आज बडादशैंको तेश्रो दिन, घरघरमा दुर्गा भवानीको पुजा आरधना
Subscribe
होमवर्कअर्थात् गृहकार्य भनेको विद्यार्थीहरूलाई शिक्षकहरूले नियमित कक्षाकार्यभन्दा बाहिर रहेर अर्थात् घरमा रहेर केकस्ता कार्य गर्ने हो भनी तोकेको कार्यहरूको सेट हो। यसको उद्देश्य विद्यार्थीहरूलाई सीपहरू अभ्यास गर्न, सिकाइलाई सुदृढ गर्न, र स्वतन्त्र कामलाई प्रवर्द्धन गर्न मद्दत गर्नु हो।यो एउटा 'कक्षामा सिकेको सिकाइलाई अझ सुदृढ, चिरस्थायी / व्यावहारिक बनाउने प्रयास हो । विद्यालयमा सिकेको कुरा विद्यार्थीले कति जान्यो भनेर परीक्षण गर्ने र थप अभ्यास गर्ने माध्यम पनि हो।' होमवर्कको विषयमा घतलाग्दो परिभाषा vocabulary.com मा उल्लेख भएको पाउँछौं । जसमा भनिएकोछ :
"Any assignment you're expected to complete after school and bring back to class the next day is called homework.
preparatory school work done outside school (especially at home)"
{तपाइँले विद्यालय पछि पूरा गर्ने र अर्को दिन कक्षामा फिर्ता ल्याउने अपेक्षा गरिएको कुनै पनि कार्यलाई गृहकार्य भनिन्छ।
स्कूल बाहिर (विशेष गरी घरमा) तयारी स्कूल काम}
यसलाई असाइनमेन्ट, परियोजना, अभ्यासको नामले चिनिन्छ ।
हुन त गृहकार्यका थुप्रै फाइदाहरु छन् । प्रभावकारी शिक्षण सिकाइ केवल ४०/४५ समयको कक्षाकार्य पर्याप्त हुँदैन । Crow & Crow का अनुसार सिकाइ हो ज्ञान आदत र प्रवृतिहरुको प्राप्ति जुन प्रशस्त अभ्यासबाट मात्र सम्भव हुन्छ । त्यस्तो अभ्यास कक्षामा घरमा र दुबैमा हुन सक्छ । सिकाइको आधुनिक धारणा अनुसार अनुभव र तालीमबाट व्यवहारमा आउने परिवर्तन सिकाइ हो (गेटे) अनुभव र तालीम कै लागि पनि गृहकार्यले सहयोग पुर्याउँछ । त्यसैले त गृहकार्यलाई शिक्षण सिकाइको अभिन्न अङ्ग पनि मानिदै आएको छ । आजकाल परिष्कृत भएर परियोजना कार्यमा रुपान्तरण भएको छ । दैनिक पाठयोजनामा यसलाई हाल आएर अभिन्न अङ्गको रुपमा लिन थालेको छ । कक्षाकार्यमा भन्दा शान्त वातावरण गृहकार्यमा हुन्छ । यसले पनि विद्यार्थीको सिकाइमा गृहकार्यको महत्वपूर्ण नै हुन्छ ।
गृहकार्यले विद्यार्थीहरूको लागि धेरै फाइदाहरू प्रदान गर्दछ, जसमा:
सिकाइको सुदृढीकरण:
गृहकार्यले कक्षामा सिकेका अवधारणाहरूलाई सुदृढ पार्न मद्दत गर्छ, जसले विद्यार्थीहरूलाई ज्ञानको अभ्यास गर्न र लागू गर्न अनुमति दिन्छ।
अध्ययन कौशलको विकास:
गृहकार्य पूरा गर्नाले विद्यार्थीहरूलाई प्रभावकारी अध्ययन बानी, संगठन र समय व्यवस्थापन सीपहरू विकास गर्न प्रोत्साहित गर्दछ।
स्वतन्त्रता:
गृहकार्यले जिम्मेवारीको भावनालाई बढावा दिन्छ किनकि विद्यार्थीहरूले तत्काल शिक्षकको निरीक्षण बिना नै स्वतन्त्र रूपमा कार्यहरू पूरा गर्न सिक्छन्।
भविष्यका पाठहरूको लागि तयारी:
असाइनमेन्टहरूले विद्यार्थीहरूलाई आगामी कक्षाहरू वा विषयहरूका लागि तयार गर्न सक्छ, सिक्नलाई थप सहज बनाउँछ।
आमाबाबुको संलग्नता:
गृहकार्यले अभिभावक र बच्चाहरू बीच स्कूलको कामको बारेमा सञ्चार, अभिभावकीय सहयोग र शिक्षामा संलग्नतालाई प्रोत्साहित गर्न मद्दत गर्न सक्छ।
समालोचनात्मक सोच र समस्या समाधान:
गृहकार्यले प्रायः विद्यार्थीहरूलाई समस्या समाधान गर्ने सीपहरू प्रवर्द्धन गर्दै, सामग्रीसँग आलोचनात्मक रूपमा संलग्न हुन प्रोत्साहित गर्छ।
स्वामित्व भाव:
असाइनमेन्टहरू पूरा गर्नाले विद्यार्थीहरूलाई उनीहरूको सिकाइको स्वामित्व लिन र उनीहरूको प्रयासको परिणामहरू हेर्न अनुमति दिन्छ।
समग्रमा, गृहकार्यले विद्यार्थीहरूलाई अध्ययन कौशल विकास गर्न, उनीहरूको स्मरणशक्ति र एकाग्रता सुधार गर्न र उनीहरूको शैक्षिक उपलब्धि बढाउन मद्दत गर्न सक्छ। यसले विद्यार्थीहरूलाई आत्म-व्यवस्थापन, आत्म-अनुशासन, र समय व्यवस्थापन जस्ता आजीवन सिकाइका लागि सीपहरू विकास गर्न पनि मद्दत गर्न सक्छ। गृहकार्यले शिक्षक र अभिभावकहरूलाई विद्यार्थीहरूले कसरी सिक्ने भन्ने बारे थप जान्न मद्दत गर्न सक्छ।
»)गृहकार्यको फाइदा मात्र हैन यसका जटिल बेफाइदाहरु पनि छन् । गृहकार्यले विद्यार्थीको स्वास्थ्यमा शारीरिक र मानसिक दुवै रूपमा नकारात्मक असर पार्न सक्छ। धेरै गृहकार्यले तनाव, डिप्रेसन, चिन्ता, टाउको दुख्ने, थकान, तौल घट्ने र खराब खाने बानी निम्त्याउन सक्छ। अधिकांशले रातमा होमवर्क गर्ने हुँदा रातीअबेरसम्म होमवर्क गर्ने हुँदा पर्याप्त निन्द्रा पुग्दैन यसले गर्दा स्कुलमा निन्द्रा लाग्ने पाचनप्रणालीमा असर पुग्ने अध्ययनले देखाएको छ । गृहकार्यले सिर्जनात्मक कार्यहरु गर्न अवसर हुँदैन । शारीरिक तथा मानसिक यातनाको कारण पढाइ नै छोड्ने गरेको पनि पाइन्छ । पारिवारिक फुर्सदको समय घटाउन र पारिवारिक सम्बन्धमा बाधा पुर्याउन सक्छ।
होमवर्कको पृष्ठभूमि
होमवर्कको शुरुवात कहिलेदेखि भयो भन्ने इतिहासमा त्यति प्रष्ट त छैन तथापी Pliny the Younger, a Roman lawyer and author प्लिनी द यङ्गर, रोमन वकिलका अनुसार पहिलो शताब्दीदेखि रोममा शैक्षिक अभ्यासकोरुपमा प्रयोग भएको बताउनुहुन्छ । असाइनमेन्टहरू पुरातन रोममा पनि शैक्षिक अनुभवको एक हिस्सा थिए उहाँले लेख्नु भएको छ ।
आधुनिक गृहकार्यको शुरुवात 20 औं शताब्दीको प्रारम्भमा भएको मानिन्छ । रोबर्टो नेभिलिस, एक इटालियन शिक्षाविद्लाई आधुनिक गृहकार्य आविष्कारको रुपमा लिइन्छ । विभिन्न स्रोतहरूका अनुसार, नेभिलिसले कक्षाकोठा बाहिर सिकाइ बढाउने उद्देश्यले एक औपचारिक शैक्षिक उपकरणको रूपमा गृहकार्यलाई प्रस्तुत गर्यो।
स्कुलमा गृहकार्य अर्थात् होमवर्क दिने चलन नेपाली समाजको मात्र होइन, विश्वव्यापी नै हो। प्राचीनकालमा पनि गुरूले शिष्यलाई गृहकार्य दिने चलन थियो भन्ने प्रमाणहरू पाइन्छन्। गुरुलाई पाठ जस्ताको तस्तै सुनाउनुपर्थ्यो।
नेपालको सन्दर्भमा हेर्ने हो भने जब नीजि विद्यालयको संचालन भएदेखि नै होमवर्कको बढी प्रयोग हुँदै आइरहेको छ । यसैको नक्कल गर्ने परिपाट सामुदायिक विद्यालयहरुमा सर्दै गएको अवस्था छ । होमवर्क अनिवार्य' भन्ने मान्यता बस्दै गएको छ। नेपालमा नाफामूलक निजी विद्यालय छन्। यस्ता विद्यालय तीन वर्षको उमेरदेखि बालबालिका भर्ना लिन्छन्। तिनै स्कुलले आमाबाबुमा छोराछोरी तीन वर्ष लागेपछि स्कुल पुर्याउनुपर्छ भन्ने मानसिकता विकास गरिदिएका छन्। स्कुलले होमवर्क दिएर पठाउँछ, आमाबाबु खुसी हुन्छन्। यस्ता साना छोराछोरीलाई घरमा पढाइमा व्यस्त राख्न आमाबाबु नै धेरै होमवर्क दिन आग्रह गर्छन्। खासगरी पढेलेखा अभिभावकहरू पनि होमवर्कमा जोड दिन्छन्। सबै विषयको होमवर्क दिनू भनेर शिक्षकहरूलाई आग्रह गर्छन्।विद्यार्थीलाई सजाय दिएर, त्रासमा राखेर तह लगाउनुपर्छ नत्र पढ्दैनन्, हेप्छन् भन्ने मान्यता थियो। सजायको डरले होमवर्क गर्ने बाध्यता हुन्थ्यो। स्कुलको वातावरण नबिगार्न परीक्षामा उच्च अंक ल्याउनकै लागि र अन्य नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्न विद्यार्थीलाई सजाय दिने चलन बढ्दो छ । शारिरीक यातनाको डर साथीको अगाडि बेइज्जती हुने डरले जसोतसो होमवर्क गरेर देखाउने चलन छ । जसोतसो होमवर्क त बुझाउँछन तर उनीहरुको सिकाइमा तात्विक अन्तर देखिदैन । उनीहरुमा डर तनाव उमेर बढ्दै जाँदा बदलाको भावना सृजनामक कार्यप्रति निराशा बढ्दै जाने अध्ययनहरुले देखाएको छ । स्कुलमा बालबालिकाहरुको रुचि सिकाइ क्षमता एकनाशको हुँदैन र सबैलाई एउटैस्तरको सिकाइ बिधि अपनाउनु हुँदैन ।
होमवर्क, बाल मनोविज्ञान र बाल अधिकार
हाल बालबालिकाको मनोविज्ञान, बालविकास र शिक्षण विधिसँग जोडेर होमवर्कलाई अध्ययन गर्ने गरेको पाइन्छ । बालमनोविद्हरूले पनि बालविकास र सिकाइ सम्बन्धमा विभिन्न दर्शन र सिद्धान्तहरू विकास गरेका छन्। विद्यालय बालबालिकालाई यातना दिने सुधार गृह हैन यो उनीहरुमा अन्तर्निहित क्षमताको विकास गर्ने प्रयोगशाला हो जहाँ बालबालिकाहरु रमाईरमाई सिक्न उत्प्रेरित हुन्छन् . यसै अवधारणा अनुसार बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, २०६७” लागू भएको अवस्था छ । होमवर्कको नाउँमा शारीरिक मानसिक यातना दिनु दण्डनीय मानिन्छ ।
नेपालको संविधान २०७२ को भाग ३, मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन् भनिएको छ ।
राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले विभिन्न अध्ययन–अनुसन्धानका आधारमा बालबालिकालाई पढाइको कुरामा मानसिक र शारीरिक यातना हुने कुनै पनि गतिविधि नगर्न सुझाव दिएको छ।
बालविकासको प्राकृतिक प्रक्रिया, बालमनोविज्ञान आदिका आधारमा कतिपय देशले बालबालिकाको सिकाइ, गृहकार्य लगायतका प्रचलित मान्यताहरू परिमार्जन गर्दै लगेका छन्।
युरोपेली मुलुकहरूमा बेलायत स्कुलका विद्यार्थीलाई बढी होमवर्क दिने मानिन्छ। स्विडेनले बालमनोविज्ञान ख्याल गरेर होमवर्क सम्बन्धी नीति बनाएको छ।
स्कुले शिक्षा देखि उच्च शिक्षासम्म बालमनोविज्ञान र पेडागोजिक विषयहरु पढाइ हुँदै आइरहेको छ । यस्ता विषयमा होमवर्कको शिर्षक नभएपनि सिकाइको अभ्यास सिद्धान्त पढ्नुपर्ने हुन्छ । विद्यालयको वातावरण, शिक्षकको ज्ञान, घरपरिवारको प्रेरणा र वातावरणको मुख्य भूमिका हुने देखाएका छन्। बालबालिकालाई साह्रै कम होमवर्क दिने चलन भएका मुलुकहरूमा पनि उत्कृष्ट जनशक्ति तयार भएको पाइएको छ।
होमवर्क त दिने तर कति दिने, कसरी गराउने कुन उमेर समूहलाई दिने र नगरेको अवस्थामा के गर्ने भन्नेतर्फ सोच्न जरुरी छ ।
युरोपेली मुलुकहरूमा होमवर्कका लागि बालबालिकाको उमेरलाई आधार मान्ने गरेको देखिन्छ। कतिपय देशमा त खास उमेरसम्म होमवर्क दिँदै नदिने नीति पनि छ।
निष्कर्ष
माथि जे जति कुरा गरेपनि सिकाइका लागि अभ्यास (होमवर्क) जरुरी हुन्छ । यस्तो होमवर्क स्कुल र घर दुबैमा गर्न सकिन्छ । सन्तुलित होमवर्क र बालमैत्री व्यवहारले अवश्य नै परिवर्तन ल्याउँछ । रुसोकै भनाईमा बालबालिकालाई प्राकृतिक वातावरणमा रमाउन दिनुपर्छ र शिक्षकले मार्ग दर्शक बन्नुपर्छ । शिक्षाको राष्ट्रिय उद्देश्यहरु मध्ये १ नम्बरको उद्देश्यलाई अवलम्बन गर्नु बुद्धिमानी हुन्छ । Home work को नाउँमा शिक्षक अभिभावकले बच्चाहरुलाई अनावश्यक लोड दिएर पढाइलेखाइलाई किन बोझिलो बनाउने हामी सबैको काम भनेको बालबालिकाहश्रुलाई स्वअध्ययन गर्न उत्प्रेरित गर्नुपर्छ।रुचि पहिचान गरी त्यसलाई अगाडी बढ्ने अवसर दिनुपर्छ । शिक्षण सिकाइमा नयाँनयाँ सिकाइ आयामहरुको विकास भएकाछन जसमध्ये Flipped classroom हो । यो सिद्धान्त अनुसार बच्चाले स्कुलमा Home work र घरमा Classwork गर्छन् । हिजोजस्तो दुनियाँ अहिले छैन सूचना संचार प्रविधिको एरामा हाम्रा बालबच्चा हुर्किरहेकाछन् । एआइको जेनेरेशनमा हुर्कदै गरेको हाम्रा बालबच्चालाई सही सल्लाह सहयोग र समर्थन दिन सक्यौं भने किताब कलम र परम्परागत शिक्षा प्रणालीको भन्दा निकै फड्को मार्न सक्छ ।यसको लागि पाठ्यक्रम र मूल्याङ्कन व्यवस्थामा समय सापेक्ष परिवर्तन हरनर जरुरी छ । अबको बालबच्चा Alpha (α) Generation बाट Bita Generation ( β ) मा जाँदैछ । होमवर्कको बोझ बोकाउनुभन्दा सिर्जनात्मक र स्वसिकाइमा कसरी उत्प्रेरित गर्न सकिन्छ भन्ने तर्फ सोँचौं ») जानेको कुरा लेखें कमीकमजोरी भयो होला सच्याउने अवसर दिनुहोला ।
कमेन्ट गर्नुहोस्