Subscribe to our mailing list to get the latest updates straight in your inbox.
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर (NIN) अनिवार्य
राष्ट्रिय परिचयपत्र नम्बर (NIN) प्राप्त गर्न citizenportal मा Press गर्नुहोस्
Get Free Service / Get Payable Serviceमधेशकी एक्ली दलित वडाध्यक्ष भनेर चिनिने सर्लाहीको बरहथवा नगरपालिका–१० की शर्मिलादेवी राम यो वर्ष प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्ये ५० जनालाई २०८० सालको प्रभावशाली महिलाको सूचिमा राखेको छ । ‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा,पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । ५० प्रभावशाली महिला’ को अन्तिम सूचीमा रहेकी शर्मिलादेवी राम बहुजन एकता पार्टीबाट विजयी भएकी हुन ।
घरभित्र बुहारी र घर बाहिर जनप्रतिनिधिको भूमिकामा उभिनुपर्छ । घर–व्यवहार उनको बाध्यता हो, समाजसेवा रहर । उनले रहरले गर्ने काममा लगनशीलता देखाएकी छन्, आफ्ना मतदातालाई खुसी राख्ने कोसिस गरेकी छन् । उनको कामबाट उनी आफूभन्दा बढी वडावासी सन्तुष्ट छन् । ‘जतिबेला खोज्दा पनि हाम्रो काममा तयार रहनुहुन्छ । चाहिएको बेलामा हामीसँगै भइदिनु नै हाम्रा लागि खुसीको कुरा हो’, स्थानीय पुनिता यादव भन्छिन् । शर्मिलाका लागि पनि आफ्नो व्यक्तिगत जीवन भन्नु नै वडावासीको सेवा हो । ‘मलाई जनताका काम गरेरै खुसी मिल्छ । कति गर्न सकेकी छु भन्ने अरूले मूल्यांकन गर्ने कुरा हो’ शर्मिला भन्छिन्, ‘मैले सक्ने जति गर्नुपर्छ भनेर लागिरहेकी हुन्छु । आपत्विपद् वा समस्यामा सक्ने सहयोग गर्न प्रयासरत रहन्छु । मलाई विश्वास गरी जिताउने जनताको लागि म अग्रसर त हुनैपर्यो नि !’
उनले आफू निर्वाचित भएपछि पालिकाबाट वडाले पाएको पहिलो आर्थिक वर्ष २०७९/८० को ४४ लाख रुपैयाँ बजेट उनले वडाको शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा खर्च गरेकी छन् ।महेन्द्र रत्न माध्यमिक विद्यालय सीतापुरमा सरकारी जागिरमा नाम निकाल्न चाहनेका लागि उनले तीन महिने लोकसेवा कोचिङ..........।
MoreLeave your comment here
२ समुद्र सतहदेखि ३७९४ मिटरको उचाइमा नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पर्ने पाथीभरा देवी मन्दिर पाथीभरा पहाडको शिखरमा रहेको छ । पाथीभरालाई देवीको साक्षत स्वरूप मानेर सुख समृद्धिको कामना गर्दै देवीको दर्शन, पूजा, आराधना गर्ने चलन छ । मनमा पाप भएको मान्छे, गर्भवती महिलाले देवीको दर्शन गरेमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ ।
छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र सप्तरी जिल्लाको छिन्नमस्ता गाउँविकास समितिमा पर्दछ । प्राचीन इतिहास र किम्वदन्तीअनुसार कर्नाटवंशी राजा नान्यदेवको पाँचौँ पुस्ताका शक्रसिंहदेव सिम्रौनगढका राजा भएका थिए । उनी नाबालक छोरा हरिसिंहदेवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए । त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । देवीको शरीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको मानिन्छ ।
सिद्धकाली मन्दिर : सङ्खुवासभा सङ्खुवासभाको चैनपुर बजारबाट एककोश पर रहेको यो ठाउँमा महादेवकी अर्धाङ्गिनी सतीदेवीको दाहिने आँखा पतन भएकोले यो ठाउँलाई।
इलाम बजारको मध्य भागमा रहेको यो स्थानलाई खलङ्गा खाल्डो र मन्दिर अगाडिको ढुङ्गालाई इलङ्गा ढुङ्गा भनिन्छ । यो मन्दिरको निर्माण काजी हेमदल थापा (वि.स..१८७६–१९२२) ले गराई देवीको रूपमा माई नदीको शिला स्थापना गरेका थिए । हाल माइस्थानमा प्यागोडा शैलीको मन्दिर बनेको छ । मन्दिर नजिकै गणेश, डाकिनी र सिंहवाहिनीका स–साना मन्दिरहरू पनि रहेका छन् ।
बराह क्षेत्र प्रदेश नं. १ अन्तर्गतको सुनसरी जिल्लामा कोशी नदी र कोका नदीको पवित्र सङ्गममा बराह क्षेत्र नामको मनोरम तीर्थस्थल छ । भारतको कुरुक्षेत्र, नेपालका हरिहर क्षेत्र (देवघाट), मुक्तिक्षेत्र (मुक्तिनाथ मुस्ताङ), रुरु क्षेत्र (गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल) जस्तै बराह क्षेत्रको पनि विशिष्ट धार्मिक महत्व रहेको छ । बराह क्षेत्रका बारेमा बराह पुराणको ११० औँ र १४० औँ अध्यायमा चर्चा गरिएको छ । यहाँ गणेश बराह, गुरु बराह, सूर्य बराह, कोका बराह, इन्द्र बराह, गायत्री, सरस्वती, नारायणका मूर्तिहरू र मन्दिरहरूका साथै गणेश मन्दिर, लक्ष्मी मन्दिर र धर्मशालाहरू रहेका छन् ।
२ हलेसी महादेव मन्दिर : खोटाङ् जिल्लाको सदरमुकाम दिक्तेलदेखि पश्चिम भागमा कैलाश पर्वत भनिने थुम्कोको १ की.मी. क्षेत्रफल र २०० फिटको उचाइसम्म प्राकृतिक रूपमा निर्मित शिवलिङ्ग आकारको संरचनालाई हलेसी महादेव भनिन्छ । यहाँ रामनवमीका अवसरमा १६ दिनसम्म मेला लाग्दछ । महाशिवरात्रिका दिन भोटे जातिका मानिसहरू यहाँ आएर सुम्निमा पारोहाङ्काको रूपमा शिव पार्वतीको पूजा गर्दछन् भने बालाचतुर्दशीका दिन शतबीज छर्दछन् ।
धनुषा जिल्लाको जनकपुरधाममा जानकी मन्दिरपछिको अर्को महत्वपूर्ण मन्दिर राम मन्दिर हो । सरदार अमरसिंह थापाले वि.स. १८३९ मा प्यागोडा शैलीमा जानकी मन्दिर नजिकै राम, सीता, लक्ष्मणसहितको विशाल राम मन्दिर बनाएका थिए । मन्दिरमाथि पित्तलमा सुनको जलप लगाएको विशाल गजुर श्री ३ चन्द्र शमशेरले चढाएका थिए । मन्दिर परिसरमा हनुमान मन्दिर, शिव मन्दिर, भगवान विष्णु तथा दशावतारका मूर्तिहरूसमेत छन् । यहाँ रामनवमीका दिन पूजा अर्चना गर्नुका साथै ठूलो मेलासमेत लाग्दछ ।
सुनसरी जिल्लाको धरानबजारबाट पूर्वतिर धमिराले माटोमाथि उठाई मूर्तिजस्तै बनेको स्थानलाई बूढासुब्बाको स्थान भनिन्छ । मन्दिरका पुजारी मगर जातिका छन् । बूढासुब्बा राई वा मगर जातिका सिद्ध पुरुष थिए जो गुलेलीले शिकार गरी हिँड्दथे । शिकार खेल्ने क्रममा हिँड्दै जाँदा यस ठाउँमा आई गुलेलीलाई भुइँमा गाडेर मट्याङ्ग्रालाई भुँइमा राखी समाधिस्थ भए भन्ने किंवदन्ती छ । त्यहाँको बाँसको झाङ बूढासुब्बाले गाडेको गुलेलीबाट उम्रेको र गुलेलीको टुप्पो नहुने हुँदा यहाँको बाँसको पनि टुप्पो नभएको भन्ने जनविश्वास छ । कसैलाई पेट दुखेमा शिकारी (बूढासुब्बा) लागेको भनिने र मट्याङ्ग्रा घोटेर खुवाएमा निको हुन्छ भन्ने जनविश्वास छ । वैशाख पूर्णिमाका दिन ठूलो मेला लाग्ने यो स्थानमा सुँगुर र बोकाको बलि दिइन्छ ।
त्रिवेणीधाम नवलपरासी वाल्मीकि आश्रम र गजेन्द्रमोक्ष धाम चितवन जिल्लाको दक्षिणी पूर्वी भागमा गर्दी गा.वि.स. अन्तर्गत स्वर्णभद्रा, तमसा र नारायणी नदीको त्रिवेणीमा नारायणी नदीपारी वा पूर्वतटमा महामुनी तथा संस्कृत साहित्यका आदिकवि रामायणका रचयिता महर्षी ऋषिको आश्रम छ । यही नै वाल्मीकिले रामायण ग्रन्थको रचना गरेका थिए । यहाँ पुराताइिभ्वक महत्वका प्राचीन मूर्ति, महर्षि वाल्मीकिद्वारा स्थापित हरिहर मन्दिर, यज्ञशाला, लवकुश पाठशाला, सीताकुटी, सीताकुप र आश्रमहरू छन् । यहाँ माघे औँशीको दिन ठूलो मेला लाग्दछ । पवित्र तीन नदीहरूको सङ्गम त्रिवेणीमा स्नान गरेमा पापमोचन हुने र यहाँ देहत्याग गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेकोले यो स्थान कल्पवासीहरूको आश्रमस्थल बनेको छ ।
वाल्मीकि आश्रम चितवन चितवन जिल्लाको दक्षिणी पूर्वी भागमा गर्दी गा.वि.स. अन्तर्गत स्वर्णभद्रा, तमसा र नारायणी नदीको त्रिवेणीमा नारायणी नदीपारी वा पूर्वतटमा महामुनी तथा संस्कृत साहित्यका आदिकवि रामायणका रचयिता महर्षी ऋषिको आश्रम छ । यही नै वाल्मीकिले रामायण ग्रन्थको रचना गरेका थिए । यहाँ पुराताइिभ्वक महत्वका प्राचीन मूर्ति, महर्षि वाल्मीकिद्वारा स्थापित हरिहर मन्दिर, यज्ञशाला, लवकुश पाठशाला, सीताकुटी, सीताकुप र आश्रमहरू छन् । यहाँ माघे औँशीको दिन ठूलो मेला लाग्दछ । पवित्र तीन नदीहरूको सङ्गम त्रिवेणीमा स्नान गरेमा पापमोचन हुने र यहाँ देहत्याग गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेकोले यो स्थान कल्पवासीहरूको आश्रमस्थल बनेको छ ।
त्रिपुरा सुन्दरी बैतडी बैतडी जिल्लाको यो प्रमुख तीर्थस्थलमा भगवती देवीको मूर्ति स्थापना गरिएको छ । पौराणिककालमा भगवतीले त्रिपुरासुर नामको दैत्यको वध गरी देवता तथा मानव जातिको दुःख निवारण गरेकोले यिनको नाम त्रिपुरासुन्दरी देवी रहेको मानिन्छ । यी देवीलाई स्थानीय वासिन्दा राणाशयनी भगवती पनि भन्दछन् ।प्राकृतिक रमणीयताको कारणले पनि वर्षेनी ठूलो संख्यामा पदयात्रीहरू यस क्षेत्रमा आउँदछन् । यस क्षेत्रमा तपस्या गरेको खण्डमा मुक्ति प्राप्त गर्न सकिने हुनाले यस क्षेत्रलाई मुक्तिक्षेत्र भनिएको हो भन्ने जनविश्वास रहेको पाइन्छ । अवलोकितेश्वरको मूर्ति तथा वरूण देवताको रूपमा पुजिने हरबखत आगो बलिरहने स्थान र गुम्बा पनि मुक्तिनाथ क्षेत्रको आकर्षणको रूपमा रहेका छन् ।
सुखमा नमातिने दुखमा नआतिने गुणहरुको विकास हुनु नै शिक्षा हो । ।
जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । Read more
Email: [email protected]
Profession: teaching (Gvt)
Education: M.A.(Pol.Sci.), M.Ed.(EPM)
Blood Group: (O+)
शमसेर पुलामी । नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा
राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो
नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ ।
नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व
नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे । त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने
हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।
नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य.............
…
Read More
Web creator
I spent about fifteen to sixteen years in the field of teaching , keeping up with modern technology and constantly updating my skills. Along with teaching, I have worked creating accounting software for grades and small teacher savings groups. I am always learning something new.
Adviser
Click on Shamsher Blogspot for important informational activities related to education including tsc. There is a YouTube icon on the main page of this website. It is lauro_media official channel. Please subscribe to like and share.
Support Page
Lauro Media is an independent newsportal site page. Efforts will be made to make it education-friendly. Small software that will be useful to the school will be prepared and service will be provided.
Supporter School
Dim Janta Secondary school is supporter team member. This school lies in the Parwanipur Municipality, Sarlahi district of Madhes Pradesh.This school has supported providind financial aid.Many of news post are published in this website
श्री डिम जनता माद्यमिक विद्यालयमा हामीलाई पढाउनु हुने शिक्षक शमसेर पुलामीसरले Develop गर्नु भएको उहाँको व्यक्तिगत वेभसाइट shamser.info.np
उहाँकोअर्को ब्लगरवेभसाइट lauro-media.blogspot.com र अफिसियल Youtube channel lauro_media रहेको छ । यी वेभसाइटहरु साह्रै ज्ञानबर्धक तथा शिक्षामूलक छ । साथै twitter handle @shamser_info मा twitter Follow गरेर समाचारहरु पढ्न सकिँदो रहेछ
उहाँको प्रविधिमैत्री पढाउने तरीकाले म ज्यादै प्रभावित र उत्साहित भएको छु । उहाँको पढाउने तरिका साँच्चै रोचक छ। उहाँ मेरा लागि साँच्चिकै प्रेरणादायक हुनुहुन्छ।सनीमाया थोकर (कक्षा ११ ) श्री डिमजनता माद्यमिक विद्यालय परवानीपुर सर्लाही
Shamser Pulami, sir has developed website shamser.info.npblogger websitelauro-media.blogspot.com and official Youtube channel lauro_media twitter handle @shamser_info
I can positively say that It has helped me develop a positive attitude towards my studies and discover more about myself.
I am very impressed with his technology-friendly way of teaching. i gained good knowledge from his website.We are excited.
-Gagan Budhathoki(class-9, 079 batch ) Shree Dim janta Sec.School Parwanipur,Sarlah.
School is my Second House, Really i feel Teachers of this school like Father, Mother, friends, Brother's & sisters. So i feel like own House in Shree Dim janta Sec.School. Here is many facilities for teaching for students Computer lab, well equipped Science lab, play ground, Buildings, peaceful environment, qualified teachers, library etc. So i gain good knowledge with love from teachers and students I feel proud, The students of Shree Dim janata Secondary school, Sarlahi !!
-Shyam Hari B.K.(class-9 078 batch) Shree Dimjanta Sec.School Parwanipur,Sarlahi, Nepal
I have always felt that I was so lucky to be a student at Shree Dim janta Sec.School, and not at any other private or public school The thing I admire the most about dimjanata School is the support I received from everyone at the school. I wouldn't have been able to achieve what I have achieved without that caring environment.
-Sanjila Ghimire(Class-8, 078 batch) Shree Dimjanta Sec.School Parwanipur,Sarlahi, Nepal
more testimonial