कुनैपनि संस्था सुचारुरुपमा संचालन गर्नका लगि जनशक्तिको आवश्यकता पर्दछ । शिक्षाक्षेत्रमा शिक्षा लिनेदिने थलो विद्यालयहो । विद्यालयको जनशक्ति भनेको शिक्षक नै हो । शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक व्यवस्थापन हुनु जरुरी छ । शिक्षक व्यवस्थापन भनेको शिक्षक दरबन्दी किटान, दरबन्दी मिलान,नियुक्ति र सरुवा बढुवा गर्ने कार्यहरु हुन । यसमा प्रअ व्यवस्थापन पनि पर्छ । नेपालमा १९१० असोज २७ गतेदेखि संस्थागतरुपमा शिक्षा दिने शुरु भएपश्चात लामो अवधिसम्म विद्यालयको आयआम्दानी शिक्षण शुल्क (हाल अभिभावक सहयोग / विद्यालय विकास / विद्यालय सुधार ) वडा/पालिकाको सहयोग, देउसी भैलो, हाटबजार पोखरी, दान, गुठी, चन्दाले शिक्षक व्यवस्थापन हुँदै आयो । यधपि अहिलेपनि कायमै छ । यता सरकारले शिक्षक दरबन्दी नभनेर रहात पिसएफ बालबिकासको नाममा अनुदान दिंन लाग्यो । अहिले पनि शिक्षण सिकाइ अनुदान स्वयं सेवक नानाथरीको शिक्षक भर्ना अभियान थालेको छ । लामो समयसम्म अस्थायी शिक्षकमा काम गर्दै अस्थायी दरबन्दीलाई स्थायी दरबन्दीमा कायम गरी पुरानै शिक्षकलाई स्थायी नियुक्ति दिने प्रक्रिया अघि बढाएसँगै हरेकवर्ष शिक्षक सेवा आयोगले स्थायी नियुक्तिको सिफारिस गर्दै आएको छ । धरै बर्षदेखि जमेरबसेको रिक्त कोटामा बाहेक नयाँ दरबन्दीमा शिक्षक नियुक्त हुन सकेको छैन । यता बर्षेनी विद्यालय संख्यामा मात्र हैन अपग्रेड हुने होडबाजी बढ्दो छ ।
शिक्षा एेन २०२८ लागू भएपछि विद्यालय संरचना र शिक्षक व्यवस्थापनको काम शुरु भयो । तर एउटा विद्यालयमा कति शिक्षक रहने भन्ने कुरा अन्यौलमै रह्यो र धेरैसमयपछि शिक्षा नियमावली २०५९ को नियम ९२ मा अनुसूचि १२ अनुसारको शिक्षक दरबन्दी किटान गरियो । विगतको अभ्यास हेर्दा दरबन्दी किटान गरिएपनि राज्यबाट दरबन्दी वितरण नहुँदा नीजिश्रोत शिक्षकबाट काम चलाउँदै आएको पाइन्छ । राज्यले वितरण गर्ने दरबन्दी शिक्षा नियमावली अनुसार नहुने पछिल्लो समयमा विद्यालय अपग्रेड हुने तर दरबन्दी नहुने नीजि विद्यालयमा भर्ना हुने कारणले सरकारी विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको अवस्था छ । यसैगरी शहरबजारतर्फ स्थानान्तरणका कारण शहरबजारका विद्यालयमा विद्यार्थी चाप बढ्दो छ तर भौतिक संरचना नाजुक अवस्थामा छ ।
बालबालिकाहरू जहाँ छन, त्यहा शिक्षा पुग्नुपर्दछ भन्ने मान्यताका साथ शिक्षामा मानव अधिकारको अवधारणा अनुसार शिक्षासम्बन्धी उच्चस्तरीय आयोग २०४९ को हरेक २ कि.मि भित्र विद्यालय हुनुपर्छ भन्ने सुझाव र सबैका लागि शिक्षा कार्यक्रमले गाउँ गाउँमा विद्यालय निर्माण गरि दिए । तर अहिले ती विद्यालयहरु खाली हुँदै गएर एउटा विद्यार्थीमात्र पढाइरहेको चित्र सामाजिक संजालमा देख्न थालेको छ । यस अर्थमा दरबन्दी वितरण दरबन्दी मिलान र सरुवाको विषयमा बहस हुनु सान्दर्भिक छ ।
के कसरी व्यवस्थापन गर्ने कुन आधारमा कुन मापदण्ड अपनाउने भन्ने विषयमा अलमलिरहँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६।०५।०४ मा शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ तयार पार्यो । कार्यविधिमा भनिएको छ नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशजमको दरबन्दी मिलानको कार्य स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान प्रकियागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले यो कार्यविधि बनाई लागु गरिएको हो । यस अघि शिक्षक व्यवस्थापनमा केन्द्रित रहेर यो दरबन्दी मिलान ई पुस्तिका पनि तयार पारिएको छ । यस कार्यविधिले पालिकहरुलाई शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनमा सहज बनायो र कतिपय पालिकाहरु स्थानीय सरकारको आफनै राजपत्रमा शिक्षा एेन जारी गरी शिक्षक दरबन्दी मिलान कार्य पनि सम्पन्न गरिसकको छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिमा खुद पुल दरबन्दी पुनरर्वितरण गरको वा गरिने स्थानीय तहमा स्वेच्छिक रुपमा जान चाहने शिक्षकको लागि निवेदन आव्हान गरी प्राप्त निवेदनको छानविन गरी उपयुक्तता समेत हेरी स्थानान्तरण गर्ने तर यसरी शिक्षकको स्थानान्तरण गर्दा महिला शिक्षकलाई यथासक्य घरपायक पर्नेगरी स्थानान्तरण गरिने उल्लेख छ । यसैगरी, निवेदन दिने शिक्षकको संख्या धेरै हुन आएमा महिला शिक्षकलाई प्राथमिकता दिई बाँकी दरबन्दीको हकमा शिक्षकको नियुक्त मितिको श्रेष्ठताको आधारमा स्थानान्तरण गरिने उल्लेख गरिएको छ ।
हेर्नुहोस् कार्यविधि......शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार धेरै पालिकाहरुमा शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न भैसको छ । सर्लाही जिल्लामा भने बरहथवा नपाले यो कार्य गरेको छ । लालबन्दी नपामा भने विगतवर्षदेखि शिक्षक दरबन्दी मिलान र सरुवाको विषयमा विषय उठान नभएको हैन। दरबन्दी मिलान नभएपनि केही फाट्फुट्ट सरुवाको काम पनि भयो। यसअघि प्रअ व्यवस्थापन भै सकेकोछ । प्रअ व्यवस्थापन भैरहँदा पनि व्यापक हल्ला नै मच्चिएको थियो । तर प्रअ व्यवस्थापनमा धेरैले प्रअ हुन चासो नदेखाएको अथवा एउटा बसिआएको ठाउँमा किन नराम्रो हुनु भन्ने मनशायले पनि उथलपुथल हुन पाएन । यस विषयमा विषय उठान नहुँदा हाल प्र अ हरु ढुक्क अवस्थामा छन् ।
केही दिन दरबन्दी मिलान भन्दा पनि सरुवाको हल्लाले उग्ररुप लियो । धेरै वर्षदेखि एउटै विद्यालयमा रहेका घरपायक शहरी क्षेत्रमा सपरिवार बस्ने टिउशन कोचिङ् चल्ने काम पाउने अङ्ग्रेजी माध्यम र कक्षा ११ १२ र क्याम्पसमा पार्टटाइम काम पाउने अर्थात बृतिविकास हुने विद्यालयहरुका शिक्षकहरुमा खासमा एक किसिमको तनाव नै थियो । पछि नगर प्रमुखको कार्यालयले बिज्ञप्ती निकाली अनावश्यक हल्लाको पछि नलाग्न अनुरोध गरेपछि धेरैजना ढुक्क भएका छन् । तर बिज्ञप्तीमा शिक्षक दरबन्दी मिलानको विषय पनि उठेकोले विद्यार्थी अनुपातमा शिक्षक संख्या कम भएका विद्यालयका शिक्षकहरु केही तनाब कायमै रहेको देखिन्छ । बिज्ञप्तीमा दरबन्दी मिलानको कारण खस्किदो एस इ इ को नतिजा नगर शिक्षा सुधारलाई जनाइएको छ । साथसाथै संबिधान कानुन र अधिकारको प्रशङ्ग जोडेको हुँदा यस विषयमा थोरै कुरा कोट्याउन मन लाग्यो । शिक्षाको सुधारमा पालिका अझ भनौ जनप्रतिनिधि जिम्मेवार हुन्छ नै / यता कानुनले पनि अधिकारसम्पन्न जिम्मेवार निकाय बनाएको छ । यस हिसाब सुझबुझकासाथ शिक्षा सुधारमा लाग्नुपर्छ । बिचार नगरी कामै नगरी हल्लैहल्ला मच्चाएर शिक्षा सुधार्छु भन्नु किमार्थ सहि मानिदैन । केवल एस इ इ को नतिजालाई मात्र आधार मानेर दरबन्दी मिलान गर्नु त्यति उचित लागेन । फेरि शिक्षा जस्तो संवेदनशील कुरामा दीर्घकालीन र गम्भिर असर पुर्याउने काम गरिनुहुँदैन । यस विषयमा हल्ला भन्दा बहस छलफल हुनुपर्छ । शिक्षकहरुको बिचार लिइनुपर्छ ।
एउटा डक्टर खराब हुँदा दुईचार बिमारीको मृत्यु भने एउटा शिक्षक बिमारी हुँदा दुनियाँ मर्छ । काम गर्ने एउटा शिक्षकको मनस्थिति नबिगारी हामीले गर्न खोजेको कुराहरु हल्ला नगरीकनै सम्पन्न गर्न सकिन्छ । दरबन्दी मिलान गर्नु पहिले हामीले सबै प्रक्रिया पुरा गर्नुपर्छ नै । नगरक्षेत्रको सामाजिक, भौगिलिक, शिक्षक, विद्यार्थीको छुट्टाछुट्टै प्रोफाइल, नक्शाङ्कन आदिको निर्माण गरिनुपर्छ । यसमा विद्यालय मर्जको पनि कुरा आउँछ भने विद्यालय मर्जको कुरा गर्दैगर्दा संबिधान र अन्तर्राष्ट्रिय सन्धिसंझौताको भावनालाई पनि ख्याल गरिनुपर्छ । कतिपय विद्यालय खास गरी कक्षा छ देखि माथि कक्षा चलेका विद्यालयमा विषयगत शिक्षकको अभाव छ । कक्षा ११/१२ चलेको विद्यालयमा २ जना अनुदानको शिक्षक रहेका छन् । धेरैजसो विद्यालयहरुमा तल्लो तहका शिक्षकले धानिरहेको अवस्था छ । शिक्षाको गुणस्तरको कुरा गर्दा बहुविषयको कुरा आउँछ । माद्यमिक तहबाट विद्यार्थीले विषय रोजेर क्षमता अनुसार पढ्न पाउनु पनि शिक्षामा सुधार आएको मानिन्छ । तर शिक्षक अभावले यो देखिदैन । खाए खा नखाए घिच भन्ने जस्तै छ । यसलाई पनि मध्यनजर गरी दरबन्दी मिलान हुनुपर्छ । यस्तो कुरा उठाइरहँदा हामीसँग शिक्षक पर्याप्त छन त ? चाहे तल्लो तहकै शिक्षक किन नहोस विद्यालय संचालन गर्न शिक्षकको जोहो गरिनुपर्छ । अनिमात्र दरबन्दी मिलान कार्य सफल होला । दरबन्दी मिलानको क्रममा बृति विकासको अवसर पाइरहेका शिक्षकहरुलाई असर नहुने शिक्षक स्थानान्तरण (सरुवाको नयाँ भाषा) गरिनुपर्छ। दरबन्दी मिलानको नाममा मन नपर्ने शिक्षकलाई दुम्सिलाई खुर्सानीको धुवाँ हालेर लखेटेजस्तो अन्त सार्ने काम गरिनु हुँदैन । विद्यालय मर्ज हुने ठाउँमा बैकल्पिक व्यवस्था गरिनुपर्छ । जस्तै रुटिन बनाएर नगर भित्रका एक शिक्षक एक दिन त्यहाँ गएर पढाउने वा पढेलेखे व्यक्ति वा विद्यार्थीलाई पढाउन दिने वा जगेडाका शिक्षकलाई अलोपालो गराउनेआदि
दरबन्दी मिलान गर्नुको विकल्पमा भावी दिन यो कुरा अवम्बन गरिनुपर्छ
दरबन्दी मिलानबाट नगरको शिक्षा सुधार हुन्छ भने यसमा पछि हटनु हुँदैन । राम्रो काममा त सबैको सहयोग हुन्छ नै । नकात्मक हिसाबले लिन सकिदैन ।यस कार्यमा सानो सहयोग पुगोस भन्ने आसयले पनि यो लेख तयार पारिएको हो । यसमा शिक्षक अभिभावक जनप्रतिनिधिहरुको बिचार संकलन गर्न गुगल फर्म बनाएका छौं । कसैले भोइस रेकर्ड गरी यसमा राख्न चाहनु हुन्छ भने पनि Voice Record गरी contact मा गएर अपलोड गरि पठाउन सकिन्छ । हामी यसलाई परीक्षण गरेर यस स्तम्भमा राखिदिनेछौं । हामीले लालबन्दी नपामात्र हैन अन्य पालिकालाई पनि शिक्षक दरबन्दी मिलान कार्यमा सहयोग पुगोस भनेर शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ र बिभिन्न पालिकामा बनाइएको शिक्षक दरबन्दी मिलान कार्यविधिहरु पिडीएफमा डाउनलोड हुने गरी राखेकाछौं ।
२०८१/०५/१७, सोमबारका दिन नगर प्रमुखको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिप्रति हाम्रो ध्यान आकृष्ट भएको छ । दरबन्दी मिलान गर्न आवश्यक मापदण्ड तयार गर्ने बिषयमा समाजका बुद्धिजिवीहरु, शिक्षा प्रेमिहरु तथा राजनीतिक दलहरुवाट समेत रचनात्मक सहयोग माग भएकोले shamser.info.np र लौरो संचारले दरबन्दी मिलानमा हाम्रो सुझाव भन्ने स्तम्भ राखेका छौं । यसमा आफ्नो राय बिचार सल्लााह लेखि पठाउन वा Voice Record गरी तल दिइएको गुगल फर्ममा भरेर पठाउनुहोला ।
Recorded Voice पठाउन
बिभिन्न पालिकाहरुले तयार पारेको दरबन्दी मिलान कार्यबिधिहरु पिडिएफमा
२ समुद्र सतहदेखि ३७९४ मिटरको उचाइमा नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पर्ने पाथीभरा देवी मन्दिर पाथीभरा पहाडको शिखरमा रहेको छ । पाथीभरालाई देवीको साक्षत स्वरूप मानेर सुख समृद्धिको कामना गर्दै देवीको दर्शन, पूजा, आराधना गर्ने चलन छ । मनमा पाप भएको मान्छे, गर्भवती महिलाले देवीको दर्शन गरेमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ ।
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र सप्तरी जिल्लाको छिन्नमस्ता गाउँविकास समितिमा पर्दछ । प्राचीन इतिहास र किम्वदन्तीअनुसार कर्नाटवंशी राजा नान्यदेवको पाँचौँ पुस्ताका शक्रसिंहदेव सिम्रौनगढका राजा भएका थिए । उनी नाबालक छोरा हरिसिंहदेवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए । त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । देवीको शरीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको मानिन्छ ।
सिद्धकाली मन्दिर : सङ्खुवासभा सङ्खुवासभाको चैनपुर बजारबाट एककोश पर रहेको यो ठाउँमा महादेवकी अर्धाङ्गिनी सतीदेवीको दाहिने आँखा पतन भएकोले यो ठाउँलाई।
इलाम बजारको मध्य भागमा रहेको यो स्थानलाई खलङ्गा खाल्डो र मन्दिर अगाडिको ढुङ्गालाई इलङ्गा ढुङ्गा भनिन्छ । यो मन्दिरको निर्माण काजी हेमदल थापा (वि.स..१८७६–१९२२) ले गराई देवीको रूपमा माई नदीको शिला स्थापना गरेका थिए । हाल माइस्थानमा प्यागोडा शैलीको मन्दिर बनेको छ । मन्दिर नजिकै गणेश, डाकिनी र सिंहवाहिनीका स–साना मन्दिरहरू पनि रहेका छन् ।
बराह क्षेत्र प्रदेश नं. १ अन्तर्गतको सुनसरी जिल्लामा कोशी नदी र कोका नदीको पवित्र सङ्गममा बराह क्षेत्र नामको मनोरम तीर्थस्थल छ । भारतको कुरुक्षेत्र, नेपालका हरिहर क्षेत्र (देवघाट), मुक्तिक्षेत्र (मुक्तिनाथ मुस्ताङ), रुरु क्षेत्र (गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल) जस्तै बराह क्षेत्रको पनि विशिष्ट धार्मिक महत्व रहेको छ । बराह क्षेत्रका बारेमा बराह पुराणको ११० औँ र १४० औँ अध्यायमा चर्चा गरिएको छ । यहाँ गणेश बराह, गुरु बराह, सूर्य बराह, कोका बराह, इन्द्र बराह, गायत्री, सरस्वती, नारायणका मूर्तिहरू र मन्दिरहरूका साथै गणेश मन्दिर, लक्ष्मी मन्दिर र धर्मशालाहरू रहेका छन् ।
२ हलेसी महादेव मन्दिर : खोटाङ् जिल्लाको सदरमुकाम दिक्तेलदेखि पश्चिम भागमा कैलाश पर्वत भनिने थुम्कोको १ की.मी. क्षेत्रफल र २०० फिटको उचाइसम्म प्राकृतिक रूपमा निर्मित शिवलिङ्ग आकारको संरचनालाई हलेसी महादेव भनिन्छ । यहाँ रामनवमीका अवसरमा १६ दिनसम्म मेला लाग्दछ । महाशिवरात्रिका दिन भोटे जातिका मानिसहरू यहाँ आएर सुम्निमा पारोहाङ्काको रूपमा शिव पार्वतीको पूजा गर्दछन् भने बालाचतुर्दशीका दिन शतबीज छर्दछन् ।
धनुषा जिल्लाको जनकपुरधाममा जानकी मन्दिरपछिको अर्को महत्वपूर्ण मन्दिर राम मन्दिर हो । सरदार अमरसिंह थापाले वि.स. १८३९ मा प्यागोडा शैलीमा जानकी मन्दिर नजिकै राम, सीता, लक्ष्मणसहितको विशाल राम मन्दिर बनाएका थिए । मन्दिरमाथि पित्तलमा सुनको जलप लगाएको विशाल गजुर श्री ३ चन्द्र शमशेरले चढाएका थिए । मन्दिर परिसरमा हनुमान मन्दिर, शिव मन्दिर, भगवान विष्णु तथा दशावतारका मूर्तिहरूसमेत छन् । यहाँ रामनवमीका दिन पूजा अर्चना गर्नुका साथै ठूलो मेलासमेत लाग्दछ ।
सुनसरी जिल्लाको धरानबजारबाट पूर्वतिर धमिराले माटोमाथि उठाई मूर्तिजस्तै बनेको स्थानलाई बूढासुब्बाको स्थान भनिन्छ । मन्दिरका पुजारी मगर जातिका छन् । बूढासुब्बा राई वा मगर जातिका सिद्ध पुरुष थिए जो गुलेलीले शिकार गरी हिँड्दथे । शिकार खेल्ने क्रममा हिँड्दै जाँदा यस ठाउँमा आई गुलेलीलाई भुइँमा गाडेर मट्याङ्ग्रालाई भुँइमा राखी समाधिस्थ भए भन्ने किंवदन्ती छ । त्यहाँको बाँसको झाङ बूढासुब्बाले गाडेको गुलेलीबाट उम्रेको र गुलेलीको टुप्पो नहुने हुँदा यहाँको बाँसको पनि टुप्पो नभएको भन्ने जनविश्वास छ । कसैलाई पेट दुखेमा शिकारी (बूढासुब्बा) लागेको भनिने र मट्याङ्ग्रा घोटेर खुवाएमा निको हुन्छ भन्ने जनविश्वास छ । वैशाख पूर्णिमाका दिन ठूलो मेला लाग्ने यो स्थानमा सुँगुर र बोकाको बलि दिइन्छ ।
त्रिवेणीधाम नवलपरासी वाल्मीकि आश्रम र गजेन्द्रमोक्ष धाम चितवन जिल्लाको दक्षिणी पूर्वी भागमा गर्दी गा.वि.स. अन्तर्गत स्वर्णभद्रा, तमसा र नारायणी नदीको त्रिवेणीमा नारायणी नदीपारी वा पूर्वतटमा महामुनी तथा संस्कृत साहित्यका आदिकवि रामायणका रचयिता महर्षी ऋषिको आश्रम छ । यही नै वाल्मीकिले रामायण ग्रन्थको रचना गरेका थिए । यहाँ पुराताइिभ्वक महत्वका प्राचीन मूर्ति, महर्षि वाल्मीकिद्वारा स्थापित हरिहर मन्दिर, यज्ञशाला, लवकुश पाठशाला, सीताकुटी, सीताकुप र आश्रमहरू छन् । यहाँ माघे औँशीको दिन ठूलो मेला लाग्दछ । पवित्र तीन नदीहरूको सङ्गम त्रिवेणीमा स्नान गरेमा पापमोचन हुने र यहाँ देहत्याग गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेकोले यो स्थान कल्पवासीहरूको आश्रमस्थल बनेको छ ।
वाल्मीकि आश्रम चितवन चितवन जिल्लाको दक्षिणी पूर्वी भागमा गर्दी गा.वि.स. अन्तर्गत स्वर्णभद्रा, तमसा र नारायणी नदीको त्रिवेणीमा नारायणी नदीपारी वा पूर्वतटमा महामुनी तथा संस्कृत साहित्यका आदिकवि रामायणका रचयिता महर्षी ऋषिको आश्रम छ । यही नै वाल्मीकिले रामायण ग्रन्थको रचना गरेका थिए । यहाँ पुराताइिभ्वक महत्वका प्राचीन मूर्ति, महर्षि वाल्मीकिद्वारा स्थापित हरिहर मन्दिर, यज्ञशाला, लवकुश पाठशाला, सीताकुटी, सीताकुप र आश्रमहरू छन् । यहाँ माघे औँशीको दिन ठूलो मेला लाग्दछ । पवित्र तीन नदीहरूको सङ्गम त्रिवेणीमा स्नान गरेमा पापमोचन हुने र यहाँ देहत्याग गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेकोले यो स्थान कल्पवासीहरूको आश्रमस्थल बनेको छ ।
त्रिपुरा सुन्दरी बैतडी बैतडी जिल्लाको यो प्रमुख तीर्थस्थलमा भगवती देवीको मूर्ति स्थापना गरिएको छ । पौराणिककालमा भगवतीले त्रिपुरासुर नामको दैत्यको वध गरी देवता तथा मानव जातिको दुःख निवारण गरेकोले यिनको नाम त्रिपुरासुन्दरी देवी रहेको मानिन्छ । यी देवीलाई स्थानीय वासिन्दा राणाशयनी भगवती पनि भन्दछन् ।प्राकृतिक रमणीयताको कारणले पनि वर्षेनी ठूलो संख्यामा पदयात्रीहरू यस क्षेत्रमा आउँदछन् । यस क्षेत्रमा तपस्या गरेको खण्डमा मुक्ति प्राप्त गर्न सकिने हुनाले यस क्षेत्रलाई मुक्तिक्षेत्र भनिएको हो भन्ने जनविश्वास रहेको पाइन्छ । अवलोकितेश्वरको मूर्ति तथा वरूण देवताको रूपमा पुजिने हरबखत आगो बलिरहने स्थान र गुम्बा पनि मुक्तिनाथ क्षेत्रको आकर्षणको रूपमा रहेका छन् ।
सुखमा नमातिने दुखमा नआतिने गुणहरुको विकास हुनु नै शिक्षा हो । ।
जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । Read more
Email: [email protected]
Profession: teaching (Gvt)
Education: M.A.(Pol.Sci.), M.Ed.(EPM)
Blood Group: (O+)
हाम्रो वेभसाइट shamser.info.np मा तपाईंलाईं स्वागत छ ।
लालबन्दी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा मिति २०८१ भदौ ७ शुक्रबारका दिन बिभिन्न अतिरिक्त कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ । डिम जनता मावि परवानीपुरमा भने एकैपटक दुईवटा कार्यक्रम सम्पन्न भएको जानकारी हामीलाई प्रधानाध्यापक ध्रुबबहादुर भण्डारीले दिनुभएको छ । पहिलो कार्यक्रम २०८१ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन र दोश्रो छात्रबृति बितरण । दुबै कार्यक्रमको अतिथि प्रमुखमा विद्यालय व्यवस्थापन समितिका सदस्य सीताराम कार्की र कार्यक्रम अध्यक्ष प्रअ ध्रुबबहादुर भण्डारी रहनु भएको थियो । पहिलो कार्यक्रम सहायक शिक्षक धर्मराज घिमिरेले स्वागत मन्तव्य राखेसँगै शुरुवात भएको थियो भने नतिजा पढेर सुनाउने काम भने परीक्षा समिति सदस्य शिक्षक सुवास चौलागाईंले गर्नु भएको थियो ।
पहिलो दोश्रो र तेश्रो विद्यार्थीहरुलाई कक्षा शिक्षक र प्रमुख अतिथिले अविर लगाइ पुरस्कार वितरण गरिएको थियो । यस नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल कक्षा ९का छात्र PABIN BISUNKE को बिशेष प्रशंसा गरिएको थियो । नतिजा ग्रहणको अवसरमा पनि अभिभावकको सहभागिता न्युन हुने गरेको गुनासो सदस्य सीताराम कार्कीले व्यक्त गर्नु भयो । मूल्याङ्कन व्यवस्था नतिजा विश्लेषण र प्राविधिक समस्याका बारेमा शिक्षक शमसेर बहादुर मगरले प्रकाश पार्दै भन्नु भयो "हामीले बर्षे छुट्टीमा अनलाइन मार्कसिट भर्ने व्यवस्था मिलाएका थियौं । माग भएमा परीक्षाको नतिजा अनलाइनबाट हेर्न सक्ने व्यवस्था मिलाउनेछौं ।" यसपछि लगत्तै कर्मचारी सुगम दोङ्ले अभिभावकको रोहबरमा छात्रबृति बितरण गर्नु भएको थियो । कार्यक्रमको उद्घोषण शिक्षक चक्र बहादुर बि.कले गर्नु भएको थियो ।
।थप समाचार पढ्नुहोस्
हामीलाई सूचना र समाचार पठाउन यसमा जानुहोसहाम्रो वेभसाइट shamser.info.np मा तपाईंलाईं स्वागत छ ।
प्रेरक बिचारहरु (inspirational thoughts)
शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । जीवन जीउने कला हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । शिक्षाले नै मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्छ । शिक्षा सिकाइ जीवनभर चलिरहन्छ । एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुन्छ । कतिपय विद्वानहरुको शिक्षासम्बन्धी विभिन्न भनाइहरुले जीन्दगीलाई सहि मार्गमा डोर्याउन सहयोग पुग्छ ।
पढौं प्रेरक भनाइहरुः
What the teacher is, is more important than what he teaches. शिक्षक के हो, त्यो भन्दा उसले के सिकाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
– Karl Meninger
The mediocre teacher tells. The good teacher explains. The superior teacher demonstrates. The great teacher inspires.
सामान्य शिक्षक बताउँछन् । राम्रो शिक्षकले व्याख्या गर्नुहुन्छ। श्रेष्ठ शिक्षकले देखाउँछन्। महान शिक्षकले प्रेरणा दिन्छ।
– William A. Ward
A good teacher is like a candle—it consumes itself to light the way for others.
एक असल शिक्षक मैनबत्ती जस्तै हो - यसले अरूको लागि बाटो उज्यालो गर्न आफैलाई खपत गर्दछ।
–Mustafa Kemal Atatürk
Education is not the filling of a pail but the lighting of a fire. शिक्षा भाँडो भर्ने होइन, आगो बाल्नु हो।
–William Butler Yeats
Children must be taught how to think, not what to think.बच्चाहरूलाई के सोच्ने होइन, कसरी सोच्ने भनेर सिकाउनुपर्छ।
– Margaret Mead
Education is the most powerful weapon which you can use to change the world.शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जसलाई तपाईं संसार परिवर्तन गर्न प्रयोग गर्न सक्नुहुन्छ
– Nelson Mandela
Education breeds confidence. Confidence breeds hope. Hope breeds peace.शिक्षाले आत्मविश्वास पैदा गर्छ । आत्मविश्वासले आशा जगाउँछ। आशाले शान्ति पैदा गर्छ।
–Confucius
A good teacher explains, while a great teacher inspires.” एक असल शिक्षकले व्याख्या गर्नुहुन्छ, जबकि एक महान शिक्षकले प्रेरणा दिन्छ।"
–— William Arthur Ward
१. शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ । नेल्सन मन्डेला ।
२. शिक्षा भनेको भविष्यको लागि पासपोर्ट हो । आज राम्रो गर्नेहरुको नै भविष्य राम्रो हुन्छ । माल्कोम एक्स।
३. सिकाई र शिक्षाको लागि रुचि बनाइराख्यौं भने, तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दनैन । एन्थोनी जे डिएञ्जेलो ।
४. शिक्षाको जरा तितो हुन्छ, तर, फल सबैभन्दा मिठो हुन्छ । एरिसटोटल ।
५. शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो । जोन डिवे ।
६. मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र मा नयाँ कुरा जान्न र बुझ्नको लागि सधैं उत्सुक रहन्छु । अल्वर्ट आइन्स्टाइन् ।
७. आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ । रविन्द्रनाथ टैगोर ।
८. जो व्यक्तिले धेरै पढ्छ, तर, आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ । अल्वर्ट आइन्स्टाइन ।
९. जसले विद्यालय खोल्छ, उसले जेलको ढोका बन्द गर्न मद्धत गरिरहेको हुन्छ । भिक्टर ह्युगो ।
१०. शिक्षा भनेको बाल्टिन भर्नु होइन । आगो सल्काउनु हो । विलियम बटलर येट्स
११. असल शिक्षा , आत्मा सुन्दर बनाउने वास्तुकला हो । विलियम वेनेट ।
थप समाचार पढ्नुहोस्
हामीलाई सूचना र समाचार पठाउन यसमा जानुहोसतपाईको सुझाव हेर्नुस
यसमा केही Pro Service र Free Service राखिएको छ । आफूलाई चाहिएको सेवा डिमाण्ड गर्न सकिन्छ ।
© Copyrights 2022 All Rights Reserved on shamser.info.np