Site Map Call Now Admission
हाईलाईट:

शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६



शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६

   शिक्षकका लागि उपयोगी शिक्षा र शिक्षकसम्बन्धि प्रचलित भनाइहरु    @lauro_media youtube channel मा सुचना बिज्ञापन र समाचार वाचनको लागि एकजना वाचिका चाहिएको छ । इच्छुकले Contact राख्नुहोला ।

Editor
गधालाई जबजस्ती नदीसम्म लैजान सकिएला तर पानी पिउन बाध्य गराउन सकिदैन " रसियन उखान थप काम लाग्ने उखान पढ्नुहोला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट)

शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६

शिक्षा तथा मान स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६


प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ ।

विद्यार्थीले अरुका भनाइ नउतारी आफ्‌ना मौलिक भनाइ, सोंच, नविन विचार, कल्पना आदिलाई लिपिवद्ध गरि संचार गर्ने कार्यलाई सिर्जनात्मक लेखन भनिन्छ ।


परिच्छेद–१


प्रारम्भिक

१. सक्षिप्त नाम  प्रारम्भ : (१) यस कार्यविधिको नाम : शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ रहको छ ।

(२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागमा यस कार्यविधिमा,–

(क) ‘इकाइ’ भन्नाले शिक्षा विकास तथा समन्वय इकाइ सम्झनु पर्छ ।

(ख) ‘ऐन’ भन्नाले शिक्षा ऐन, २०२८ सम्झनु पर्छ ।

(ग) ‘केन्द्र’ भन्नाले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सम्झनु पर्छ ।

(घ) ‘दरबन्दी’ भन्नाले सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्राप्त भएको स्वीकृत दरबन्दी सम्झन पर्छ र सोहि शब्दले महिला शिक्षा परियोजनाको शिक्षक दरबन्दी तथा राहत अनुदान समेतलाई जनाउछ ।

(ङ) ‘नियमावली’ भन्नाले शिक्षा नियमावली, २०५९ सम्झनु पछ ।

(च) ‘प्रदेश मन्त्रालय’ भन्नाले प्रदेश सरकार अन्तर्गतको शिक्षा विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ ।

(छ) ‘प्रधानाध्यापक’ भन्नाले सामुदायिक विद्यालयको प्रधानाध्यापक  जिम्मेवारी लिएको  शिक्षक सम्झनु पछ ।

(ज) ‘प्रमुख’ भन्नाले शिक्षा विकास तथा समन्वय  इकाइको प्रमुख सम्झनु पर्छ ।

(झ) ‘मन्त्रालय’ भन्नाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ ।

(ञ) ‘विद्यालय’ भन्नाले प्रचलित कानून बमोजिमअनुमशति वा स्वीकृत लिई सञ्चालनमा रहको सामुदायिक विद्यालयलाई सम्झनु पर्छ ।

(ट) ‘स्थानीय तह’ भन्नाले नगरपालिका तथा गाउपालिका सम्झनु पर्छ र सोहि शब्दले महानगरपालिका तथा उपमहानगरपालिका समेतलाई जनाउँछ ।


परिच्छेद–२


शिक्षक दरबन्दी मिलान सम्बन्धी व्यवस्था

३. शिक्षक दरबन्दी मिलान:  शिक्षक दरबन्दी मिलान देहायको आधारमा गरिनेछ :–

लाश छोप्ने कात्रोमा गोजी हुँदैन मशानघाटमा रोगी हुँदैन मरेपछि भिखमाग्न जोगी आउदैन

(क) नियमवलीले हिमाल, पहाड तथा तराइको लागि कायम गरको शिक्षक विद्यार्थी अनपात र सो नियमावलीको अनुसुची–१२ मा उल्लख भएको विद्यालयमा रहनुपर्ने दरबन्दीको आधारमा सम्वत २०७५ साल फागन २३ गतेसम्म अनलाईन प्रणालीबाट भरिएको शिक्षक तथ्याङ्क तथा विद्यालयका विद्यार्थी सङ्ख्या र हिमाल, पहाड तथा तराइको लागि शिक्षक विद्यार्थी अनुपात क्रमशः चालीस, पैतालीस र पचासलाई स्थानीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकता पहिचानको आधारको रुपमा लिने,

(ख) दरबन्दी पुनर्वितरण गर्दा साविकमा रहेका प्राथमिक तह (कक्षा एक देखि पाँचसम्म), निम्न माध्यमिक तह (कक्षा छ देखि आठसम्म), माध्यमिक तह (कक्षा नौ र दश) र उच्च माध्यमिक तह (कक्षा एघार र बाह्र) लाई आधारका रुपमा लिने,

(ग) दरबन्दी पुनर्वितरण गर्दा नेपाल सरकारले विद्यालयलाई उपुलब्ध गराएको प्राथमिक(महिला शिक्षा परियोजना समेत), निम्नमाध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहको दरबन्दी, राहत अनुदानलाईसमेत गणना गर्ने,

(घ) शिक्षक आवश्यकताको पहिचान गर्दा स्थानीय तहमा वित्तीय हस्तानान्तरणको प्रयोजनको लागि जिल्ला  शिक्षा समितिले विद्यालयमा बाँडफाँड गरको दरबन्दीलाई आधारमान्दै  साविकको जिल्ला शिक्षा कार्यालयले उपुलब्ध गराएको देशभरका दरबन्दी प्राथमिकतर्फका कतिपय स्थानीय तहमा बचत हुन आउने र निम्नमाध्यमिक तथा माध्यमिक तहको प्रायः सबै स्थानीय तहमा दरबन्दी अपुग हुने र आवश्यक संख्यामा स्यामा दरबन्दी स्वीकृत हुन नसक्दासम्म नपुग हुने दरबन्दी हाल प्राथमिक तहमा बढी हुन आउने दरबन्दीबाटै पूर्ति गर्ने,

(ङ) कुनै विद्यालयमा माथिल्लो तहमा दरबन्दी अपुग भएको अवस्थामा तल्लो तहमा बढी भएको रहेछ भने सबैतहको शिक्षक दरबन्दी एकमुष्ठ गणना गरी नियमावली बमोजिम न्यूनतम दरबन्दी सुनिश्चित गरी स्थानीय तहगत दरबन्दी मिलान गर्ने,

(च) दरबन्दी मिलान र पुनर्वितरण गर्दा सामाजिक न्याय, समानुपातिक वितरण, भौगोलिक शिषमतालाई ध्यान दिँद गुणस्तरीय शिक्षा प्रवद्र्धनमा जोड दिन विद्यालयमा बढी भएको शिक्षक दरबन्दी स्थानीय तहमा, स्थानीय तहमा बढी भएको दरबन्दी जिल्लामा, जिल्लामा बढी रहको दरबन्दी प्रदेशमा र प्रदेशमा बढी भएको दरबन्दी केन्द्रमा पुलमा राखी शिक्षक दरबन्दी कम भएका विद्यालय, स्थानीय तह र प्रदेशमा मिलान तथा पनुर्वितरण गर्ने,

(छ) विद्यालयको विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या बढी भएको अवस्थामा कुनैकारणबाट  दरबन्दी रिक्त हुन आएमा दरबन्दी मिलान कार्य सम्पन्न नभए सम्म त्यस्ता विद्यालयले रिक्त पदपूर्ति नगर्ने,


परिच्छेद–३


पुलमा रहको दरबन्दी व्यवस्थापन

४. पुल दरबन्दी सम्बन्धी व्यवस्थाः  दफा ३ बमोजिम हिमाल, पहाड, तराई र उपत्यकामा ऐन तथा नियमावलीमा तोकिएको शिक्षक विद्यार्थी अनुपात र निम्न माध्यमिक तथा माध्यमिक तहमा विषयगत आधारमा बढी भएको शिक्षक दरबन्दीलाई पुल दरबन्दीको रुपमा राख्नुपर्नेछ,

५. माथिल्लो तहमा  गणना हुने पुल दरबन्दी :  दफा ४ बमोशिमको पुल दरबन्दीलाई सोही विद्यालय तथा स्थानीय तहको निम्न माध्यमिक, माध्यमिक (कक्षा एघार र बाह्र समेत) तहमा शिक्षक दरबन्दी अपुग भएको अवस्थामा त्यसरी बाँकी भएको पुल दरबन्दी मध्येमा माथिल्लो तहमा आवश्यक हुने दरबन्दीसमेतलाई गणना गर्नुपर्नेछ ।

६. खुद पुल दरबन्दी सम्बन्धी व्यवस्था : स्थानीय तहको दफा ४ बमोजिम कायम भएको पुल दरबन्दीमा माथिल्लो तहको अध्यापन हुने विद्यालयहरुमा शिक्षक नपुग भएमा दफा ५ बमोजिम माथिल्लो तहमा गणना हुनेपुल दरबन्दी कट्टा गरी बचत हुन आउने दरबन्दीलाई खुद पुल दरबन्दीमा मानिनेछ र यस्तो दरबन्दी जिल्लाको पुल दरबन्दीमा रहनेछ ।


७. खुद पुल दरबन्दी अन्यत्र पठाउने : (१) स्थानीय तहले आफ्नो तहको लागि यकीन भएको दरबन्दी आफ्नो क्षेत्रको एक विद्यालयबाट अको विद्यालयमा मिलान गर्न पर्नेछ । त्यसरी मिलान गर्दा अपाङ्गता भएका र महिला शिक्षकलाई सम्भव भएसम्म पायक पनेगरी मिलान गर्नुपर्नेछ ।

(२) जिल्लामा पुलमा रहने यकीन भएका खुद पुल दरबन्दीस्थानीय तह सँगको समन्वयमा  जिल्लाभरको एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा इकाइले स्थानान्तरण गर्नेछ । यसरी दरबन्दी पुनर्वितरण गर्दा ज्यादै आवश्यकता देखिएको स्थानीय स्थानीय तहको प्राथमिकताक्रमको आधारमा  अनुपातिक रुपमा गर्नुपर्नेछ ।

(३) उपदफा (२) बमोजिम वितरण गरी बाँकी भएका दरबन्दी एउटा प्रदेशभरको अर्को जिल्लामा वितरण गर्दा तत तत जिल्लाको इकाइसँगको समन्वयमा प्रदेश  मन्त्रालयले गर्नेछ । यसरी दरबन्दी वितरण गर्दा निश्चित सुचकहरु तयार गरी आवश्यकताका आधारमा पुनर्वितरण गर्नुपर्नेछ ।

(४) अन्तर प्रदेश दरबन्दी वितरण गर्नुपर्ने भएमा केन्द्रले आवश्यकताका आधारमा गर्नेछ ।


परिच्छेद–४


शिक्षक व्यवस्थापन

८. शिक्षक व्यवस्थापनका आधारहरु :   दफा ७ बमोजिम खुद पुलमा रहको दरबन्दी सम्बन्धित निकायले पुनरर्वितरण गर्दा देहायको प्राथमिकताको आधारमा शिक्षकको स्थानान्तरण र  पदस्थापन गर्नुपर्नेछः

(क) खुद पुलमा रहको दरबन्दी स्थान्तरण गर्दा सम्भव भएसम्म रिक्त रहको राहत अनुदानलाई स्थानान्तरण गर्ने,

(ख) राहत अनुदान स्थानान्तरण गर्दा पनि खुद पुल दरबन्दी बाँकी भएमा रिक्त दरबन्दीलाई स्थानान्तरण गर्ने,

(ग) खुद पुल दरबन्दी पुनरर्वितरण गरको वा गरिने स्थानीय तहमा स्वेच्छिक  रुपमा जान चाहने शिक्षकको लागि निवेदन आव्हान गरी प्राप्त निवेदनको छानविन गरी उपयुक्तता समेत हेरी स्थानान्तरण गर्ने,

तर यसरी शिक्षकको स्थानान्तरण गर्दा महिला शिक्षकलाई यथासक्य घरपायक पर्नेगरी स्थानान्तरण गर्ने,

(घ) खण्ड (ग) बमोजिम निवेदन दिने  शिक्षकको संख्या धेरै हुन आएमा  महिला शिक्षकलाई प्राथमिकता दिई बाँकी दरबन्दीको हकमा शिक्षकको नियुक्त मितिको श्रेष्ठताको आधारमा स्थानान्तरण गन,

(ङ) करारमा कार्यरत शिक्षकलाई निजले लिएको नियुक्त मितिको  आधारलाई  कनिष्ठताको आधारमा स्थानान्तरण गर्ने,

(च) राहत अनुदानमा कार्यरत शिक्षकलाई निजको नियुक्त मितिलाई  आधारलिई कनिष्ठताको आधारमा स्थानान्तरण गर्ने,

(छ) जिल्लान्तर सरुवा भई आएका शिक्षकको हकमा नेपालको संविधान जारी भएको मिति सम्वत  २०७२ साल असोज ३ गते सम्मको कनिष्ठताको प्राथमिकताव्रmम तयार गरी निजहरुको स्थानान्तरण गर्ने,

(ज) खण्ड (क), (ख), (ग), (घ), (ङ), (च) र (छ) बमोजिम शिक्षक स्थानान्तरण गर्दा खुद पुल दरबन्दी वितरण गर्न बाँकी रहेमा स्थायी शिक्षकको नियुक्त मितिको आधारमा कनिष्ठताको व्रmम निर्धारण गरी कनिष्ठबाट स्थानान्तरण गर्ने,

(झ) शिक्षकको स्थानान्तरण गर्दा सम्भव  भएसम्म पति, पत्नी एक स्थानीय तहमा पर्नेगरी मिलान गर्ने प्राथमिकता दिने ।


परिच्छेद–५


दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनमा विभन्न निकायहरुको भुमिका

९. मन्त्रालयको भुमिकाः  दरबन्दी पुनरर्वितरण तथा शिक्षक व्यवस्थापनमा मन्त्रालयको भुमिका देहाय बमोजिम हुनेछ ः–

(क) शिक्षक दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापन सम्बन्धीत कार्यको सहजीकरण गर्ने,

(ख) दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन सम्बन्धी कार्यको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश मन्त्रालय, केन्द्र, इकाइ तथा स्थानीय तह बीच आवश्यक समन्वय तथा सहजीकरण गर्ने,

(ग) दरबन्दी पुनरर्वितरण तथा शिक्षक व्यवस्थापनको लागि आवश्यक थप आधारहरु तयार गरी कार्यान्वयन गर्ने,

(घ) केन्द्र र इकाइलाई आवश्यकता अनुसार निर्देशन दिने ।


१०. प्रदेश मन्त्रालयको भुमिका :  दरबन्दी पुनरर्वितरण तथा शिक्षक व्यवस्थापनमा प्रदि मन्त्रालयको भुमिका देहाय बमोजिम हुनेछ :–

(क) प्रदेशभरका स्थानीय तहको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापनको लागि  आवश्यक सहजीकरण गर्ने गर्न लगाउने,

(ख) प्रदेशभरको अन्तर जिल्ला दरबन्दी पुनर्वितरण तथा  शिक्षक व्यवस्थापनको काम गर्ने,

(ग) दरबन्दी पुनरर्वितरण गर्दा दरबन्दीसहित अर्काे जिल्ला जान चाहने शिक्षकको निवेदन आव्हान गर्ने र यसै कार्यविधिमा भएको व्यवस्था बमोजिम शिक्षकको स्थानान्तरण गर्ने,

(घ) स्थानीय तहको दरबन्दी मिलानसम्बन्धी गुनासोको सम्बन्धित इकाइको समन्वयमा सम्बोधननको लागि सहजीकरण गर्ने,

(ङ) दरबन्दी मिलान र शिक्षक व्यवस्थापन गर्दा आवश्यकताका  आधारमा यस कार्यविधिको प्रतिकुल नहुनेगरी थप आधार तयार गरी कायान्वयन गर्ने ।


११. केन्द्रको भुमिका र  दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनमा केन्द्रको भुमिका देहाय बमोजिम हुनेछ :–

(क) शिक्षक दरबन्दी मिलान, पुनर्वितरण तथा शिक्षक व्यस्थापनको लागि मातहतका निकायसँग आपसी समन्वय र सहकार्य गर्ने,

(ख) शिक्षक दरबन्दी मिलान तथा पुलमा रहने शिक्षक दरबन्दीको सुची प्रकशन गर्ने,

(ग) दरबन्दी मिलानको लागि प्रकाशित सुचीका सम्बन्धमा  स्थानीय तहबाट प्राप्त गुनासोको सम्बोधन गर्ने,

(घ) केन्द्रले दरबन्दी मिलान तथा शिक्षक स्थानान्तरण गर्न पर्ने भएमा आवश्यकता र औचित्यको आधारमा अन्तर प्रदेश व्यवस्थापन गर्ने,

(ङ) दरबन्दी मिलान तथा पुल दरबन्दी व्यवस्थापनको लागि इकाइलाई निर्देशन दिने र समय समयमा प्रगति  विवरण माग गर्ने,

(च) दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापनको लागि प्रदेश मन्त्रालय र स्थानीय तहसँग आवश्यक समन्वय गर्ने,

(छ) इकाइले दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनको लागि गरेका कार्यहरुको अनुगमन गर्ने ।

१२. स्थानीय तहको भुमिका ः दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनमा स्थानीय तहको भुमिका देहाय बमोजिम हुनेछ  ः–

(क) मन्त्रालय तथा प्रदेश मन्त्रालयले गरेको दरबन्दी मिलानको काममा सहयोग र सहजीकरण गर्ने,

(ख) स्थानीय तहशभर रहका शिक्षक दरबन्दीलाई ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम प्राथमिकतहमा विद्यार्थी संख्याको आधारमा तथा अन्य तहमा विषयगत आधारमा पुनर्वितरण गर्ने,

(ग) केन्द्रबाट वितरित दरबन्दी नपुग भएमा पछि अर्को व्यवस्था  भएमा सोही अनुसार हुन गरी हाललाई आफ्नै स्रोतबाट शिक्षकको व्यवस्था मिलाउने,

(घ) इकाइसँग समन्वय गरी रिक्त दरबन्दी, करार, राहत र दरबन्दीका शिक्षकको विवरण उपलब्ध गराउने,

(ङ) स्थानान्तरण गरिएको शिक्षकलाई यथासक्य छिटो रमाना दिई पठाउने तथा रमाना लिइ आउने शिक्षकलाई तोकिएको विद्यालयमा हाजिरीको लागि सहजीकरण गर्ने,

(च) दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापनको लागि इकाइ, स्थानीय तह तथा प्रदेशबीच आपसी सहयोग र समन्वय गर्ने,

(छ) केन्द्र, प्रदेश तथा इकाइले दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापनको लागि अनुरोध  गरी आएका विषयवस्तुहरुमा तथा सहजीकरण गर्ने,


१३. इकाइको भुमिका : दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनमा इकाइको भुमका देहाय बमोजिम हुनेछः–

(क) केन्द्रले प्रकाशसत गरको सुचीको आधारमा आफ्नो जिल्लाभर रहेका स्थानीय तहहरुको दरबन्दी तथा खुद पुल दरबन्दीको सुची यकीन गर्ने,

(ख) स्थानीय तहहरुसँग समन्वय गरी तत् तत् स्थानीय तहमा रहेको खुद रिक्त दरबन्दी, करारमा रहको शिक्षक, अस्थायी शिक्षक तथा स्थायी शिक्षकहरुको विवरण र सुची आफ्नो अभिलेखसँग भिडाइ एकिन गर्ने,

(ग) खुद पुल दरबन्दी स्थानीय तहहरु सँगको समन्वयमा सोही जिल्लाको बढी आवश्यक देखिएका अन्य स्थानीय तहमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउने,

(घ) जिल्लास्थित शिक्षक महासंघ तथा शिक्षकका पेशागत संघसंगठनहरुसँग बैठक गरी कार्यविधिमा तोकिएको आधारहरुबारे छलफल तथा जानकारी गराउने,

(ङ) शिक्षक स्थानान्तरण गर्दा निवेदन  आव्हान गरी स्वेच्छिक स्थानान्तरणको व्यवस्था मिलाउने र सम्भव भएसम्म महिला शिक्षकलाई घरपायक पर्ने व्यवस्था मिलाउने,

(च) दरबन्दी मिलान र शिक्षक व्यवस्थापन गर्दा स्थानीय तह सँगको सहयोग र समन्वयमा गर्ने,

(छ) दरबन्दी मिलान र शिक्षक व्यवस्थापन गर्दा आवश्यकता अनुसार यस कार्यविधिको प्रतिकुल नहुनेगरी थप आधारतयार गरी कार्यान्वयन गर्ने,

(ज) केन्द्रले दिएको निर्देशन बमोजिमको अन्य काम गर्ने,


परिच्छेद–६


    विविध  

१४. दरबन्दी पुनर्वितरण गर्न समयावधिः (१) केन्द्रले यस कार्यविधिको परिच्छद– २ अनुसारको आधारमा मुलुकभरका शिक्षक दरबन्दी वितरणको  अवस्था र खुद पुलमा रहेको तथा नपुग दरबन्दीसमेत तहगत रुपमा किटान गरी केन्द्रको वेवसाइट तथा सञ्चार माध्यमको प्रयोग गरी प्रकाशन गर्नुपर्नेछ ।

(२) इकाइले मिति २०७६ साल फागुन मसान्तभर आफ्नो जिल्लाभर पुलमा रहेका दरबन्दी यस कार्यविधि अनुसार प्राथमिकता तोकी वितरण गरिसक्नु पर्नेछ ।

(३) एक प्रदेशभरको एक जिल्लाबाट अर्काे जिल्लामा दरबन्दी विवरणको लागि जिल्लाबाट अनुरोध  भई आएमा प्रदेश मन्त्रालयले यसरी खुद पुलमा रहेको दरबन्दी बढी आवश्यक भएका जिल्लालाई प्राथमितामा राखी आफुले तयार गरेको सुचकको आधारमा वितरण गर्नुपर्नेछ त्यस्तो कार्य जिल्लाबाट अनुरोध भई आएको एक महिनाभर सम्पन्न गरिसक्नु पर्नेछ ।

(४) अन्तर प्रदेश दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन गर्न सम्बन्धीत प्रदेशबाट  माग भई आएमा केन्द्रले यसै कार्यविधिको प्रतिकुल नहुने गरी माग भएको एक महिनाभर शिक्षक स्थानान्तरण गरिसक्नुपर्ने ।

(५) दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनको लागि गर्नुपर्नेकाम, समय सीमा तथा जिम्मेवार निकाय, अनुगमन सुचक केन्द्रले तयार गरी कार्यान्वयन गर्न गराउन पर्नेछ ।


१५. शिक्षक स्थानान्तरण भएको स्थानमा जानुपर्ने :  यस कार्यविधि बमोजिम स्थानान्तरण भएका शिक्षकहरु प्रचलित कानूनले तोकको समयभित्र स्थानान्तरण भएको विद्यालयमा अनिवार्यरुपमा हाजिर हुनु पर्नेछ । यसरी तोकिएको समयमा हाजिर हुन नजाने शिक्षकहरुलाई सम्बन्धित विद्यालयले हाजिर गराउन बाध्य हुनेछन् ।

१६. विद्यालयले अनिवार्य रुपमा  हाजिर गराउनुपर्नेः  दरबन्दी सहित वा  यस कार्यविधि बमोजिम स्थानान्तरण भई आएका शिक्षकलाई विद्यालयले अनिवार्यरुपमा हाजिर गराउनु पर्नेछ ।

१७. प्रधानाध्यापक जिम्मेवार हुने:  यस कार्यविधि बमोजिम दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनको कार्यबाट स्थानान्तरण भई आएका शिक्षकलाई विद्यालयमा हाजिर गराउने तथा स्थानान्तरण भई आउने शिक्षकलाई रमाना दिने जिम्मेवारी सम्बन्धित  विद्यालयको प्रधानाध्यापकको हुनेछ ।

१८. सहयोग लिन सक्ने :  इकाइले जिल्ला तहमा दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापन गर्दा आइपर्ने समस्या समाधानका लागि जिल्ला समन्वय  समितिको सहयोग लिन सक्नेछ ।

१९. समन्वय र सहजीकरण गर्ने :   दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनको सन्दर्भमा आफ्नो विद्यालयबाट दरबन्दी कट्टा हुने अवस्था भएमा  आफ्नो विद्यालयमा शिक्षक स्थानान्तरण भई आएमा उक्त कार्यका लागि सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिले समन्वय र  सहजीकरण गर्नुपर्नेछ ।


२०. आवधिक दरबन्दी मिलान सम्बन्धित  व्यवस्था : (१) जनसंख्या संरचना परिवर्तन भएको कारण स्वीकृत मापदण्ड अनुसार शिक्षक विद्यार्थी अनुपात थपघट हुनगई दरबन्दी मिलान तथा पुनर्वितरण गर्न आवश्यक देखिएमा यस्तो कार्य देशभर गर्नुपर्ने भएमा  मन्त्रालय वा मन्त्रालयले तोकेबमोजिम केन्द्रले र यस्तो कार्य प्रदेशभित्र मात्रै गर्नुपर्ने भएमा  सम्बन्धित प्रदेश मन्त्रालयले आवश्यक रुपमा गर्ने तथा कुनै खास स्थानीय तहले आफ्नो क्षेत्रभित्र  आवश्यकता अनुसार दरबन्दी मिलान तथा पुनर्वितरण गर्नु पर्नेछ । यो कार्य नयाँ शैक्षिक सत्र शुरु हुनुअगावै सम्पन्न गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम दरबन्दी मिलान तथा पुनर्वितरण गर्दा यस कार्यविधिमा उल्लेख भएको आधार र तरिकाबमोजिम गर्नुपर्नेछ ।

(३) दरबन्दी मिलान तथा पुनर्वितरण गर्दा शिक्षक स्थानान्तरण गर्नुपर्ने अवस्था भएमा शैक्षिक सत्र शुरु हुनुभन्दा एक महिना अगावै पुनर्वितरणको कार्य सम्पन्न गरी नयाँ शैक्षिक सत्र शुरु हुँदाको बखत शिक्षक स्थान्तरण भएकोे विद्यालयमा हाजिर हुने वातावरण समेत मिलाउनु पर्नेछ ।


२१. समन्वय तथा सहयोग गर्नु पर्ने:   नेपाल शिक्षक महासंघ तथा शिक्षकको पेशागत संघसंगठनहरुले शिक्षक दरबन्दी पुनर्वितरण तथा शिक्षक व्यवस्थापनको लागि स्थानीय तह, इकाइ, प्रदेश र केन्द्रले गरेका कार्यहरुमा आवश्यक समन्वय तथा सहयोग गर्नुपर्नेछ ।

२२. बाझिएमा अमान्य हुने:  यस कार्यविधिको कुनै व्यवस्था प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म कार्यविधिको व्यवस्था अमान्य हुनेछ ।


२०७६ माघ १९ गते १८:४२मा प्रकाशित

कमेन्ट गर्नुहोस्

थप जानकारी » यस वेभसाईटमा बिज्ञापन दिएर व्यापार, व्यवसाय, पेशा, स्कुल आदिको प्रचारप्रसार गर्नुहोस् । तपाईसँग कुनै सामाचार अनुसन्धान तथा लेख रचनाहरु छन् भने यस साइटमा प्रकासन गर्नुहोला ।

Related News

Online Result

दरबन्दी मिलान

शिक्षक सेवा आयोग प्रश्न

शिक्षा सामान्य ज्ञान

घरघरमा पढाइ कुना

टेरेसा कुमारी बिश्वकर्माको

प्रेरक भनाई‌हरु

सुखमा नमातिने दुखमा नआतिने गुणहरुको विकास हुनु नै शिक्षा हो । ।
जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।   Read more

Email: [email protected]
Profession: teaching (Gvt)
Education: M.A.(Pol.Sci.), M.Ed.(EPM)
Blood Group: (O+)

view more profile

Our Services
widgets

  शिक्षक कर्मचारी Segment । 

  Latest News & Articles 

  • नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व.

    शमसेर पुलामी । नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे । त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।
    नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य.............  … Read More


 शिक्षक सेवा र लोक सेवा आयोग परीक्षा सहयोगी 

कासमु फाराम र कार्यमूलक अनुसन्धान
Basic computer guide
नेपालको संविधान २०७२
शिक्षक सेवा आयोगका २५ प्रश्नहरु

   हाम्रो टिम


admin

शमसेर पुलामी

Web creator

I spent about fifteen to sixteen years in the field of teaching , keeping up with modern technology and constantly updating my skills. Along with teaching, I have worked creating accounting software for grades and small teacher savings groups. I am always learning something new.

Team_image

Rosie Meg

Adviser

Click on Shamsher Blogspot for important informational activities related to education including tsc. There is a YouTube icon on the main page of this website. It is lauro_media official channel. Please subscribe to like and share.


Team Adviser

lauro_media

Support Page

Lauro Media is an independent newsportal site page. Efforts will be made to make it education-friendly. Small software that will be useful to the school will be prepared and service will be provided.



Team Adviser

Dim Janta Secondary school

Supporter School

Dim Janta Secondary school is supporter team member. This school lies in the Parwanipur Municipality, Sarlahi district of Madhes Pradesh.This school has supported providind financial aid.Many of news post are published in this website

 विद्यार्थी सेगमेन्ट 


Student Testimonial

Testimonial

श्री डिम जनता माद्यमिक विद्यालयमा हामीलाई पढाउनु हुने शिक्षक शमसेर पुलामीसरले Develop गर्नु भएको उहाँको व्यक्तिगत वेभसाइट shamser.info.np

उहाँकोअर्को ब्लगरवेभसाइट lauro-media.blogspot.com र अफिसियल   Youtube channel lauro_media रहेको छ । यी वेभसाइटहरु साह्रै ज्ञानबर्धक तथा शिक्षामूलक छ । साथै twitter handle @shamser_info मा twitter Follow गरेर समाचारहरु पढ्न सकिँदो रहेछ

उहाँको प्रविधिमैत्री पढाउने तरीकाले म ज्यादै प्रभावित र उत्साहित भएको छु । उहाँको पढाउने तरिका साँच्चै रोचक छ। उहाँ मेरा लागि साँच्चिकै प्रेरणादायक हुनुहुन्छ।

सनीमाया थोकर (कक्षा ११ )                                               श्री डिमजनता माद्यमिक विद्यालय परवानीपुर सर्लाही

Testimonial

Shamser Pulami, sir has developed website shamser.info.npblogger websitelauro-media.blogspot.com and official Youtube channel lauro_media twitter handle @shamser_info

I can positively say that It has helped me develop a positive attitude towards my studies and discover more about myself.

I am very impressed with his technology-friendly way of teaching. i gained good knowledge from his website.We are excited.

-Gagan Budhathoki(class-9, 079 batch )                  Shree Dim janta Sec.School Parwanipur,Sarlah.

Testimonial

School is my Second House, Really i feel Teachers of this school like Father, Mother, friends, Brother's & sisters. So i feel like own House in Shree Dim janta Sec.School. Here is many facilities for teaching for students Computer lab, well equipped Science lab, play ground, Buildings, peaceful environment, qualified teachers, library etc. So i gain good knowledge with love from teachers and students I feel proud, The students of Shree Dim janata Secondary school, Sarlahi !!

-Shyam Hari B.K.(class-9 078 batch)                   Shree Dimjanta Sec.School Parwanipur,Sarlahi, Nepal

Testimonial

I have always felt that I was so lucky to be a student at Shree Dim janta Sec.School, and not at any other private or public school The thing I admire the most about dimjanata School is the support I received from everyone at the school. I wouldn't have been able to achieve what I have achieved without that caring environment.

-Sanjila Ghimire(Class-8, 078 batch)                     Shree Dimjanta Sec.School Parwanipur,Sarlahi, Nepal

more testimonial
img२०८१ को लागि विद्यालय भर्ना अभियान सम्बन्धी प्रचार प्रसार गर्न 9844087012 >>>visit : https://Shamser.info.np/

बिज्ञापन खण्ड

notice यस वेभसाईटमार्फत शुभकामना सन्देश प्रेषित गर्न 9844087012 मा सम्पर्क गर्नुहोला ।

Useful Links

Privacy Policy
© Copyrights 2022 shamser pulamiAll Rights Reserved
Update: