेको छ । नगर शिक्षा समितिमा छलफल गरी नगरपरिषदबाट कार्यबिधि पास गर्ने तयारीमा रहेको छ भन्ने हल्ला पनि सुनिन थालेको छ । बिधि प्रक्रियाको लागि कार्यबिधि बन्नु राम्रो पक्ष हो । तर कार्यबिधिमा रहने प्रक्रियाहरु कति तटस्थ रहन्छ र नियमसम्मत हुन्छ हुँदैन भन्ने विषय मुख्य हो । यता हल्ला होइन भनेपनि भित्रभित्र होमवर्क गर्ने प्रबृतिले नगरपालिकाको कार्यप्रति शिक्षकहरु असन्तुष्ट बनेकाछन् । शिक्षक सरुवाले मात्र शिक्षाको गुणस्तर बढ्छ भनेर कठोर निर्णय लिनु ठीक होला नहोला तर कहिले सरुवा कहिले दरबन्दी मिलानको हल्लाले शिक्षा तहसनहस हुने कुरा चाही पक्का छ । अरुले जे अपनाए जे गरे त्यही गर्नु र अरुको लहैलहैमा बहकिनु ठीक हैन । भर्खरै शिक्षामन्त्रीले देशभरी दरबन्दी मिलानको कुरा उठाउनु भएको छ । दरबन्दी मिलान भयो भने पक्कैपनि स्थायी दरबन्दी बितरण हुन्छ नै । एकदुई महिना पर्खने पो होकी । यसपछि अवस्था परिस्थिति अनुसार नीति नियमसम्मत सही निर्णय लिनु बुद्धिमानी हुन्छ । हाम्रो भन्नु यत्ति हो ।
यस पटकको हल्ला हल्लामात्र हो वा यथार्थ हो फेरि प्रेस विज्ञप्तिकोपर्खाइमा शिक्षकहरु रहेकाछन् ।
महावीर पुनद्वारा पुस्तक बिक्री
बीरगंज कृषि औजार कारखाना संचानार्थ महावीर पुनद्वारा पुस्तक बिक्री
बीरगंज कृषि औजार कारखानालाई ब्युँताउन किताब बिक्री गर्ने क्रममा सर्लाही आउनु भएका समाजसेवी तथा नेपाली बैज्ञानिक महाबिर तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन आज
बाईरोडको बाटो हुँदै काठमाण्डौ फर्कनु भएको छ । सर्लाहीको बागमति नपामा सबैभन्दा बढी पुस्तक बिक्री भएको र ३ वटा स्कुलहरु र ३ वटा संस्थाहरुमा किताब पुगेन अब छठ पर्वपछि फेरि किताब बेच्न सर्लाही आउने छु भन्दै आफ्नो फेशबुकपेजमा लेख्नु भएको छ ।
किताब बिक्री गर्ने क्रममा डिमजनता माविमा आउनु भएका डा.पुनले भन्नु भयो "सरकारी स्वामित्वमा रहेको बीरगंज कृषि औजार कारखाना मर्मतसंभार गरी पुन संचालनमा ल्याउने जिम्मेवारी सरकारले मलाई दिनुभएको छ ।
आइन्दा सरकारले बदमासी गर्यो भने जनताले खबरदारी गर्नुपर्छ यसकै लागि पनि जनतालाई सचेत बनाउन पुस्तक बिक्री अभियानमा लागेको हुँ "
सोही दिन दशैंतिहारको शुभ कामना आदनप्रदान गर्ने दिन परेकोले उहँाले शिक्षक अभिभावक विद्यार्थी लालबन्दीबासी र संघसंस्था कर्मचारी जनप्रतिनिधिसबैलाई शुभकामना दिनुभएको थियो ।
उक्त दिनमै पुनबाट लालबन्दी नपाले 100 थान लिँदा लालबन्दी निवासी दिनेश पाठक एक्लैले ६८ वटा किताब किन्नुभएको छ । उहाँले ति किताबहरु दशैंमा उपहार स्वरूप युवाहरुलाई बाँडने र स्थानिय विद्यालयहरुमा दिने बताउनु भएको छ
राष्ट्रिय समाचार
जेनजि आन्दोलनमा कानुनी व्यवस्थालाई खल्बल्याउने प्रयास भयो : शंकर पोखरेल
baahrakhari.com ·
काठमाण्डौका लागि उडेको श्री एयरको जहाज डेढ घण्टा फर्काइयो
nepalpress.com ·
सरकारले ल्याउने लागि भनिएको ऐन अझै समितिमै
annapurnapost.com ·
भर्खरको भूकम्पले धेरै जिल्लामा कम्पन महशुस
news24nepal.tv ·
शिक्षक दरबन्दी मिलान गर्न कार्यदल गठन गर्दै शिक्षा मन्त्रालय
शिक्षामन्त्री विद्या भट्टराईका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलान गर्न कार्यदल बनाउने भएको छ ।
विद्यालयको दरबन्दीको मिलान गर्न अद्यावधिक विवरणसहित सुझाव दिन तीन दिनभित्रमा कार्यदल बनाउने लागेको समाचार बाहिर आएको छ ।
शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सव कार्यक्रममा बोल्दै शिक्षामन्त्री विद्याले " कति शिक्षक छन् ? कति आवश्यक छ ? भन्ने अहिलेको अद्यावधिक विवरण आवश्यक भएकाले कार्यदल गठन गर्न लागेका हौँ । " नयाँ कार्यदल गठन किन गर्नुपरेको ? भन्ने प्रश्नमा शिक्षामन्त्रीले छोटो जवाफ दिइन
महाश्रम शर्माको प्रतिवेदन पुरानो भएकोले नयाँ कार्यदल गठन गर्नु परेको हो,’ उनले भनिन् ।
महाश्रम शर्माको प्रतिवेदन
शिक्षक दरबन्दी पुनर्वितरणबारे सुझाव दिन पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठन गरेको कार्यदलले २०७५ सालमा बुझाएको एउटा प्रतिवेदन अनुसार देशका ७१ वटा विद्यालयमा मात्रै माध्यमिक तहका गणित, अङ्ग्रेजी र विज्ञान तिनै विषयका स्थायी शिक्षक छन्। जबकि देशमा माध्यमिक तह (कक्षा ९-१०) चलेका सामुदायिक विद्यालयको सङ्ख्या करिब ७ हजार छ।
गणित, विज्ञान र अङ्ग्रेजी विषयमा दरबन्दी नभएका विद्यालयमा दरबन्दी थपेर शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक पठाउने व्यवस्था मिलाउनुको सट्टा सङ्घीय अनुदान, नगर अनुदान, पालिका अनुदान भन्दै अनुदानका शिक्षक राख्नुपर्छ भन्ने सुझाव कसले दिएको होला ?
स्मरण रहोस् सरकारले २०५६ सालदेखि शिक्षकको एउटा पनि स्वीकृत दरबन्दी थप गरेको छैन। शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल, २०७५ को प्रतिवेदन अनुसार, विद्यालय, शिक्षक र विद्यार्थी सङ्ख्याका आधारमा देशभर करिब ५७ हजार शिक्षक दरबन्दी अपुग छ। जसमध्ये निमाविमा २५ हजार ६३६, माविमा २३ हजार ३३३ र उच्च माविमा सात हजार ८०५ शिक्षक अपुग रहेको कार्यदलको निष्कर्ष थियो।
तथ्याङक विभागले ग्रामीण भेगमा जनसङ्ख्या घटेको तथ्याङक सार्वजनिक गरेकोले शर्माको प्रतिवेदनले औँल्याएको विवरण पुरानो भएको उनको भनाइ थियो । अब कति शिक्षक आवश्यक छ भनेर यकिन गरेर सिफारिस गर्न कार्यदल गठन गर्न लागिएको उनले बताइन् ।
शिक्षा मन्त्रालयले २०७५ सालमा पूर्वसचिव तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट)
शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६
शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट)
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६
प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ ।
थप पढ्नुहोस्
यसमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र CEHRD ले तोकेको नीति निर्देशानुसारको मूल्याङ्कन प्रणाली अपनाइएको छ ।
यसमा अनलाइन मार्क एन्ट्री गरि १ मिनेटपछि रिपोर्ट लिन सकिने छ ।
Mark Entry मेनुअली नगरी एक्सेल फाइलमा मार्क चढाइ अपलोड गर्न सकिने । यहाँ एक्सेल फाइलको स्याम्पल दिएको छ । Upload
सिङ्गल तथा मल्टी ग्रेडसिट, लेजर र प्रवेशपत्र लिन सकिनेछ ।
तुरुन्तै रिजल्टशिट प्रिन्ट गरी भित्तामा टाँस्न सकिने छ ।
जुनसुकै वर्षको जुनसुके त्रैमासिक वार्षिक परीक्षााको अभिलेख बनाइ राख्न सजिलो हुन्छ ।
युजर एकाउण्ट बनाउन मिल्ने।
यसमा सामुदायिक र संस्थागत विद्यालयले रिजल्ट बनाउन सकिन्छ।
विद्यार्थीहरूले अनलाइन ग्रेडशीट डाउनलोड गर्न सक्ने
अपग्रेड गर्न मिल्ने
IEMIS सफ्टवेयर प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य बुँदाहरू...
सर्च ब्राउजर(google,chrom वा अन्य)मा shamser.info.np टाइप गरी सर्च गर्नुहोस्
एउटा Pop up आउँछ त्यसमा Itegrated Exam Management System-IEMIS लेखेको हुन्छ । यसैमा मेन्युबारमा IEMIS LOGIN र Change भन्ने Dropdown list देखाउँछ
Dropdown list मा युजर नयाँ हो भने Contact थिच्ने Contact Email Form आउँछ फर्म भरेर उठाउनुहोस केही समयपछि इमेलमा युजरनेम र पासवर्ड आउँछ
अब username र password राखेर LOGIN गर्नुहोस
 
LOGIN पछि Dashboard खुल्छ
 
Dashboard लाई मुख्यत Marks Entry, Report, Update र विवध गरी 4 भागमा बाँडिएको छ ।
 
Dashboard को माथि three line MenuBar हेर्नुहोस् (मोबाइलमा)
 
three line MenuBar मा Marks Entry (1-12) दिइएको छ त्यसलाई खोलेर Data Entry भर्नुहोस
 
जति FM मा परीक्षा लिएको हो त्यति नै चढाउँदा पनि हुन्छ ।
 
यसमा Marks Entry नगरी अन्य आवश्यक विवरणमात्र Entry गर्न सकिन्छ । पछि मार्क्स अपडेडमा गएर मार्क्स चढाउन सकिन्छ
11.
आन्तरिक अंक बाहेकको नतिजाको लागि Credit hour and FM खाली गरेर अंक चढाउनुहोला
 
डेटा प्रविष्टि र अद्यावधिकपछि रिफ्रेस बटन थिचेर रिफ्रेस गर्नुहोस्
 
Marks Entry को काम सकेपछि अब Report को काम आउँछ यसको लागि फेरि Dashboard को three line MenuBar जाने
 
Report लाई Ledger, Resultsheet, Gradesheet र Admit Card गरी ४ भागमा बाँडिएको छ ।
 
Ledger Report लाई Marks Ledge र GradeLedger गरी २ भागमा बाँडिएको छ र दुबै लेजर classwise र Symbol numbere अनुसार रहेको छ
 
यसै गरी Resultsheet पनि classwise र Symbol number अनुसार रहेको छ ।
 )
अब classwise र Symbol number अनुसार Ledger, Resultsheet, Gradesheet र Admit Card डाउनलोड गर्नुहोस
 
विद्यार्थीहरूलाई नतिजा हेर्नको लागि लिङ्क Single Gradesheet Link उपलब्ध गराउनुहोस ताकी उनीहरुले जन्म मिति र सिम्बोल नं राखेर ग्रेडसिट प्राप्त गर्न सकियोस
२ समुद्र सतहदेखि ३७९४ मिटरको उचाइमा नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पर्ने पाथीभरा देवी मन्दिर पाथीभरा पहाडको शिखरमा रहेको छ । पाथीभरालाई देवीको साक्षत स्वरूप मानेर सुख समृद्धिको कामना गर्दै देवीको दर्शन, पूजा, आराधना गर्ने चलन छ । मनमा पाप भएको मान्छे, गर्भवती महिलाले देवीको दर्शन गरेमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ ।
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र सप्तरी जिल्लाको छिन्नमस्ता गाउँविकास समितिमा पर्दछ । प्राचीन इतिहास र किम्वदन्तीअनुसार कर्नाटवंशी राजा नान्यदेवको पाँचौँ पुस्ताका शक्रसिंहदेव सिम्रौनगढका राजा भएका थिए ।
उनी नाबालक छोरा हरिसिंहदेवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए । त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । देवीको शरीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको मानिन्छ ।
सिद्धकाली मन्दिर : सङ्खुवासभा सङ्खुवासभाको चैनपुर बजारबाट एककोश पर रहेको यो ठाउँमा महादेवकी अर्धाङ्गिनी सतीदेवीको दाहिने आँखा पतन भएकोले यो ठाउँलाई।
इलाम बजारको मध्य भागमा रहेको यो स्थानलाई खलङ्गा खाल्डो र मन्दिर अगाडिको ढुङ्गालाई इलङ्गा ढुङ्गा भनिन्छ । यो मन्दिरको निर्माण काजी हेमदल थापा (वि.स..१८७६–१९२२) ले गराई देवीको रूपमा माई नदीको शिला स्थापना गरेका थिए । हाल माइस्थानमा प्यागोडा शैलीको मन्दिर बनेको छ । मन्दिर नजिकै गणेश, डाकिनी र सिंहवाहिनीका स–साना मन्दिरहरू पनि रहेका छन् ।
बराह क्षेत्र प्रदेश नं. १ अन्तर्गतको सुनसरी जिल्लामा कोशी नदी र कोका नदीको पवित्र सङ्गममा बराह क्षेत्र नामको मनोरम तीर्थस्थल छ । भारतको कुरुक्षेत्र, नेपालका हरिहर क्षेत्र (देवघाट), मुक्तिक्षेत्र (मुक्तिनाथ मुस्ताङ), रुरु क्षेत्र (गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल) जस्तै बराह क्षेत्रको पनि विशिष्ट धार्मिक महत्व रहेको छ । बराह क्षेत्रका बारेमा बराह पुराणको ११० औँ र १४० औँ अध्यायमा चर्चा गरिएको छ । यहाँ गणेश बराह, गुरु बराह, सूर्य बराह, कोका बराह, इन्द्र बराह, गायत्री, सरस्वती, नारायणका मूर्तिहरू र मन्दिरहरूका साथै गणेश मन्दिर, लक्ष्मी मन्दिर र धर्मशालाहरू रहेका छन् ।
२ हलेसी महादेव मन्दिर : खोटाङ् जिल्लाको सदरमुकाम दिक्तेलदेखि पश्चिम भागमा कैलाश पर्वत भनिने थुम्कोको १ की.मी. क्षेत्रफल र २०० फिटको उचाइसम्म प्राकृतिक रूपमा निर्मित शिवलिङ्ग आकारको संरचनालाई हलेसी महादेव भनिन्छ । यहाँ रामनवमीका अवसरमा १६ दिनसम्म मेला लाग्दछ । महाशिवरात्रिका दिन भोटे जातिका मानिसहरू यहाँ आएर सुम्निमा पारोहाङ्काको रूपमा शिव पार्वतीको पूजा गर्दछन् भने बालाचतुर्दशीका दिन शतबीज छर्दछन् ।
धनुषा जिल्लाको जनकपुरधाममा जानकी मन्दिरपछिको अर्को महत्वपूर्ण मन्दिर राम मन्दिर हो । सरदार अमरसिंह थापाले वि.स. १८३९ मा प्यागोडा शैलीमा जानकी मन्दिर नजिकै राम, सीता, लक्ष्मणसहितको विशाल राम मन्दिर बनाएका थिए । मन्दिरमाथि पित्तलमा सुनको जलप लगाएको विशाल गजुर श्री ३ चन्द्र शमशेरले चढाएका थिए । मन्दिर परिसरमा हनुमान मन्दिर, शिव मन्दिर, भगवान विष्णु तथा दशावतारका मूर्तिहरूसमेत छन् । यहाँ रामनवमीका दिन पूजा अर्चना गर्नुका साथै ठूलो मेलासमेत लाग्दछ ।
सुनसरी जिल्लाको धरानबजारबाट पूर्वतिर धमिराले माटोमाथि उठाई मूर्तिजस्तै बनेको स्थानलाई बूढासुब्बाको स्थान भनिन्छ । मन्दिरका पुजारी मगर जातिका छन् । बूढासुब्बा राई वा मगर जातिका सिद्ध पुरुष थिए जो गुलेलीले शिकार गरी हिँड्दथे । शिकार खेल्ने क्रममा हिँड्दै जाँदा यस ठाउँमा आई गुलेलीलाई भुइँमा गाडेर मट्याङ्ग्रालाई भुँइमा राखी समाधिस्थ भए भन्ने किंवदन्ती छ । त्यहाँको बाँसको झाङ बूढासुब्बाले गाडेको गुलेलीबाट उम्रेको र गुलेलीको टुप्पो नहुने हुँदा यहाँको बाँसको पनि टुप्पो नभएको भन्ने जनविश्वास छ । कसैलाई पेट दुखेमा शिकारी (बूढासुब्बा) लागेको भनिने र मट्याङ्ग्रा घोटेर खुवाएमा निको हुन्छ भन्ने जनविश्वास छ । वैशाख पूर्णिमाका दिन ठूलो मेला लाग्ने यो स्थानमा सुँगुर र बोकाको बलि दिइन्छ ।
त्रिवेणीधाम नवलपरासी वाल्मीकि आश्रम र गजेन्द्रमोक्ष धाम
चितवन जिल्लाको दक्षिणी पूर्वी भागमा गर्दी गा.वि.स. अन्तर्गत स्वर्णभद्रा, तमसा र नारायणी नदीको त्रिवेणीमा नारायणी नदीपारी वा पूर्वतटमा महामुनी तथा संस्कृत साहित्यका आदिकवि रामायणका रचयिता महर्षी ऋषिको आश्रम छ । यही नै वाल्मीकिले रामायण ग्रन्थको रचना गरेका थिए । यहाँ पुराताइिभ्वक महत्वका प्राचीन मूर्ति, महर्षि वाल्मीकिद्वारा स्थापित हरिहर मन्दिर, यज्ञशाला, लवकुश पाठशाला, सीताकुटी, सीताकुप र आश्रमहरू छन् । यहाँ माघे औँशीको दिन ठूलो मेला लाग्दछ । पवित्र तीन नदीहरूको सङ्गम त्रिवेणीमा स्नान गरेमा पापमोचन हुने र यहाँ देहत्याग गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेकोले यो स्थान कल्पवासीहरूको आश्रमस्थल बनेको छ ।
वाल्मीकि आश्रम चितवन
चितवन जिल्लाको दक्षिणी पूर्वी भागमा गर्दी गा.वि.स. अन्तर्गत स्वर्णभद्रा, तमसा र नारायणी नदीको त्रिवेणीमा नारायणी नदीपारी वा पूर्वतटमा महामुनी तथा संस्कृत साहित्यका आदिकवि रामायणका रचयिता महर्षी ऋषिको आश्रम छ । यही नै वाल्मीकिले रामायण ग्रन्थको रचना गरेका थिए । यहाँ पुराताइिभ्वक महत्वका प्राचीन मूर्ति, महर्षि वाल्मीकिद्वारा स्थापित हरिहर मन्दिर, यज्ञशाला, लवकुश पाठशाला, सीताकुटी, सीताकुप र आश्रमहरू छन् । यहाँ माघे औँशीको दिन ठूलो मेला लाग्दछ । पवित्र तीन नदीहरूको सङ्गम त्रिवेणीमा स्नान गरेमा पापमोचन हुने र यहाँ देहत्याग गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेकोले यो स्थान कल्पवासीहरूको आश्रमस्थल बनेको छ ।
त्रिपुरा सुन्दरी बैतडी
बैतडी जिल्लाको यो प्रमुख तीर्थस्थलमा भगवती देवीको मूर्ति स्थापना गरिएको छ । पौराणिककालमा भगवतीले त्रिपुरासुर नामको दैत्यको वध गरी देवता तथा मानव जातिको दुःख निवारण गरेकोले यिनको नाम त्रिपुरासुन्दरी देवी रहेको मानिन्छ । यी देवीलाई स्थानीय वासिन्दा राणाशयनी भगवती पनि भन्दछन् ।प्राकृतिक रमणीयताको कारणले पनि वर्षेनी ठूलो संख्यामा पदयात्रीहरू यस क्षेत्रमा आउँदछन् । यस क्षेत्रमा तपस्या गरेको खण्डमा मुक्ति प्राप्त गर्न सकिने हुनाले यस क्षेत्रलाई मुक्तिक्षेत्र भनिएको हो भन्ने जनविश्वास रहेको पाइन्छ । अवलोकितेश्वरको मूर्ति तथा वरूण देवताको रूपमा पुजिने हरबखत आगो बलिरहने स्थान र गुम्बा पनि मुक्तिनाथ क्षेत्रको आकर्षणको रूपमा रहेका छन् ।
शमसेर पुलामी । नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा
राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो
नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ ।
नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व
नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे । त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने
हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ । नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य.............
…
Read More
I spent about fifteen to sixteen years in the field of teaching , keeping up with modern technology and constantly updating my skills. Along with teaching, I have worked creating accounting software for grades and small teacher savings groups. I am always learning something new.
Click on Shamsher Blogspot for important informational activities related to education including tsc. There is a YouTube icon on the main page of this website. It is lauro_media official channel. Please subscribe to like and share.
Lauro Media is an independent newsportal site page. Efforts will be made to make it education-friendly. Small software that will be useful to the school will be prepared and service will be provided.
Dim Janta Secondary school is supporter team member. This school lies in the Parwanipur Municipality, Sarlahi district of Madhes Pradesh.This school has supported providind financial aid.Many of news post are published in this website
Student Testimonials
सनीमाया थोकर (कक्षा ११ Batch 11th) Shree Dim janta Sec.School
श्री डिम जनता माद्यमिक विद्यालयमा हामीलाई पढाउनु हुने शिक्षक शमसेर पुलामीसरले Develop गर्नु भएको वेभसाइट shamser.info.np
र blogspot र Official Youtube channel @lauro_media । साह्रै ज्ञानबर्धक तथा शिक्षामूलक छ ।
साथै twitter handle @shamser_info मा twitter Follow गरेर post पढ्न सकिँदो रहेछ
उहाँको प्रविधिमैत्री पढाउने तरीकाले म ज्यादै प्रभावित र उत्साहित भएको छु । उहाँको पढाउने तरिका साँच्चै रोचक छ। उहाँ मेरा लागि साँच्चिकै प्रेरणादायक हुनुहुन्छ।
Gagan Budhathoki(class-9, 079 batch ) Shree Dim janta Sec.School
I can positively say that It has helped me develop a positive attitude towards my studies and discover more about myself.
I am very impressed with his technology-friendly way of teaching. i gained good knowledge from his website.We are excited.
-Dipa_Bhandari(Class-9 Eng Medium, 2080 batch) Shree Dim janta Sec.School
School is my Second House, Really i feel Teachers of this school like Father, Mother, friends, Brother's & sisters. So i feel like own House in Shree Dim janta Sec.School. Here is many facilities for teaching for students Computer lab, well equipped Science lab, play ground, Buildings, peaceful environment, qualified teachers, library etc. So i gain good knowledge with love from teachers and students I feel proud, The students of Shree Dim janata Secondary school, Sarlahi !!
-Sanjila Ghimire(Class-8, 078 batch) Shree Dim janta Sec.School
I have always felt that I was so lucky to be a student at Shree Dim janta Sec.School, and not at any other private or public school The thing I admire the most about dimjanata School is the support I received from everyone at the school. I wouldn't have been able to achieve what I have achieved without that caring environment.