राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी बढेसँगै नेकपा माओवादी केन्द्रमा भने युवालाई अवसर दिइनुपर्ने माग बढेको छ । त्यसमा पनि युवा–विद्यार्थीको नाम अग्रपङ्क्तिमा छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो प्रदेशको नाम नै उल्लेख नगरी तमु ल्होसारका अवसरमा शुभकामना दिनुभएको छ ।
नेपाल सरकारको निशाना छापसहित मुख्यमन्त्री, विराटनगर, नेपाल मात्र उल्लेख भएको शुभकामना सन्देशमा उहाँले कतै पनि कोशी प्रदेश उल्लेख गर्नुभएको छैन । लेटरहेडमा उल्लिखित विराटनगर, नेपालले कतै पनि प्रदेशको नाम के हो भन्ने जानकारी दिन सक्तैन । प्रदेशको नाम कोशीलाई लिएर अहिले पनि त्यहाँ विवाद जारी छ । पहिचानवादीहरुले प्रदेशको नाम कोशी राखिएकामा विरोध गरिरहेका छन् ।
उनीहरुले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने माग गर्दै आएका छन् । सम्भवतः पहिचानवादीहरुको विरोध र दबाबकै कारणले मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा प्रदेशको नाम उल्लेख नगरेको हुनसक्छ ।
सर्लाही ईश्वरपुर भनेर कैलाशले नाम लिइरहँदा एकातर्फ खुशी नै लागिरहेको थियो भने अर्का तर्फ मेरो ध्यान मकरको आवाजमा ठोकिइरहेको थियो । भनिन्छ First impression is the last impression .तिलक सिंह पेलाको स्वर संगीत रहेको के लत बस्यो भन्ने मकरले गाएको गीतले चारै जना कोचहरुलाई उठाएका थिए भने कोच मिलनले पहिलो बजर बजाउनु भएको थियो मकरले राजेशल पायलको टिम छान्दा कोच मिलन दुखी भएको देखिन्थ्यो । नकआउटबाट पार गरी भोटिङ्म राउण्डको टप १० जनामा छानिए पनि यो हप्ता भोटको कमीले उनी डेन्जर जोनमा परे र बालबाल बचे ।
हुन त अन्य प्रतिस्पर्धि पनि उत्तिकै गायकी ट्यालेन्ट रहेका छन् । सबैलाई उत्तिकै सम्मान छ । तर मकरले सर्लाही त्यसमा पनि छिमेकी वडा नवलपुर भन्दा ध्यान त्यता ति मोडिएको मात्र हो । उनको स्वर पेला भन्दा कम त छैन तर गुरु भनेको गुरु नै हुन्छ । गुरुसँग तुलना गर्न सकिदैन । किनकी गुरु श्रष्टा हो ।
मकरलाई भोट दिन खल्ती एप डाउनलोड गर्नु पर्छ । र त्यहाँ दिइएको Voice of Nepal को मूनि Vote मा थिच्नुपर्छ । खल्ति एप डाउनलोड गर्न Download Khalti मा थिच्नुहोस्
गुरु तिलक सिंह पेलाको आवाजमा यो गीत एक छिन सुनौ ।
२१ वर्षको संगीत साधनामा बिताएँ
के लत बस्यो गीतमा बनेका छोटो भिडियोहरु
२०७७ सालदेखि घाटामा जान थालेको निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको छ ।
करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम आजदेखि ऋण मुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगम ऋण मुक्त हुँदासमेत मूल्य घटाएको छैन ।
नेपाल सरकारलाई आज अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । तर निगम पेट्रोलियमको मूल्य समायोजन गर्न इच्छुक देखिँदैन ।
नेपाल सरकारलाई आज अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । तर निगम पेट्रोलियमको मूल्य समायोजन गर्न इच्छुक देखिँदैन । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् ।निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर असोजदेखि त्यो प्रणाली पनि लागू गरेको छैन ।
अहिले हरेक व्यक्तिसँग जिमेल अर्थात् गुगल मेल छ । तपाई पनि जिमेलमा हुनुहुन्छ, तर धेरै सक्रिय हुनुहुन्न भने यो खबर तपाईका लागि हो । तपाईँले सतर्क रहन जरुरी छ ।
गुगलको पछिल्लो निर्णयले केही जिमेल प्रयोगकर्तालाई झट्का लाग्नेवाला छ । कम्पनीले आफ्नो निष्क्रिय एकाउन्ट पोलिसीमा अत्यावश्यक अपडेटको घोषणा गरेको छ । सन् २०२३ को डिसेम्बर १ देखि कम्तीमा २ वर्षदेखि निष्क्रिय जिमेल खातालाई हटाउने योजना कम्पनीले बनाइरहेको छ । कम्पनीले इनएक्टिभ खातासँग जोडिएका कन्टेन्टलाई पनि हटाउने भएको छ ।
यस क्रममा जीमेल, फोटो, गुगल ड्राइभमा भएका डकुमेन्ट, कन्ट्याक्ट आदि पनि हट्नेछन् । गुगलले यही वर्षको मेमा पुराना र डीएक्टिभेटेड एकाउन्टमा चलखेलको सम्भावना धेरै हुने भन्दै यसमा बच्नका लागि डिएक्टिभेटेड एकाउन्ट नीति संशोधन गरेको थियो ।
तपाईँले पनि २ वर्षअघि गुगल एकाउन्ट बनाएर त्यसलाई नचलाई राखिरहनु भएको छ भने कम्पनीको तर्फबाट तपाईँले नोटिफिकेशन पाउनु हुनेछ । त्यसपछि खाता डिलिट हुनेछ । कम्पनीले यस्ता प्रयोगकर्तालाई मेल पठाइरहेको छ । यसमा कम्पनीले प्रयोगकर्तालाई यही डिसेम्बर १ देखि इनएक्टिभ एकाउन्टलाई हटाइने भनेर अलर्ट गरिएको छ ।
थप सुचनाहरु »
Read and share current News