माथि देखिएको चित्र कुनै विद्यालयको कक्षाकोठाको होइन यो चित्र विद्यालयमा पढ्ने साना बालबालिकाको घरघरमा बनाइएको सजाइएको पढाइ कुनाको हो । अहिले तपाई कुनै पनि सामुदायिक विद्यालयको बालविकास र कतैकतै कक्षा १ /२ कक्षामा अवलोकन गर्न जानु भयो भने पढाइ कुना झलक देख्न सक्नुहुन्छ ।
पुस्तक कुना अर्थात बुक कर्नरबारेमा पढ्यौं देख्यौ तर पढाइ कुना र विषय कुनाको बारेमा सुन्ने देख्ने कमै छन् । हामीले कक्षा ९/१० देखि उच्च कक्षासम्म What is class-room management ? यसको उत्तरमा जानीनजानी लेख्दथ्यौं अनि शिक्षकहरुको तजबिजले धेरथोर नम्बर पाउँथ्यौं पनि । Classroom management refers to the organization of the physical, mental, and educational aspects of the classroom environment to facilitate effective teaching and learning. This includes arranging resources, activities, and behaviors to create a conducive learning atmosphere.अर्थात कक्षाकोठा व्यवस्थापनले प्रभावकारी शिक्षण र सिकाइलाई सहज बनाउन कक्षाकोठाको वातावरणको शारीरिक, मानसिक र शैक्षिक पक्षहरूको संगठनलाई जनाउँछ। यसले एक प्रवाहकीय सिकाइ वातावरण सिर्जना गर्न स्रोतहरू, गतिविधिहरू, र व्यवहारहरू व्यवस्थित गर्ने समावेश गर्दछ। सिकाइ सहजीकरण (शिक्षण) क्रियाकलापलाई बढी उपयोगी, बालमैत्री, समावेशी लैङ्कि मैत्री तथा प्रभावकारी बनाउन कक्षाकोठामा गरिने उचित व्यवस्थापन नै कक्षाकोठा व्यवस्थापन हो । यो सिकाइका लागि अति आवश्यक पक्ष हो ।
कक्षाकोठाको व्यवस्थापनको अर्थ लाउँदै गर्दा शिक्षण सिकाइ व्यवस्थापनलाई बिर्सनुहुँदैन। शिक्षण सिकाइ व्यवस्थापन अन्तर्गत पढाइ कुन, विषय कुनाको व्यवस्था, शिक्षण सामाग्री, कुना पुस्तक कुनाजस्ता पक्षको व्यवस्थापन जस्ता पक्षहरु मुख्यरुपमा पर्दछन् । यस लेखमा पुस्तक कुनाको व्यवस्थापनबारेमा मात्र छोटो चर्चा गरिएको छ । विषय कुनाको व्यवस्थापनको बारेमा पछि लेखिनेछ ।
पढाइ कुना' बालबालिकाले छुट्टै पढ्ने स्थान हो । जहाँ बालबालिका आफूले निर्माण गरेका सामग्री, आफ्ना विद्यालयका सामग्री उनीहरूले आफूले निर्माण गरेका चित्रहरू भित्तामा टाँसेका देख्न सक्छौँ । पढाइ कुना जहाँ पनि निर्माण गर्न सकिन्छ । उनीहरूले सुत्ने कोठाको एउटा छेउमा बेड राखेर वरिपरि उनीहरूले बनाएका चित्रहरू टाँसेर ‘पढाइ कुना’लाई आकर्षक बनाउन सकिन्छ । सुन्दा सामान्य लाग्ने अभ्यासले बालबालिकाको पढाइमा त सुधार आउँछ नै, उनीहरूले अनुशासन र जिम्मेवारी पनि सिक्ने गर्छन् ।
फेरि प्रश्न आउँछ के यो विद्यालयमा मात्र हुन्छ ?
माथि भनिए अनुसार यो व्यवस्था विद्यालयमा मात्र हैन हरेक बालबालिकाको घरघरमा हुन सक्छ । हुने खाने धनाढ्यका बालबालिकाको लागि टिभी ट्याबलेट Modern tailored-made material सहितका आधुनिक सूचना प्रविधिका साधन लगायत कम्फर्टेबल कोठा हुन सक्छ तर सामान्यका लागि गुन्द्री मान्द्रो चटाइ माटोले लिपेको भित्ता र हातले बनाइका सामाग्रीहरु हुनसक्छ ।
पढाइ कुनाको पृष्ठभूमि
नेपालमा २०६१ साल भदौ ८ गते देखि प्रारम्भिक बालविकास कार्यक्रम संचालन भएपनि यस किसिमको अवधारणा आएको थिएन । पछिल्लो समयमा वर्ल्डभिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका १५ वटा विद्यालयअन्तर्गतका समुदायहरूमा सञ्चालन गरेको कार्यक्रमसँगै यो अवधारणा आएको मानिनन्छ । यस कार्यक्रमले बालविकासमा मात्र हैन कक्षा १ देखि ३ सम्मकै लागि र विद्यालयमा मात्र नभइ हरेक बालबालिकाको घरघरमा पढाइ कुनाको व्यवस्थासमेत गरिदियो ।
हुनत नेपाल सरकार, शिक्षा तथा मानव स्रोत विकास केन्द्र Center For Education And Human Resources Development तथा रास्कोट नगरपालिकाको सहकार्य तथा UNICEF Nepal र Seto Gurans NCDS: सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोग एवं स्थानीय साझेदार संस्था स्याकले प्रारम्भिक बालविकास सहजकर्ताहरुलागि सञ्चालन गरेको तालिममा पनि पढाइ कुनाको चर्चा नगरिएपनि पढाइ कुनामा सज्जिने शैक्षिक सामाग्रीको तालिम र प्रयोग बिधिको तालिम दिइएको थियो
पढाइ कुनाबाट के के फाइदा हुन सक्छ त ?
पढाइ कुनाको फाइदा उल्लेख गर्नु पहिला माथिको चित्रको झलक हेरौं
भित्तामा छोराछोरीलाई पढाउन बानी विकास गर्न अपनाउनुपर्ने व्यावहारिक चित्रसहितको पोस्टर छ । तल कापी, कलम राख्ने टेबुल छ । छेउमा बस्ने व्यवस्था बनाइएको छ । यो दृश्य कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ स्थित बाणीकी विष्णा रावलको घरमा सजाइएको पढाइ कुनाको हो ।
विष्णाकी छोरी रिद्धिमालाई नियमित पढाइतर्फ लगाव बढाउन विष्णाले सजावट गरेकी हुन् । घरको कोठाभित्र रिद्धिमा छिर्नेबित्तिकै त्यहीँ गएर विद्यालयमा सिकाएका कुरा कापीमा सार्छिन् र किताब पढ्छिन् । उनलाई त्यहाँ पुग्नेबित्तिकै किताब पढ्नुपर्छ भन्ने ज्ञान दिने यो स्थानलाई भन्छिन्– ‘पढाइ कुना ।
रिद्धिमा कक्षा २ मा पढ्दै आएकी छिन् । ‘पढाइ कुना’ले रिद्धिमा मात्र होइन, विष्णालाई पनि शिक्षा आर्जन गर्न सहज भएको छ । ‘पहिले भनेपछि मात्रै छोरी पढ्न मान्थी । अहिले भन्नुपर्दैन, विद्यालयबाट आउनेबित्तिकै पढ्नतर्फ ध्यान दिइरहेकी छिन्,’ विष्णा भन्छिन् । विष्णाजस्तै गीता डगौराले पनि छोरीका लागि ‘पढाइ कुना’ बनाएकी छिन् । गीताकी जेठी छोरी कक्षा ५ र कान्छी २ कक्षामा अध्ययनरत छन् । ‘पहिले धेरै घुम्ने बच्चाहरू अहिले कम घुम्ने र बढी पढाइ कुनामा रमाउने गर्छन् । विद्यालयको गृहकार्य सकिएपछि चित्र कोर्ने, पेन्टिङ गर्ने, पढ्नेलगायतका काम ‘पढाइ कुना’ मा गर्छन्,’ गीता भन्छिन्, ‘हामीले धेरै पढेका पनि छैनौँ । त्यही पनि पढाइ कुना बनाएदेखि उनीहरूकै सामु बसेर सुन्ने र बुझ्ने गर्छौं ।’
यस झलकबाट नै थाह हुन्छ पढाइ कुना को के फाइदा छ भनेर
पढाइ कुना को फाइदाहरु
१.राम्रो सिकाइ र पठन सीप विकास हुने
२.घरको कोठा शिक्षामय हुने
३.बालवालिकाले घरमा पढ्ने वातावरण सृजना हुने
४.बालवालिकाले रमाइरमाइ पढ्ने
५.घरमा नपढेका आमा वा अन्यले पनि सिक्न सक्ने
यत्तिको फाइदा हुँदाहुँदै यतातर्फ कसैको ध्यान गएको देखिदैन । जनप्रतिनिधिहरु शैक्षिक गुणस्तरको निकै ठुलाठुला कुरा गर्दछन् तर यसतर्फ ध्यान गएको देखिदैन ।
विद्यालय संचालनको अधिकार सिंहदरबारबाट स्थानीय तहमा सरेको छ । जति नै शैक्षिक गुणस्तरको योजना ल्याएपनि विद्यालयको शिक्षाको स्तर घट्दोअवस्थामा छ । बर्षेनी शिक्षामा खर्च बढ्याबढैछ । तर यति सानो काम गर्न सकिरहेको देखिदैन । शिक्षाको जग तल्लो कक्षामा अडेको हुन्छ भन्ने कुरा जगजाहेर नै । यतिको कामका NGG /INGO नै भिडाउनु पर्ने अवस्था छ । योजना भन्दापनि दायाबायाँ फाइदा खोज्नेका लागि यस्ता योजना निरथर्क नै हुन्छ । यसमा कुनै ठुलो बजेट लाग्ला जस्तो लाग्दैन । हरेक अभिभावकहरुलाई पढाइ कुना बनाउन तालिम दिन इसिडिका शिक्षकहरुलाई सहजकर्ताकोरुपमा प्रयोग गर्न सकिन्छ । पालिकामा बजेट छ भने पढाइ कुनाको आवश्यक सामाग्री खरिद गर्न र अभिभावक र सहजकर्तालाई भत्ताको व्यवस्था गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
२०८१/०५/१७, सोमबारका दिन नगर प्रमुखको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिप्रति हाम्रो ध्यान आकृष्ट भएको छ । दरबन्दी मिलान गर्न आवश्यक मापदण्ड तयार गर्ने बिषयमा समाजका बुद्धिजिवीहरु, शिक्षा प्रेमिहरु तथा राजनीतिक दलहरुवाट समेत रचनात्मक सहयोग माग भएकोले shamser.info.np र लौरो संचारले दरबन्दी मिलानमा हाम्रो सुझाव भन्ने स्तम्भ राखेका छौं । यसमा आफ्नो राय बिचार सल्लााह लेखि पठाउन वा Voice Record गरी तल दिइएको गुगल फर्ममा भरेर पठाउनुहोला ।
बिभिन्न पालिकाहरुले तयार पारेको दरबन्दी मिलान कार्यबिधिहरु पिडिएफमा
२ समुद्र सतहदेखि ३७९४ मिटरको उचाइमा नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पर्ने पाथीभरा देवी मन्दिर पाथीभरा पहाडको शिखरमा रहेको छ । पाथीभरालाई देवीको साक्षत स्वरूप मानेर सुख समृद्धिको कामना गर्दै देवीको दर्शन, पूजा, आराधना गर्ने चलन छ । मनमा पाप भएको मान्छे, गर्भवती महिलाले देवीको दर्शन गरेमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ ।
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र सप्तरी जिल्लाको छिन्नमस्ता गाउँविकास समितिमा पर्दछ । प्राचीन इतिहास र किम्वदन्तीअनुसार कर्नाटवंशी राजा नान्यदेवको पाँचौँ पुस्ताका शक्रसिंहदेव सिम्रौनगढका राजा भएका थिए । उनी नाबालक छोरा हरिसिंहदेवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए । त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । देवीको शरीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको मानिन्छ ।
सिद्धकाली मन्दिर : सङ्खुवासभा सङ्खुवासभाको चैनपुर बजारबाट एककोश पर रहेको यो ठाउँमा महादेवकी अर्धाङ्गिनी सतीदेवीको दाहिने आँखा पतन भएकोले यो ठाउँलाई।
इलाम बजारको मध्य भागमा रहेको यो स्थानलाई खलङ्गा खाल्डो र मन्दिर अगाडिको ढुङ्गालाई इलङ्गा ढुङ्गा भनिन्छ । यो मन्दिरको निर्माण काजी हेमदल थापा (वि.स..१८७६–१९२२) ले गराई देवीको रूपमा माई नदीको शिला स्थापना गरेका थिए । हाल माइस्थानमा प्यागोडा शैलीको मन्दिर बनेको छ । मन्दिर नजिकै गणेश, डाकिनी र सिंहवाहिनीका स–साना मन्दिरहरू पनि रहेका छन् ।
बराह क्षेत्र प्रदेश नं. १ अन्तर्गतको सुनसरी जिल्लामा कोशी नदी र कोका नदीको पवित्र सङ्गममा बराह क्षेत्र नामको मनोरम तीर्थस्थल छ । भारतको कुरुक्षेत्र, नेपालका हरिहर क्षेत्र (देवघाट), मुक्तिक्षेत्र (मुक्तिनाथ मुस्ताङ), रुरु क्षेत्र (गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल) जस्तै बराह क्षेत्रको पनि विशिष्ट धार्मिक महत्व रहेको छ । बराह क्षेत्रका बारेमा बराह पुराणको ११० औँ र १४० औँ अध्यायमा चर्चा गरिएको छ । यहाँ गणेश बराह, गुरु बराह, सूर्य बराह, कोका बराह, इन्द्र बराह, गायत्री, सरस्वती, नारायणका मूर्तिहरू र मन्दिरहरूका साथै गणेश मन्दिर, लक्ष्मी मन्दिर र धर्मशालाहरू रहेका छन् ।
२ हलेसी महादेव मन्दिर : खोटाङ् जिल्लाको सदरमुकाम दिक्तेलदेखि पश्चिम भागमा कैलाश पर्वत भनिने थुम्कोको १ की.मी. क्षेत्रफल र २०० फिटको उचाइसम्म प्राकृतिक रूपमा निर्मित शिवलिङ्ग आकारको संरचनालाई हलेसी महादेव भनिन्छ । यहाँ रामनवमीका अवसरमा १६ दिनसम्म मेला लाग्दछ । महाशिवरात्रिका दिन भोटे जातिका मानिसहरू यहाँ आएर सुम्निमा पारोहाङ्काको रूपमा शिव पार्वतीको पूजा गर्दछन् भने बालाचतुर्दशीका दिन शतबीज छर्दछन् ।
धनुषा जिल्लाको जनकपुरधाममा जानकी मन्दिरपछिको अर्को महत्वपूर्ण मन्दिर राम मन्दिर हो । सरदार अमरसिंह थापाले वि.स. १८३९ मा प्यागोडा शैलीमा जानकी मन्दिर नजिकै राम, सीता, लक्ष्मणसहितको विशाल राम मन्दिर बनाएका थिए । मन्दिरमाथि पित्तलमा सुनको जलप लगाएको विशाल गजुर श्री ३ चन्द्र शमशेरले चढाएका थिए । मन्दिर परिसरमा हनुमान मन्दिर, शिव मन्दिर, भगवान विष्णु तथा दशावतारका मूर्तिहरूसमेत छन् । यहाँ रामनवमीका दिन पूजा अर्चना गर्नुका साथै ठूलो मेलासमेत लाग्दछ ।
सुनसरी जिल्लाको धरानबजारबाट पूर्वतिर धमिराले माटोमाथि उठाई मूर्तिजस्तै बनेको स्थानलाई बूढासुब्बाको स्थान भनिन्छ । मन्दिरका पुजारी मगर जातिका छन् । बूढासुब्बा राई वा मगर जातिका सिद्ध पुरुष थिए जो गुलेलीले शिकार गरी हिँड्दथे । शिकार खेल्ने क्रममा हिँड्दै जाँदा यस ठाउँमा आई गुलेलीलाई भुइँमा गाडेर मट्याङ्ग्रालाई भुँइमा राखी समाधिस्थ भए भन्ने किंवदन्ती छ । त्यहाँको बाँसको झाङ बूढासुब्बाले गाडेको गुलेलीबाट उम्रेको र गुलेलीको टुप्पो नहुने हुँदा यहाँको बाँसको पनि टुप्पो नभएको भन्ने जनविश्वास छ । कसैलाई पेट दुखेमा शिकारी (बूढासुब्बा) लागेको भनिने र मट्याङ्ग्रा घोटेर खुवाएमा निको हुन्छ भन्ने जनविश्वास छ । वैशाख पूर्णिमाका दिन ठूलो मेला लाग्ने यो स्थानमा सुँगुर र बोकाको बलि दिइन्छ ।
त्रिवेणीधाम नवलपरासी वाल्मीकि आश्रम र गजेन्द्रमोक्ष धाम चितवन जिल्लाको दक्षिणी पूर्वी भागमा गर्दी गा.वि.स. अन्तर्गत स्वर्णभद्रा, तमसा र नारायणी नदीको त्रिवेणीमा नारायणी नदीपारी वा पूर्वतटमा महामुनी तथा संस्कृत साहित्यका आदिकवि रामायणका रचयिता महर्षी ऋषिको आश्रम छ । यही नै वाल्मीकिले रामायण ग्रन्थको रचना गरेका थिए । यहाँ पुराताइिभ्वक महत्वका प्राचीन मूर्ति, महर्षि वाल्मीकिद्वारा स्थापित हरिहर मन्दिर, यज्ञशाला, लवकुश पाठशाला, सीताकुटी, सीताकुप र आश्रमहरू छन् । यहाँ माघे औँशीको दिन ठूलो मेला लाग्दछ । पवित्र तीन नदीहरूको सङ्गम त्रिवेणीमा स्नान गरेमा पापमोचन हुने र यहाँ देहत्याग गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेकोले यो स्थान कल्पवासीहरूको आश्रमस्थल बनेको छ ।
वाल्मीकि आश्रम चितवन चितवन जिल्लाको दक्षिणी पूर्वी भागमा गर्दी गा.वि.स. अन्तर्गत स्वर्णभद्रा, तमसा र नारायणी नदीको त्रिवेणीमा नारायणी नदीपारी वा पूर्वतटमा महामुनी तथा संस्कृत साहित्यका आदिकवि रामायणका रचयिता महर्षी ऋषिको आश्रम छ । यही नै वाल्मीकिले रामायण ग्रन्थको रचना गरेका थिए । यहाँ पुराताइिभ्वक महत्वका प्राचीन मूर्ति, महर्षि वाल्मीकिद्वारा स्थापित हरिहर मन्दिर, यज्ञशाला, लवकुश पाठशाला, सीताकुटी, सीताकुप र आश्रमहरू छन् । यहाँ माघे औँशीको दिन ठूलो मेला लाग्दछ । पवित्र तीन नदीहरूको सङ्गम त्रिवेणीमा स्नान गरेमा पापमोचन हुने र यहाँ देहत्याग गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेकोले यो स्थान कल्पवासीहरूको आश्रमस्थल बनेको छ ।
त्रिपुरा सुन्दरी बैतडी बैतडी जिल्लाको यो प्रमुख तीर्थस्थलमा भगवती देवीको मूर्ति स्थापना गरिएको छ । पौराणिककालमा भगवतीले त्रिपुरासुर नामको दैत्यको वध गरी देवता तथा मानव जातिको दुःख निवारण गरेकोले यिनको नाम त्रिपुरासुन्दरी देवी रहेको मानिन्छ । यी देवीलाई स्थानीय वासिन्दा राणाशयनी भगवती पनि भन्दछन् ।प्राकृतिक रमणीयताको कारणले पनि वर्षेनी ठूलो संख्यामा पदयात्रीहरू यस क्षेत्रमा आउँदछन् । यस क्षेत्रमा तपस्या गरेको खण्डमा मुक्ति प्राप्त गर्न सकिने हुनाले यस क्षेत्रलाई मुक्तिक्षेत्र भनिएको हो भन्ने जनविश्वास रहेको पाइन्छ । अवलोकितेश्वरको मूर्ति तथा वरूण देवताको रूपमा पुजिने हरबखत आगो बलिरहने स्थान र गुम्बा पनि मुक्तिनाथ क्षेत्रको आकर्षणको रूपमा रहेका छन् ।
सुखमा नमातिने दुखमा नआतिने गुणहरुको विकास हुनु नै शिक्षा हो । ।
जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । Read more
Email: [email protected]
Profession: teaching (Gvt)
Education: M.A.(Pol.Sci.), M.Ed.(EPM)
Blood Group: (O+)
हाम्रो वेभसाइट shamser.info.np मा तपाईंलाईं स्वागत छ ।
प्रारम्भिक बालविकास केन्द्र र पूर्वप्राथमिक कक्षाको न्यूनतम मापदण्ड
बालविकास शिक्षाको पाठ्यक्रम २०७७
बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप2067
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
स्थानीय_पाठ्यक्रम_निर्माण_तथा_कार्यान्वयन_मार्गदर्शन,२०७६
बढुवा
थप पढ्नुहोस्
हामीलाई सूचना र समाचार पठाउन यसमा जानुहोस
हाम्रो वेभसाइट shamser.info.np मा तपाईंलाईं स्वागत छ ।
प्रेरक बिचारहरु (inspirational thoughts)
शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । जीवन जीउने कला हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । शिक्षाले नै मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्छ । शिक्षा सिकाइ जीवनभर चलिरहन्छ । एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुन्छ । कतिपय विद्वानहरुको शिक्षासम्बन्धी विभिन्न भनाइहरुले जीन्दगीलाई सहि मार्गमा डोर्याउन सहयोग पुग्छ ।
पढौं प्रेरक भनाइहरुः
What the teacher is, is more important than what he teaches. शिक्षक के हो, त्यो भन्दा उसले के सिकाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
– Karl Meninger
The mediocre teacher tells. The good teacher explains. The superior teacher demonstrates. The great teacher inspires.
सामान्य शिक्षक बताउँछन् । राम्रो शिक्षकले व्याख्या गर्नुहुन्छ। श्रेष्ठ शिक्षकले देखाउँछन्। महान शिक्षकले प्रेरणा दिन्छ।
– William A. Ward
A good teacher is like a candle—it consumes itself to light the way for others.
एक असल शिक्षक मैनबत्ती जस्तै हो - यसले अरूको लागि बाटो उज्यालो गर्न आफैलाई खपत गर्दछ।
–Mustafa Kemal Atatürk
Education is not the filling of a pail but the lighting of a fire. शिक्षा भाँडो भर्ने होइन, आगो बाल्नु हो।
–William Butler Yeats
Children must be taught how to think, not what to think.बच्चाहरूलाई के सोच्ने होइन, कसरी सोच्ने भनेर सिकाउनुपर्छ।
– Margaret Mead
Education is the most powerful weapon which you can use to change the world.शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जसलाई तपाईं संसार परिवर्तन गर्न प्रयोग गर्न सक्नुहुन्छ
– Nelson Mandela
Education breeds confidence. Confidence breeds hope. Hope breeds peace.शिक्षाले आत्मविश्वास पैदा गर्छ । आत्मविश्वासले आशा जगाउँछ। आशाले शान्ति पैदा गर्छ।
–Confucius
A good teacher explains, while a great teacher inspires.” एक असल शिक्षकले व्याख्या गर्नुहुन्छ, जबकि एक महान शिक्षकले प्रेरणा दिन्छ।"
–— William Arthur Ward
१. शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ । नेल्सन मन्डेला ।
२. शिक्षा भनेको भविष्यको लागि पासपोर्ट हो । आज राम्रो गर्नेहरुको नै भविष्य राम्रो हुन्छ । माल्कोम एक्स।
३. सिकाई र शिक्षाको लागि रुचि बनाइराख्यौं भने, तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दनैन । एन्थोनी जे डिएञ्जेलो ।
४. शिक्षाको जरा तितो हुन्छ, तर, फल सबैभन्दा मिठो हुन्छ । एरिसटोटल ।
५. शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो । जोन डिवे ।
६. मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र मा नयाँ कुरा जान्न र बुझ्नको लागि सधैं उत्सुक रहन्छु । अल्वर्ट आइन्स्टाइन् ।
७. आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ । रविन्द्रनाथ टैगोर ।
८. जो व्यक्तिले धेरै पढ्छ, तर, आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ । अल्वर्ट आइन्स्टाइन ।
९. जसले विद्यालय खोल्छ, उसले जेलको ढोका बन्द गर्न मद्धत गरिरहेको हुन्छ । भिक्टर ह्युगो ।
१०. शिक्षा भनेको बाल्टिन भर्नु होइन । आगो सल्काउनु हो । विलियम बटलर येट्स
११. असल शिक्षा , आत्मा सुन्दर बनाउने वास्तुकला हो । विलियम वेनेट ।
थप समाचार पढ्नुहोस्
हामीलाई सूचना र समाचार पठाउन यसमा जानुहोसतपाईको सुझाव हेर्नुस
यसमा केही Pro Service र Free Service राखिएको छ । आफूलाई चाहिएको सेवा डिमाण्ड गर्न सकिन्छ ।
© Copyrights 2022 All Rights Reserved on shamser.info.np