Site Map Call Now Admission

पात्रो

संख्या रुपान्तरण

रेडियो

मिति रूपान्तरण

युनिकोड

पात्रो संख्या रुपान्तरण रेडियो मिति रूपान्तरण युनिकोड
 

सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा समर्पित खोजमूलक प्रस्तुति र निष्पक्ष विश्लेषणका साथमा सदैव पाठकलाई सुसुचित गराउने प्रविधिमैत्री, शैक्षिक सूचना संचारहरूको पोर्टल shamser.info.np ।   हामीलाई बिज्ञापन दिनुहोस आफ्नो ब्यापार व्यवसाय सँघसंस्था र दक्षताको प्रचारप्रसार गर्नुहोस्

शिक्षकको सरुवा दुम्सीको काँढा, बिझ्लान् है च्वास् च्वास्स

एउटा भोको पेट, रित्तो गोजी र टुक्रिएको हृदयले जिन्दगीमा धेरैथोक सिकाएर जान्छ : रोविन विलियम

Editor

कि जितिन्छ कि त उतै बितिन्छ भन्ने नारा सहितको चैत्र २० गतेदेखि थालिएको शिक्षक आन्दोलनमा सहभागी भएका शिक्षकहरु सडकमा शिक्षक नेताहरुको भाषण सुन्दै कहिले सडकमा सुतेर, कहिले सिट्ठी फुकेर,कहिले सारीचोलोमा नाचेर सडक तताउदै, फोटो खिचाउदै फेशबुकमा पोष्ट गरिरहेका थिए । आन्दोलनकै क्रममा ... एकदिन एकजना शिक्षकले फेशबुक खोल्छ र रातो Notification मा जान्छ र उसको आँखा एक्कासी कसैले पोस्ट गरेको शिक्षक सरुवामा पुग्छ । त्यस पोस्टमा लालबन्दी नपामा शिक्षक सरुवाको लिस्ट सहितको सुचना थियो । लिष्ट पढ्यो लिस्टमा उसको नाम पनि थियो । नजिकैको साथीहरुलाई सुनाए । सबैले आआप्नो मोबाइल डाटा अन गरेर पढे । हुन त सबैले सरुवाको लिस्ट बनिसकेको भन्ने हुने कुरा गाइगुइ सुनसुकेको थियो । तैपनि हल्ला पनि सक्छ भनेर विश्वास गरेको थिएन । आन्दोलनमा गएका मध्ये केही शिक्षकहरुलाई भने सरुवाको कुरा स्पष्ट थाह थियो । सरुवा लिष्ट पढिसकेपछि भित्र भित्र तनाब भयो किनकी उनलालाई अपायक स्कुलमा सरुवा गरेको रहेछ । केही रिस र बदलाको भावना उब्ज्यो तरफेरि भित्र भित्र निरासाले छाउन थाल्यो । उहाँ जस्तै अन्य शिक्षकहरु पनि चिन्तित मुद्रामा नै देखिन्थ्यो किनभने उहाँहरु कोही ११/१२ कक्षामा पढाएर, कोही अँग्रेजी माध्यममा पढाएर कोही कोचिङ् समय मिलाएर क्याम्पस पढाएर बृति विकास गर्नु हुँदोरहेछ । टाढासरुवाले भन्दापनि बृति विकासमा बाधा पुगेको हुनाले निरासाको अवस्था सृजना भएको थियो । शिक्षक महासँघले आन्दोलनमा सहभागी हुन र थप आन्दोलन गर्न हौसाई रहेका थियो भने यता शिक्षकहरु सरुवाको कारण चिन्तित हुन थालेका थिए । आन्दोलनप्रति नै घृणा र पश्चाताप जागेर आयो । शिक्षाऐन हैन अब सरुवा कसरी बदर होला, शिक्षक नेताले शिक्षक सरुवाको विषयमा बोलि देलान भनेर आशा लिएर आन्दोलनमा बसिरहे तर एकदिन दुईदिन बित्यो शिक्षक सरुवाको बिषयमा चुईक्क एक शब्द पनि बोलेको लेखेको नपाएपछि घर फर्किन थाले । शिक्षा ऐन जसरी पनि हातमा लिएर फर्कने भनेर गएको शिक्षक निरासा बोकेर घर आए । घर आएपछि पनि सरुवा रोक्न महासंघले पहल गर्ला भनेर आशा गरिरह्यो तर एक शब्द कसैले बोलेको लेखेको पाइएन । आन्दोलन पनि रोकियो तर आफुभित्र उब्जेको प्रतिशोधको भावना रोकिएन । सबै शिक्षक घर फर्किएको भोलिपल्ट नै स्कुलमा हाजिर हुनु पर्ने उर्दि महासंघले गरर्यो । तर सरुवालिस्टमा परेका शिक्षकरुलाई सरुवा भएको विद्यालयमा जान पटक्कै मन थिएन र दुईचार दिन बाटो हेर्यो निवेदन दियो तर सुनवाई भएन । अन्तत बाध्य भएर सरुवाको पत्र बुझ्नु पर्यो । नयाँ स्कुलमा रमाना बुझाई हाजिर भयो । यसबेलाम्म शिक्षक नेताहरुबाट केही ष्रतिक्रिया आएन। नयाँ स्कुलमा हाजिर भएर पढाउन थालेको निकै दिन पछि जिल्ला महासँघका अध्यक्षले फोटो पोस्ट गरेको रहेछ तर आफ्नो पालिकाको नाम नै रहेनछ । Click Photo नयाँ भुगोल नयाँ परिवेशमा इच्छा नभई नभई पढाउनु पर्यो । पढाउँदै जाँदा सरुवाको विषयमा बुझ्दै गयो । सरुवामा परेका एकजना शिक्षकले आफुले बुझेको तथ्यगत कुरा बुँदामा यसरी सुनाए
1.शिक्षकहरुले प्र.अहरुलाई नटेरेकोले सरुवा गरिनुपर्छ भन्ने प्रसंग प्रअ मिटिङहरुमा उठ्ने गरेको र यही कुरा नगर प्रमुखलाई ब्रिफिङ हुने गरेको
2.प्रअ र वडाध्यहरु र केही शिक्षक महासँघको लबिङमा सरुवाको लिस्ट बनेको
3.रिटायर्ड हुन तिनचार बर्ष मात्र भएकाहरु सरुवालिस्टमा परेको तर धेरै बर्षभएका बाँकी हुने चाही नपरेको
4.कार्यबिधि बन्ने क्रममा नै चलखेल शुरु भएको
5.मन नपरेकालाई अपायक सरुवा गरिएको
6.सामाजिक न्याय र मानवअधिकारको पालना नगरेको
7.महिला अशक्तलाई अपायकमा राखेको
8.स्थायी दरबन्दीमा अधिकास राहत शिक्षक पठाएको
9.सरुवा हुने विद्यालयहरुको प्राथमिक सूचि शिक्षकहरुलाई भर्न नदिएको
10.यसै बिचमा केही प्रअ मात्र हेरफेर भएको
11.विद्यार्थी संख्या कम भएपनि अपग्रेड अनुमति दिने र शिक्षक दरबन्दी पठाउने र पछि मर्ज गर्ने काम पनि
12.स्थायी शिक्षक दरबन्दीको ठाउँमा अधिकांश राहत शिक्षक पठाएको
असमान तथा काखा र पाखा व्यवहार गरिएको आदिआदि बुझ्दै गयो बुझ्दै गयो।
लालबन्दी नपा अन्तर्गतका सामुदायिक विद्यालयमा कहिले दरबन्दी मिलान कहिले शिक्षक सरुवाको विषयले केही बर्ष अघिदेखि चर्चा चल्दै आएको थियो । गतबर्ष नगर प्रमुखको सचिवालयबाट शिक्षक सरुवाको बिषय हल्लामात्र हो हल्लाको प्रभाव शैक्षिक गुणस्तरमा प्रभाव पर्न सक्छ भनेर बिज्ञप्ति नै निकालेका थिए । साथसाथै दरबन्दी मिलान गर्ने अधिकार पालिकालाई मात्र भएको भन्ने धम्कीपुर्ण भाषा उल्लेख थियो । यस बिज्ञप्तिले केहीदिन हल्ला मत्थर भएतापनि शिक्षक सरुवाको विषय पुर्णरुपमा निभ्न पाएको थिएन । Click Teacher Saruwa
बिभिन्न जिल्लाको बिभिन्न नगरपालिकामा गरिएको अभ्यासको नक्कल गर्दै नगर शिक्षा समितिको पटकपटक बैठक राखेर शिक्षक सरुवाको कार्यबिधि पनि तयार भयो । अन्तत: शिक्षकको सरुवा पनि भएरै छाड्यो । तर केही दिन पछि शिक्षक सरुवा अमिल्दो छ काखा र पाखा गरिएको छ भन्ने गुनासो असन्तुटी पक्षहरुबाट मात्र हैन शिक्षा सरोकारहरुबाट उठ्न थालेको छ । शिक्षाको गुणस्तर सुधार गर्ने नाममा इमान्दार शिक्षकको बिचल्ली पार्ने हरकतहरु खुल्दै जाँदा जिम्मेवार व्यक्तिहरुलाई धेरैले प्रश्न गरेका छन् : सरुवा कार्यबिधि अनुसार जायज छ ? सरुवा लिस्ट तयार पार्दा ककस्को दवाव आयो ? भेदभाव किन ? सरुवा लिस्ट बनाउनु पहिले शिक्षकहरवाट सरुवा भैजाने स्कुलहरु छान्ने बिकल्प सहितको फाराम किन भरिएन ?
हो यी र यस्ता प्रश्नहरु अनुत्तरित नै छ । हामीले अधिकारको प्रयोग गरेका हौ । यस्ता रियाक्शनहरु आउँछ जान्छ । अख्तियारवालाहरुबाट यस्तो उत्तर आउला , अधिकार र शक्तिका आडमा गुनासाहरु दबाइला पनि तर यसबाट गलत नजिर स्थापित नहोला भन्न सकिदैन । सरुवाप्रति असन्तुष्टी कतिपय ब्यक्तिगत होला । कोही घरपायक नभएको, कोही बृति विकास अवसर गुमेको आदि असन्तुष्टी फरक होला तर सामाजिक न्यायको हिसाबले मर्कामा परेकालाई समान भावले कार्य गरिनुपर्छ । शैक्षिक गुणस्तर सुधारको नाममा स्वार्थ र बदलाको भाव साध्नु किमार्थ हुँदैन । अनावश्यक अधिकारको प्रयोग प्रत्युपादक हुन सक्छ भनेर बुझ्नु जरुरी छ ।
अधिकार कै हैसियतले नपाले गतवर्ष प्रअ छनाैट गरी पठाए तर यसपटक समुदायको अधिकारले पालिकाले छनौट गरी पठाएको प्र.अ. विद्यालयमा हाजिर हुन पाईरहेको छैन । अलिकति अधिकार र शक्तिको प्रयोग गरेर बिधि बिधान, सामाजिक न्यायको मूल्य मान्यता र मानवअधिकारको सिध्दान्त अनुसार चल्नुपर्छ । शैक्षिक सुधार गर्छु भनेर एक्लै हिड्ने ब्यक्तिको पछि ब्यक्ति लाभ र स्वार्थ हुन्छ नै भन्ने कुरा जानकारहरुले ख्याल गरिराखेको हुन्छ । शैक्षिक सुधारको नाममा खेलौना जस्तै एकदुईजनालाई काखीमा च्यापेर अन्यलाई निशेध गरेर लत्याएर हिड्न खोजे अपाङ्ग बनिन्छ । विद्यालय बनाउने र शिक्षाको सुधार गर्ने काममा सबैले स्वामित्व भावको अवसर पाउनुपर्छ । शिक्षा सार्वजनिक वस्तु हो यसमा यसमा एकलौटी अधिकार हुँदैन नेतृत्वको अधिकारी हुने बित्तिकै I am bossऽ I am God भन्ने चाही होइन । शिक्षकलाई सरुवाको धुँवारो लगाएर धपाउने कार्य गर्दा पछि दुम्सीको काढाँ च्वास्स च्वास्स नबिझाउलान भन्न सक्ने अवस्था छैन ।


पाउ छुन दिनु मन छुन कहिल्यै दिन हुँदैन । थप जानकारी » यस वेभसाईटमा बिज्ञापन दिएर व्यापार, व्यवसाय, पेशा, स्कुल आदिको प्रचारप्रसार गर्नुहोस् ।

कमेन्ट गर्नुहोस्

Related News

सुचना संचार अपडेट

Facebook Page

घरघरमा पढाइ कुना

नाम सोधे उसलाई, फूलझैँ हाँसिदेला

कुन गाडीमा चढ्यो होला ?कुन घुम्ती काट्यो होला ? ढाट राखिदेऊ न
Our Services
widgets

  शिक्षक कर्मचारी Segment । 

  Latest News & Articles 

  • नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व.

    शमसेर पुलामी । नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे । त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।
    नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य.............  … Read More


 शिक्षक सेवा र लोक सेवा आयोग परीक्षा सहयोगी 

कासमु फाराम र कार्यमूलक अनुसन्धान
Basic computer guide
नेपालको संविधान २०७२
शिक्षक सेवा आयोगका २५ प्रश्नहरु

   हाम्रो टिम


admin

शमसेर पुलामी

Web creator

I spent about fifteen to sixteen years in the field of teaching , keeping up with modern technology and constantly updating my skills. Along with teaching, I have worked creating accounting software for grades and small teacher savings groups. I am always learning something new.

Team_image

Rosie Meg

Adviser

Click on Shamsher Blogspot for important informational activities related to education including tsc. There is a YouTube icon on the main page of this website. It is lauro_media official channel. Please subscribe to like and share.


Team Adviser

lauro_media

Support Page

Lauro Media is an independent newsportal site page. Efforts will be made to make it education-friendly. Small software that will be useful to the school will be prepared and service will be provided.

more supporter



Team Adviser

Dim Janta Secondary school

Supporter School

Dim Janta Secondary school is supporter team member. This school lies in the Parwanipur Municipality, Sarlahi district of Madhes Pradesh.This school has supported providind financial aid.Many of news post are published in this website

 विद्यार्थी सेगमेन्ट 

img२०८१ को लागि विद्यालय भर्ना अभियान सम्बन्धी प्रचार प्रसार गर्न 9844087012 >>>visit : https://Shamser.info.np/

बिज्ञापन खण्ड

notice यस वेभसाईटमार्फत शुभकामना सन्देश प्रेषित गर्न 9844087012 मा सम्पर्क गर्नुहोला ।

Useful Links

Privacy Policy
© Copyrights 2022 shamser pulamiAll Rights Reserved
Update: