टिपीडी विशेष

Press on image to download

कक्षा ९ र १० को नेपाली विषयको दैनिक पाठयोजना १० थान प्राप्त गर्नुहोस

SEE Result - 2080

TPD & KA.SA.MU Related

  • Project work शिर्षक : पठन गतिको मापन
  • Project work शिर्षक : कविता शिक्षणमा लयबोध सिकाइ
  • Project work शिर्षक : कथा र जीवनी शिक्षण क्रियाकलाप बिचको तुलना
  • Project work शिर्षक : पहिलो र दोश्रो नेपाली भाषी विद्यार्थीबिच उच्चारण अभ्यासको तुलना
  • Project work शिर्षक :शब्दार्थ र वाक्य निर्माण सिकाइ
  • Action Research शिर्षक : शिक्षण सिकाइमा शैक्षिक सामाग्रीको प्रयोग
  • Action Researchशिर्षक :आलोपालो पत्तिको प्रयोग र प्रभावकारिता
Download Files

परियोजना कार्य-३ पठन गति मापन

  • क) कक्षा ९ का कम्तीमा पाँच जना विद्यार्थीहरूलाई कथाका निश्चित अनुच्छेद तोकी सस्वर पठन गर्न लगाउने
  • ख) निश्चित समय तोकी कथाको भावअनुसार सस्वर पठन गर्न लगाउने
  • ग) विद्यार्थीहरूले गरेको सस्वर पठनको अवलोकन गर्ने
  • घ) शुद्ध र भावअनुसारको पठन गतिको मापन गर्ने
  • ङ)पठनमा देखिएका त्रुटि र तिनको कारण पहिचान (वि‌द्यार्थीहरूसँगको छलफलका आधारमा) गर्ने
  • च) शुद्ध र भावअनुसारको पठन गति सुधारका लागि व्यावहारिक उपायहरूको सूची तयार गर्ने
  •  Send your request

    प्रतिवेदन तयार पार्ने विधि र नमूना हेर्नुहोस

    Leave your comment here

    टिपिडीको स्वाध्याय अभ्यास खण्डमा शिक्षकले के कस्ता कार्य सम्पादन गर्नुपर्छ

    हामीसँग शैक्षिक जनशक्ति विकास केन्द्रले निर्धारण गरेको टिपीडी तालिम स‌चालन पाठ्यक्रमका आधारमा र शिक्षा तालिम केन्द्र तालिम निर्देशिका अनुसार तयार पारिएका परियाेजना कार्यको नमुना र Kurth Lewis बाट प्रतिपादित कार्यमूलक अनुसन्धान ढाँचा अनुसारको प्रतिवेदन नमूना तयार पारिएको छ । माध्यमिक तहकाे हकमा परियोजना कार्य विशिष्टीकरण मापदण्ड यस प्रकार रहेकाे छ । स्वाध्याय अभ्यास खण्डका लागि जम्मा छ ओटा परियोजना कार्य निर्धारण गरिएको छ। जसमा परियोजना-१ र परियोजना-२ अनिवार्य रहेका र बाँकीमध्ये कुनै दुई ओटा गरी जम्मा चार ओटा परियोजना कार्य सबै सहभागीले सम्पादन गर्नुपर्ने छ । प्रत्येक परियोजनाको परिणामका (Output) रूपमा प्रत्येक प्रशिक्षार्थीले प्रतिवेदन स्वरुपको अलगअलग प्रतिवेदन दस्तावेज शैक्षिक तालिम केन्द्रसमक्ष अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

    • परियोजना कार्य-१: पाठयोजनामा आधारित शिक्षण अभ्यास
    • परियोजना कार्य-२ कार्यमूलक अनुसन्धान
    • परियोजना कार्य-३ पठन गति मापन
    • परियोजना कार्य-४ः पहिलो र दोस्रो नेपाली भाषी विद्यार्थीका बीच उच्चारण अभ्यासको तुलना
    • परियोजना कार्य ५: कविता शिक्षणमा लयबोध शिक्षण क्रियाकलाप
    • परियोजना कार्य-६ः कथा र जीवनी शिक्षण क्रियाकलापबिचको तुलना
    • परियोजना कार्य-१: पाठयोजनामा आधारित शिक्षण अभ्यास अन्तर्गत

    • क) फरक फरक १० ओटा पाठहरूको पाठयोजना तयारी गर्ने
    • ख) प्रत्येक पाठयोजनाका आधारमा शैक्षिक सामग्री विकास गर्ने
    • ग) प्रधानाध्यापकबाट सबै पाठयोजना प्रमाणित गराउने
    • घ) पाठयोजनाका आधारमा कार्यतालिकाबद्ध शिक्षण अभ्यास गराउने
    • परियोजना कार्य-२ कार्यमूलक अनुसन्धान
    • शिक्षकले आफ्‌नो कार्यसम्पादन सुधारका लागि कुनै एउटा विषय क्षेत्रमा विद्वान् Kurth Lewis द्वारा प्रतिपादित निम्नलिखित चक्रअनुसार कार्यमूलक अनुसन्धान गरी सोको प्रतिवेदन तयार पार्नुपर्ने छ :

    • समस्या पहिचान (Problem)
    • प्रतिबिम्बन (Reflect)
    • अवलोकन (Observe)
    • योजना निर्माण (Plan)
    • कार्यान्वयन (Act)

    डाउनलोड फाइल

    School Page