.
   नयाँ भर्ना फारम:   कक्षा ११  |  शिक्षा कमर्श कम्प्युटर साइन्स            

:

बिद्यालयको थप परिचय

फर्कनुहोस् ।

प्राचीन कालमा शिक्षा एक जटिल प्रकृया थियो जुन आर्जन गर्नका लागि ज्यादै कठिन थियो तापनि आज हामी जुन अवस्थामा आई पुगेको छौं त्यो प्राचिन शिक्षाको उपज हो । प्राचिन काल देखि नै मानिसहरुले कुनै न कुनै रुपवाट शिक्षा आर्जन गर्दै आईरहेको पाईन्छ । समयको चक्र संगै जटिल वन्दै गएको मावन सभ्यता र संकृति शिक्षा विना कल्पना गर्न सकिदैन थियो । तसर्थ व्यक्तिगत ऐच्छिक रुपमा रहेको शिक्षा पद्धतिलाई संस्थागत गराउनु पर्ने आवश्यकता महशुस भयो र यसै कदमलाई अगाडी वढाउदा वर्तमान शिक्षा पद्धतिको शुरुवात भयो । जसलाई प्राचिन शिक्षाकै उपजका रुपमा स्वीकार गर्दा अतियूक्ति नहोला । यस्तै संस्थागत संस्थाहरु मध्ये आफ्नै कथा व्यथा वोकी अनेकौ चुनौती र घुम्तीहरु पार गर्दै आएको विद्यालय हो । ‘‘श्री डिम जनता माध्यमिक विद्यालय परवानीपुर सर्लाही”

एशिया महादेशको दुईवटा शक्ति सम्पन्न राष्ट्रहरु चीन र भारतको वीचमा रहेको स्वतन्त्र राज्य तथा सार्वभौम सत्ता सम्पन्न राष्ट्र नेपालको मत्रेश प्रदेशको सर्लाही जिल्लामा पर्ने श्री डिमजनता माध्यमिक विद्यालय वि.सं. २०२३ साल बैसाखमा संस्थापक श्री डिमबहादुर कार्कीले प्राथमिक विद्यालयको अनुमति लिई सञ्चालन गर्नु भएको थियो । शुरुमा प्राथमिक तहसम्म पढाई हुने विद्यालयमा दशवर्ष नपुग्दै वि.सं.२०३१ सालमा निमावि तह समेतको अनुमति प्राप्त गर्यो ।   
उज्यालो घामवाट कुनै पनि वालवालिका वञ्चित हुन नपरोस भन्ने महान लक्ष्य वोकी वि.स. २०१६ सालमा तत्कालीन राजा श्री ५ महेन्द्र वीर विक्रम शाहको करकमलवाट स्थापना भई यहाँका अभिाभावक, शिक्षक र विद्यार्थी वीचको उदाहरणीय त्रिकोणात्मक सम्वन्ध स्थापित गर्दै अघि वढेको यस विद्यालयको आफ्नै प्रकारको इतिहास रहेको पाईन्छ ।  

विद्यालय शिक्षाको विकासको निरन्तरताको क्रममा वि.सं.२०३७ सालमा माध्यमिक तहको अनुमति लिएर सञ्चालन हुँदै गएर हाल २०६५देखि कक्षा ११ र १२ शिक्षाशास्त्र र व्यवस्थापन संकायका विषयहरु अध्ययन अध्यापन हुँदै आएको अवस्था छ । यस विद्यालयले आफनो सेवाक्षेत्रमा निरन्तर शैक्षिक सेवा प्रदान गर्दे सेवा प्रदायक संस्थाको पहिचान कायम गर्न सफल भएको छ । यस विद्यालयलाई यहांसम्म ल्याई पुरयाउन शिक्षाप्रेमी प्रकास बहादुर बुढाथोकी, समाजसेवी हर्ष बहादुर कार्कीलगायत स्थानीय समाजसेवी बुध्दीजीवि शिक्षाप्रेमीहरुको उतिकै योगदान रहेको देखिन्छ । स्थापनाकालमा विद्यालयलाई डिमबहादुर कार्कीले दुई बिगाह दश कट्ठा विद्यालयको नाउंमा जग्गा प्रदान गरि दिनुभएकोले पछि उंहाको नाउं जोडेर यस विद्यालयको नाम श्री डिमजनता नामांकरण भयो । यसपछिका दिनहरुमा विद्यालयलाई आर्थिक तथा भौतिक रुपले सम्पन्न गर्ने कार्यमा आफ्नो हैसियत अनुसारको सहयोग दिने क्रम चलिरह्यो । केही बर्ष यता शैक्षिक उपलब्धिमा उतारचढाब देखिए तापनि यो विद्यालय सर्लाही जिल्लाको उत्तरी भेकको परवानीपुर श्रोतकेन्द्रमा संचालित संस्थागत र सामुदायिक विद्यालयहरुमध्ये अगुवा विद्यालयका रुपमा स्थापित भएकोछ । यस विद्यालयको स्थीर पुजीको रुपमा एघार बिगाह जग्गा र मुद्दति खातमा रु दुई लाख जोगाई राख्न समेत सफल भएको छ । ।

विद्यालयको स्थापनार्थ र विकासको लागि सहयोग पुर्याउनु हुने चन्दादाताहरुको नामावली र विद्यालयको स्वामित्वमा रहेको जग्गा जमीनको अभिलेख र श्रोत उपलब्ध भएमा पछि यसै थप गरिदै जानेछ । विद्यालय विकासको निरन्तरताको क्रममा वि.सं.२०३७ सालमा माध्यमिक तहको अनुमति लिएर सञ्चालन हुँदै गएर हाल उच्च माध्यमिक तहका कक्षा ११ र १२ शिक्षाशास्त्र र व्यवस्थापन संकायका विषयहरु अध्ययन अध्यापन हुँदै आएको अवस्था छ । यस विद्यालयले आफनो सेवाक्षेत्रमा निरन्तर शैक्षिक सेवा प्रदान गर्दे सेवा प्रदायक संस्थाको पहिचान कायम गर्न सफल भएको छ । । 

अभिभावकको लगानी त्याग तपस्यावाट यो विद्यालय स्थापना, विकास र विस्तार हुदै यहाँ सम्म आई पुगेको छ । यस विद्यालयले अनेकौ आरोह अवरोह पार गर्दै आजको यो सुखद अवस्था सम्म आईपुगकोको छ । आजको यूग प्रतिस्पर्धाको यूग हो । दक्ष तथा योग्य जनशक्ति गरी विश्व सामु प्रतिस्पर्धा गर्न सक्ने नागरीक उत्पादन गर्ने लक्ष्य लिएको हाम्रो विद्यालय सामु अनेकौ चुनौती पनि छन् । वरीपरी च्याउ उम्रिए झै उम्रिएका निजि वोर्डिङ्ग स्कूलहरुमा अभिभावकहरु सकि नसकि आफ्ना वाल वच्चा पढाउनु पर्ने वाध्यतामा छन । समाजले विद्यालयको रोजाईलाई सामाजिक प्रतिष्ठाको विषय वनाएको छ । वालवच्चाहरुमा मानसिक असर पर्नेगरी दुई प्रकारको शिक्षा मौलाउने र झाँगिने अवसर दिईएको छ । अधिकांश अभिभावकहरुमा वोडिङ्ग पढाउने र विदेश पठाउने मानसिकताले जरा गारेकोछ । यसै कुरालाई ध्यानमा राखी वि.स. २०७३ साल देखि कक्षा १ देखि ५ सम्म अनिवार्य अग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म नेपाल र अग्रेजी दुवै माध्यमवाट शिक्षण गरीदै आएको यस विद्यालयमा निजि विद्यालय छोडेर यस विद्यालयमा पढाउने अभिभावकको चाप वढेको छ ।   
आज मुलुकमा एकात्मक सामन्ती राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भईसकेको छ । राजनैतिक रुपमा भन्नु पर्दा नेपालमा कायापलट भएको छ तर सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा, रोजगारका क्षेत्रहरु झन झन आक्रान्त वनेकाछन् । नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रुपमा उल्लेख गरिएता पनि आर्थिक अभावकै कारणले गरीव, निमुखा, सडक वालवालिकाहरु शिक्षाको अवसरवाट वञ्चित वनेको तथ्य जिवीत छ । आज पनि शिक्षाको राष्ट्रिय निती स्पष्ट छैन स्थानिय तह, प्रदेश र केन्द्रले यसको स्पष्ट खाका वनाई नसकेकोले शिक्षामा अन्यौल छाएको यथार्थ हो । पाठ्यक्रम पाठ्य पुस्तक समयानुकुल निर्माण हुन सकेको छैन्न । स्तुति गान र कारीन्दामुखी शिक्षा प्रणालीवाट राष्ट्रलाई आवश्यक पर्ने दक्ष्य जनशक्ति उत्पादन हुने कुरा असम्भव प्राय छ । तानाशाही निर्दलीय पञ्चायती व्यवस्थाको जन्मसंगै स्थापाना हुन पुगेको यस विद्यालयले आजको राजनैतिक परिवर्तनको यो अवस्थामा उभिदा पनि राष्ट्रका सामाुदायिक अन्य विद्यालय जस्तै विभिन्न चुनौतिहरुसंग जुध्नुपरेको तथ्य कसैवाट लुकेकोछ्रैन ।

भौगलिक अवस्था

ख)अवस्थितिः:

पूर्वपश्चिम साविक महेन्द्र राजमार्गदेखि करिब ९ किलोमिटर उतरमा पर्ने सिन्धुली जिल्लाको दक्षिणी भाग चुरेश्रेणीको फेंदीको आसपासको मधेश प्रदेशको सर्लाही जिल्ला लालबन्दी न०पा० वडा न० १६ परवानीपुर मा अन्तर्गत १६६ फिट लम्बाई ९९ फिट चौडाईको चौघेरामा निर्मित यो विद्यालयको उत्तरमा सिन्धुली जिल्लासँग सिमाना जोडिएको छ । दक्षिणमा लालबन्दी न०पा० वडा न० १७ रानीगंज, पूर्वमा ईश्वरपुर न०पा० १२ कालिन्जोर र पश्चिममा लालबन्दी न०पा० वडा न० ११ पत्थरकोट र उत्तरमा लालबन्दी न०पा० वडा न० १४ नारायणखोला पर्दछ ।गाविस पर्छ । पूर्वतर्फ फुलजोरखोला, पश्चिमतर्फ कालिन्जोरखोला पर्छ । दक्षिणतर्फ समथर हरियो खेतको फांट देख्न सकिन्छ भने उत्तरतर्फ अग्लो हरियो जंगलले भरिएको मनोरम डांडापाखा देख्न सकिन्छ । यस विद्यालयको भौगोलिक अवस्थितिलाई निम्नानुसार छोटकरीमा उल्लेख गर्न सकिन्छ । अक्षांश ः उत्तर २६डिग्री ४५ देखि दक्षिण २७डिग्री १०’ सम्म तथा देशान्तर पूर्व ८५ डिग्री २०’ देखि पश्चिम ८५ डिग्री ५०’ सम्म उचाई ः समुन्द्रदेखि ४०० फिट अग्लो हावापानी ः उष्ण मौसमी, ग्रिष्ममा ३७ डिग्री से० र हिउदमा १० डिग्री से० तापक्रम, बार्षिक औषत . बर्षा ः १०० मि.मि सम्म

बिध्यालयका लक्ष्य तथा उदेश्यहरु

बिध्यालयका भावि रणनिती तथा कार्यक्रमहरु:

डिमजनता जन मा.वि.लाई के ? वनाउने कस्तो थलो वनाउने ? के कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कोणवाट जाँचिनु र नापिनु पर्दछ । सोही नाप अनुसारको नक्शाङ्कन सहित भावि योजना निर्माण गरिनु पर्दछ । योजना निर्माण गर्नुले ५०% कार्य पुरा हुन्छ भन्ने युक्तिले हामी योजना निर्माणको प्रकृयामा एक पछि अर्को गर्दै आएकाछौ । यस विद्यालयको भावि लक्ष्य यस प्रकारको हुनेछ । 

  • शैक्षिक स्तर वृद्धि गराउन र अभिभावकको रुचि चाहानालाई हामी तर्फ फर्कन वाध्य पार्ने खालको शैक्षिक वातावरण मिलाईने छ भने शिक्षक-कर्मचारी विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका सन्ततिलाई आफू कार्यरत विद्यालयमा नै पढाउनुपर्ने व्यवस्था गरिने छ । 
  • कक्षा नर्सरी देखि कक्षा १० सम्म अग्रेजी माध्यम अध्यापन भई रहेको र कक्षा ११-१२ सम्म पनि अग्रेजी माध्यममा अध्यापन गराई नतिजा १००% पुर्याउने लक्ष्य लिइएका छौ भने आगामी शैक्षिकसत्रमा  भर्नाको लागि Entrance Exam को व्यवस्था गरिने छ । 
  • कम्प्यूटर तथा सुचना प्रबिधी शिक्षामा धेरै विद्याथीको पहुच पुर्‍याउने र बिध्यालयललाई सुचना प्रविधि मैत्री स्मार्ट बिध्यालयको रुपमा बिकास गर्न योजना निर्माण गरी कार्यान्वयन गरिनेछ । 
  • यस मा.वि.मा विज्ञान संकायको सम्वन्धन लिई सकेको तर अध्यापन गराउन नसकेको हुनाले आगामी शैक्षिक सत्र देखि विज्ञान विषयको अध्यापन सुरु गरिनेछ । 
  • आजको युगको आवश्यकता अनुसार प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने कुरालाई ध्यान दिदै प्राविधिकविद्यालय संचालनको लागि प्रकृया अगाडी वढाईने छ । 
  • कार्यक्रम हल, छुट्टै प्रशासनिक भवन, लाईव्रेरी भवन, स्टोर कक्षको, व्यस्थापन गरिने छ । 
  • छात्रावासको व्यवस्था भएको सामुदायिक विद्यालय अभावको कारणले टाढावाट आई कक्षा ९,१०, ११र १२ पढ्न आउने विद्यार्थीहरु वञ्चित हुन परेको छ । यस अवस्थामा आर्थिक पक्ष वलियो वनाउदै छात्रावासको व्यवस्था गरिनेछ ।
थप पढ्र्नुहोस् ।       फर्कनुहोस् ।

© Copyrights 2022 shamser pulami All Rights Reserved.

Design & Developed by : Shamser pulami