Project
  

यस साइटमा तपाई‌लाई स्वागत छ । shamser.info.np ले lauro_media साईटबाट समाचार सुचना प्रसारण हुँदै आएकोमा यस वेभसाईटमा Project Section खोलेको जानकारी गराउँछौ‌ । अबदेखि यस साइटमा हामीले उत्पादन गरेका अनलाइन अफलाइन सफ्टवेयर राखिनेछ । यसमा पे सफ्टवेयरहरुको स्याम्पल र डेमो राखिनेछ । कतिपय ‌‌ओर्जिनल सफ्टवेयर फाइल पनि राखिनेछ जसलाई डाउनलोड गरी प्रयोग गर्न सकिनेछ ।
कतिपय सामाग्रीहरु https://shamserpulami.blogspot.com/ मा पनि राखेका हुन्छौ‌ । यस Project Section मा आफुले उत्पादन गरेका सफ्टवेयरहरु राखेर बिज्ञापन तथा बिक्री पनि उत्पादकहरुलाई अनुरोध गर्दछौ‌ । शैक्षिक बौध्दिक प्राविधिक सेवा उपलब्ध गराउने प्रयासमा सबैको साथपाउने आशा राखेका छौ‌ ।

Read more

विद्यालय लेखा व्यवस्थापन सफ्टवेयर एक्सेलमा निर्मित अफलाइन मिनी सफ्टवेयर हो । यसले विद्यालयको आर्थिक कारोबारलाई चुस्त दुरुस्त बनाइ राख्न सहयोग गर्दछ । यसमा विद्यार्थीको छुट्टै लगत राखिएको छैन । आम्दानी खर्च पेश्की खर्च पेश्की फर्छयौट नगद बै‌क कारोबारको अभिलेख राखिन्छ । यसबाट दैनिक मासिक बार्षिक वा आफुले चाहे अनुसारको मितिको transaction निकल्न सकिन्छ । यो आन्तरिक अडिटको लागी भने अत्यन्त सहयोगी बनेको छ । यसमा नेपालीमा कारोबार हुन्छ । पछि अ‌ग्रेजी भर्जनमा पनि आउने छ । यसमा आवश्यकता अनुसार सच्याउन पनि सकिन्छ । दशलाख भौचर नं सम्म ढुक्कले कारोबार गर्न सकिन्छ र कसले यो चलायो भन्ने युजरको लगत पनि राख्छ । यसलाई अनलाइन पनि गर्न सकिन्छ ।

Read more

New Gradesheet Generator avialable

नयाँ पाठ्यक्रम अनुसारको ग्रेडशिट निकाल्ने एक्सेल बेसमा बनेको Gradesheet Generator Softare

New Gradesheet Generator avialable

नयाँ पाठ्यक्रम अनुसारको ग्रेडशिट निकाल्ने एक्सेल बेसमा बनेको Gradesheet Generator Softare

बचत तथा ऋण कोष (साना बचत समूह)

आजकाल गाउँघरमा स्कुलमा सानातिना व्यापार व्यवसायीहरु किसानहरु गृहणीहरु बिभिन्न नामले बचत समूह बनाउने बचत जम्मा गरी समूहका सदस्यहरु बिचमा नै ऋण लगानी गर्ने परिपाटी बढ्दै गएको पाइन्छ । यस्ता समूहहरुको हर हिसाब रजिष्टरमा लेखेर राख्ने चलन रहेको छ । कतै कतै कम्प्युटरमा एक्सेलमा चढाइ रख्ने प्रयास भएको पाइन्छ । तर कारोबार बृहत हुँदै गएपछि हिसाब राख्न कठिन हुने हिनामिनाको स‌भावना बढ्ने हरेक पटक हिसाब गरी राख्नु पर्ने समस्या पनि जटिलरुपमा देखिदै गएको छ ।

Gradesheet Generator धेरैपटक प्रयोग भएको धेरै स्कुलहरुको परीक्षा नतिजा प्रकासनमा सहयोग गरेको यो सानो सफ्टवेयर हो । यसले चाहे अनुसारको स‌‌‌‌‌‌‌‌‌‌‌‌‍ँख्यामा प्रिन्ट निकाल्न सकिन्छ । बिधुत नभएको वा प्रिन्टर बिग्रेको बेला वा प्रिन्टर नभएको बेला एकै पटक पिडिएफमा निकालेर काम चलाउन सकिन्छ । शुरुमा सिङ्गल सिङ्गल पिडीएफ जेनेरेट हुन्छ । जुन व्यक्तिगत अर्थात सिङ्गल सिङ्गल ग्रेडसिट सुचना स‌चारको साधनबाट तु बाँड्न सजिलो हुन्छ । तर सिङ्गल सिङ्गल पिडीएफ ग्रेडसिट प्रिन्ट गर्न धेरै समय लाग्न सक्छ यसैले हामीलाई एकैपटक एउटै फाईलमा कम्बाइण्ड पिडीएफ बनाएर राख्नु जरुरी हुन्छ । यसको लागि छुट्टै सफ्टवेयरको आवश्यक पर्दछ । जुन हामी उपलब्ध गराउँछौ । गुणस्तीय शिक्षाको एउटा रुप नतिजा व्यवस्थापन पनि हो । कतिपय स्कुलहरुमा कपीमा नम्बर चढाइ पास र फेल छुट्याउने चलन यधपि छ ।

थप पढ्नुहोस्
प्रतिकृया दिनुहोस