.
   नयाँ भर्ना फारम:   कक्षा ११  |  शिक्षा कमर्श कम्प्युटर साइन्स

बिद्यालयको थप परिचय


फर्कनुहोस् ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ सँग सम्बन्धित महत्वपुर्ण प्रश्नोत्तरहरु

१. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ नेपाल सरकारद्वारा कहिले जारी भयो ?- वि.स २०७६ भाद्र २० गते
] २. नेपालमा बिधालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप पहिलो पटक कहिले तयार गरि लागु गरियो?- वि.स २०६३ माघ २५
३. रा.पा.प्रारुप,२०७६ अनुसार कति कक्षासम्म ढाचा तयार गरिएको छ ?- कक्षा १२ सम्म
४. रा.पा.प्रारुप,२०७६ अनुसार नेपालको बिधालय शिक्षा कति बर्षे अवधीको रहेको छ?- १३ बर्षे
५. पाठ्यक्रम प्रारुप तयार गर्ने क्रममा पाठ्यक्रम विकास केन्द्रले कार्ययोजना तयार गरि कहिले देखि कार्य आरम्भ गरेको थियो ?- वि.स २०७३ फागुनबाट
६. रा.पा.प्रारुप,२०७६ अनुसार बिधालय तह कति तहको हुने भनिएको छ?- २ तह (आधारभूत र माध्यमिक )
७. रा.पा.प्रारुप,२०७६ अनुसार १-८ सम्मको आधारभूत शिक्षा कति बर्षको हुने भनीएको छ? –८ बर्ष
८. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा ९-१२ सम्मको माध्यमिक शिक्षा कति बर्षको हुने भनिएको छ?- ४ बर्ष
९. रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा कति प्रकारको हुने भनिएको छ?- ३ प्रकार( साधारण, परम्परागत,प्राविधिक तथा ब्यवसायीक)
१०. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत शिक्षा को कति तह छन?- ३ तह (कक्षा १-३, ४-५,६-८)
११. रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा कति तह छन?- २ तह (कक्षा ९-१०,११-१२)
१२. रा.पा.प्रारुप,२०७६ निर्माणका क्रममा कुन कुन शैक्षिक सामग्रीको पुनरावलोकन गरिएको थियो ?- राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०६३, अन्तर्राष्ट्रिय अभ्यासको पुनरावलोकन र राष्ट्रिय नितिगत दस्तावेजको अध्ययन, मौजुदा पाठ्यक्रम र पाठ्यपुस्तकको विश्लेषण
१३. रा.पा.प्रारुप,२०७६ अनुसार शिक्षाका राष्ट्रिय उद्देश्य कति रहेको छ?- १२ वटा
१४. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा ४ र ५ को साप्ताहिक पाठ्यघण्टा कति निर्धारण गरिएको छ?- ३२ घन्टा
१५. पाठ्यक्रमको सन्दर्भमा भाषाका पक्षहरु केके पर्दछन?- भाषाको संरक्षण ,प्रवर्द्धन र विकासको पक्ष र पठनपाठनको पक्ष
१६. रा.पा.प्रारुप,२०७६ अनुसार प्रारम्भिक वालविकास र शिक्षाको अवधि कति रहेको छ?– १ बर्ष
१७.रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा १ मा भर्ना हुने बिद्यार्थीको उमेर कति हो?- ५ बर्ष
१८. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत तहको सिकाइ क्षमता स्तर कति रहेको छ?- ३ तह
१९. रा.पा.प्रारुप,२०७६ अनुसार मावी कक्षा ९-१२ को सक्षमता कति रहेका छन?- १५
२०. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत तहको सक्षमता कति रहेका छन?- १२ वटा
२१. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत तह १-३ का सक्षमता कति रहेका छन?- ७ वटा
२२. रा.पा.प्रारुप,२०७६ अनुसार प्रारम्भिक बालबिकास र शिक्षाको बार्षिक पाठ्य समय कति रहेको छ?- ५७६ घन्टा
२३. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत शिक्षा ४-५ मा कति सक्षमताहरु छन?- ८ वटा (बार्षिक कार्यघन्टा १०२४)
२४. रा.पा.प्रारुप,२०७६ अनुसार बिषय क्षेत्रगत समूह कति गठन गरिएको थियो ?- ७ वटा
२५. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा ४-५ को साप्ताहिक पाठ्यभार कति रहेको छ?- ३२ घन्टा
२६. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा ९-१० मा कति वटा ऐच्छिक बिषय निर्धारण गरिएको छ?- २ वटा
२७.रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा ९-१० को प्राविधिक तथा ब्यवसायीक शिक्षातर्फ कतिवटा बिधागत बिषय राखिएको छ?- ४ वटा
२८. रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा ९-१० को प्राविधिक तथा ब्यवसायीक शिक्षा तर्फ बिधागत बिषयहरुमा कति % कार्यघन्टा सैद्धान्तिकको लागि छुट्याइएको छ?- ५०%
२९. कक्षा १-३ सम्म एकीकृत पाठयक्रम ढाचा, कक्षा ९-१२ मा एकलपथिय पाठ्यक्रम स्थापित गर्ने कुन दस्तावेजको निति हो?- राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ को
३०. सार्वजनिक परीक्षा सन्चालन तथा प्रमाणिकरण सम्बन्धमा राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले कस्तो ब्यवस्था गरेको छ?- कक्षा ८ को परीक्षा स्थानीय तहले लिने, कक्षा १० को परीक्षा प्रदेश तहले लिने, कक्षा ११-१२ को परीक्षा संघले लिने
३१. रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा कक्षा ११-१२ को प्राविधिक तथा ब्यवसायीक शिक्षा तर्फ प्राज्ञीक बिषयहरु कतिवटा निर्धारण गरिएको छ?- ३ वटा
३२ रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा कक्षा ११-१२ मा कतिवटा बिषय ऐच्छिक पहिलोपत्र निर्धारण गरिएको छ?- १५ बिषय
३३. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा १-३ सम्म कति पाठ्यघन्टा तोकिएको छ?- २६ पाठ्यघन्टा

१. नेपालमा अनिवार्य निशुल्क प्राथमिक शिक्षा सर्वप्रथम कहिले लागू गरिएको थियो ?- वि.स २०२०
२. “जोखिम न्यूनीकरण गर्न सक्षम नागरिक तयार गर्ने” कुन तहको शिक्षाको उदेश्य हो?- राष्ट्रिय उदेश्य
३. नंया शिक्षा लागू हुनुपुर्व नेपालमा बिधालय शिक्षाको संरचना कस्तो थियो ?- ५+३+२
४. सबैका लागि शिक्षा कार्ययोजना (२००१-२०१५) ले कति वटा लक्ष्य निर्धारण गरेको थियो ?– ७ वटा
५. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भयो ?- वि.स २०४७ फागुन १४
६. अनौपचारिक शिक्षा ४ तहको हुनुपर्छ भनेर सिफारिस गर्ने आयोग कुन हो?- राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन २०४९
७. मानव अधिकारको विश्वब्यापी घोषणापत्र १९४८ मा कुन शिक्षालाई अनिवार्य गर्नुपर्ने ब्यवस्था छ?- प्रारम्भिक शिक्षा
८. खुला माध्यमिक तहको सम्पर्क कक्षाको बार्षिक समयावधि कति हो?- ३५ दिन, १७५ घन्टा, १४० सत्र
९. नेपालमा अपाङ्गता भएका बालबालिकाहरुलाई एकीकृत शिक्षा दिन स्रोत कक्षाको स्थापना सर्वप्रथम कहिले गरियो?- वि.स २०५०
१०. शिक्षकको पेशागत विकास तालिममा ७४% अङ्क प्राप्त गर्ने शिक्षकको श्रेणी कुन रहने ब्यवस्था छ?- दित्तिय
११. बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका कहिले स्वीकृत गरिएको हो?- वि.स २०६६ चैत २०
१२. कक्षा ६-८ को पाठ्यक्रम अनुसार बार्षिक कति घन्टा पठनपाठन गराउनुपर्ने ब्यवस्था छ?- १०५० घन्टा
१३. “पहिचान खोज्ने उमेर ” कुन हो?- किशोरावस्था
१४. बालबालिकाको एउटा समुहलाई लामो समयसम्म निरन्तर रुपमा गरिने मानव विकास अध्ययन विधि कुन हो?- लम्बिय विधि
१५. अब्राहम मास्लोका अनुसार उत्प्रेरणाको सबैभन्दा माथिल्लो तहमा कुन पर्दछ?- आत्मप्रकटीकरण सम्बन्धि आवश्यकता
१६. विधार्थी संख्या धेरै भएको कक्षामा कुन बसाइको तरिका बढी उपयोगी मानिन्छ ?- यु आकार
१७. नेपालमा विधालय सामाजिक परीक्षणको सुरुवात कहिलेदेखि भएको हो?- वि.स २०६२
१८. कार्यमुलक अनुसन्धान प्रक्रियाको पहिलो चरण कुन हो?- समस्याको पहिचान
१९. शिक्षा ऐन २०२८ अनुसार राष्ट्रिय परीक्षा बोर्डमा जम्मा कति सदस्य रहने ब्यवस्था छ?- १३ जना
२०. शिक्षकले अध्ययन बिदा लिनु परेमा कति बर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्छ ?- ५ बर्ष
२१. नियुक्तिपत्र लिएको मितिले कति समय भित्र शिक्षक पदस्थापना गरिएको बिधालयमा हाजिर नभएमा बैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सकिने ब्यवस्था छ?- ३० दिन
२२. प्राथमिक शिक्षा परियोजना लागू भएको पहिलो जिल्ला कुन हो?- सुर्खेत
२३. राष्ट्रिय शिक्षा परिषदमा कतिजना सदस्य रहने ब्यवस्था छ?- २३
२४. निर्णयात्मक मुल्यांकनलाई अर्को शब्दमा के भनिन्छ?- Retroactive Evaluation
२५. राष्ट्रिय परीक्षा बोर्डका मनोनीत सदस्यहरुको पदावधि कति रहने ब्यवस्था रहेको छ?- ४ बर्ष
२६. उत्प्रेरणाको दुइतत्वको सिदान्तका प्रतिपादक को हुन?- हर्जवर्ग
२७. बहुकक्षा बहुस्तर विधिलाई नेपालमा लागू गराउन प्राविधिक सहयोग गर्ने संस्था कुन हो?- RIVER
२८. शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यको पदावधि कति हो?- ५ बर्ष
२९. मानव विकास क्रमअनुसार कति उमेर समुहको अवस्थालाई प्रारम्भिक बाल्यावस्था भनिन्छ?- २-६ बर्ष
३०. स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको क्रम कुन हो?- आवश्यकता पहिचान, उदेश्य निर्धारण, विषयबस्तु छनोट, सिकाइ उपलब्धि निर्धारण, शिक्षण प्रक्रिया, विधार्थी मुल्यांकन
३१. कार्यमुलक अनुसन्धानको चक्रको चरण कुन हो?- योजना,कार्य,अवलोकन, प्रतिविम्बन
३२. उत्प्रेरणाको जेड सिद्धान्तका प्रतिपादक को हुन?- विलियम आउची
३३. दरबार स्कुलको पहिलो नेपाली हेडमास्टर को हुन?- रुद्रराज पाण्डे
३४. राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रममा पढाइ सक्षमताको निर्धारण गर्ने कार्य कुन निकायले गर्दछ?- पाठ्यक्रम विकास केन्द्र              ३५. संस्थागत विधालयले विपन्न , अपांग, महिला, दलित वा जनजाति विधार्थीलाई कति % नघट्ने गरि छात्रावृती उपलब्ध गराउनु पर्ने छ?- १०%
३६. शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरुको पदावधि कति बर्षको हुन्छ?- ५ बर्ष
३७. विधालयको वार्षिक कार्यतालिका निर्माण गर्ने दायित्व कस्को हो?- प्रधानाध्यापक
३८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार शिक्षामा कति % बजेटको ब्यवस्था गरेको थियो ?- १५%
३९. शिक्षक सेवा आयोग नियमावली २०७५ मा कतिवटा अनुसूचीको ब्यवस्था गरिएको छ?- वटा
४०. विकास र परिवर्तन तिब्र हुने अवस्था कुन हो?- योवनअवस्था
४१. मानव विकासको कुन चरणमा बौद्धिक विकास उच्चतम बिन्दुमा पुग्दछ?- किशोरावस्था
४२. औपचारिक शिक्षाको प्रारम्भ पछि आरम्भ हुने विकासात्मक अवस्था कुन हो?- किशोरावस्था
४३. मानव प्रकृतीको अध्ययन नै मनोविज्ञान हो ” यो भनाइ कसको हो?- वोरीङ
४४. आधी तुफानको अवस्था भनेर कुन लाई चिनिन्छ?- किशोरावस्था
४५. मनोविज्ञानको ब्यवहारीक शाखा कुन हो?- शिक्षा मनोविज्ञान
१२. जन्म पुर्वको अवस्थालाई हर्लकले कति चरणमा बाडेकी छ्न?- ३ चरण(जन्मपश्चात ९ चरण)
४६. हर्लकका अनुसार बच्चा जन्मिदा उसको उचाई कति हुन्छ?- २० इन्च(तौल ७.५ पौण्ड)
४७.” शिक्षाको अर्थ देशको तालीम र राष्ट्र प्रतिको माया हो।”यो भनाइ कसको हो?- कौटिल्य
४८. विधालय क्षेत्र विकास कार्यक्रम (SSDP) कुन आर्थिक बर्ष बाट लागू भएको हो?- आ.व २०७३/०७४ देखि
४९. सिर्जनात्मक उमेर भन्नाले कुन अवस्था लाई चिनिन्छ?- उत्तरबाल्यावस्था
५०. मानवतावादी बैज्ञानिक भनेर कसलाई चिनिन्छ?- मास्लो
५१. Zyogote के मा बन्दछ?- Fallopian Tube
५२. DNA ko पूरा रुप के हो?- Deoxyribonucleic Acid
५३. बंशाणुगत निर्धारणका नियमहरु कति छन?-४ वटा
५४. लिङ निर्धारण गर्ने क्रोमोजोम कतिवटा हुन्छन् ?- २ वटा
५५. २३/२३ ओटा क्रोमोजोम मा कति हजार जिन हुन्छ्न?- ४० देखि ६० हजार
५६. “बंशाणुगत गुण पुर्वजबाट सर्ने रोग हो “।यो भनाइ कस्को हो?- Ruth Bendict
५७. “परिपक्वता आफुद्वारा निर्धारीत सिमाभित्र बंशाणुहरुको प्रभावको शुद्द योगफल हो।” यो भनाइ कस्को हो?- गेसेल
५८. Phyligenetic Function के सङ सम्बन्धित छ?- परिपक्वता सङ
५९. Ontogenetic Function के सङ सम्बन्धित छ?- सिकाइको प्रभाव
६०. शिर्षपाद नियम का प्रतिपादक को हुन?- गेसेल
६१. Law of Biometrics का प्रतिपादक को हुन?- Galton
६२. भिन्नताको नियम पत्ता लगाउने ब्यक्ति को हुन?- Darwin and Laymarks
६३. मानव विकास अध्ययन विधि मध्ये लम्बिय विधि को प्रतिपादक को हुन?- Allan A .Stone , Williard Coslan                                                 ६४. जान्न, गर्न, बन्न र सङसङै जिउनको लागि सिकाइ भनी गुणस्तरीय शिक्षालाई चार खम्बाको रुपमा परिभाषित कसले गरेको हो?- युनेस्को
६५.  गुणस्तरीय शिक्षाको सन्दर्भमा विधालय अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण प्रक्रियालाई बिकेन्द्रीत गरि विधालय र स्थानीय तहबाट प्राविधिक सहायता प्रदान गर्ने निति कुन दस्तावेजमा उल्लेख गरिएको छ?- राष्ट्रिय शिक्षा निति
६६. विधालय स्तरको शैक्षिक गुणस्तरको परीक्षण गर्ने निकाय कुन हो?- शैक्षिक गुणस्तर परीक्षण केन्द्र
६७. शिक्षाको गुणस्तर कायम गर्ने सन्दर्भमा शिक्षक अभिभावक संघको गठन कसले गर्दछ?- बिधालय ब्यवस्थापन समिति
६८. आर्थिक बर्ष २०७६/२०७७ मा कति बिधालयको कार्यसम्पादन परीक्षण गरिएको थियो?- ८९५
६९. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हाल विधार्थिको सक्षमताको तहलाई कति तहमा वर्गीकरण गरेको छ?- ६ तह
७०. सुशासनका चार खम्बा केके हुन?- पारदर्शिता, उत्तरदायीत्व, सहभागीता, भविष्यपरकता
७१. नेपालको शैक्षिक इतिहासमा शैक्षिक सुशासन कायम गर्ने पहिलो कानुनी दस्तावेज कुन हो?- शिक्षाको इस्तिहार ,१९९६
७२. नेपालमा क्षतिपूर्ति सहितको नागरिक बडापत्र कहिले देखि कार्यान्वयनमा आएको हो?- वि.स २०७०
७३. अभिलेख ब्यवस्थापनको चक्रमा प्रयोग गरिने CARD को पूरा रुप के हो?- Creation, Administration, Retension, And Disposal
७४. नेता जन्मन्छ तर बनाइदैनन भन्ने भनाइ कुन सिधाान्त सङ सम्बन्धित छ?- गुणमुलक
७५. गुणमुलक नेतृत्व सिद्धान्तका प्रतिपादक को हुन?- चेस्टर बर्नाड
७६. शिक्षकको लागि कार्यमैत्री वातावरण र बिद्यार्थीका लागि उपयुक्त सिकाइ वातावरण सिर्जना गर्ने कुन नेतृत्वको विशेषता हो?- शैक्षणिक नेतृत्व
७७. “मानवजातिको सम्पुर्ण ज्ञान र अनुभवको उच्चतम बिन्दु नै पाठ्यक्रम हो ” यो भनाइ कस्को हो?- फ्रोबेल
७८. Curriculum शब्दको प्रयोग कुन शताब्दीमा भएको हो?- १९ औ शताब्दी
७९. प्रशिद्द शिक्षाविद हिल्डा टावाका अनुसार पाठ्यक्रमका तत्व कति वटा छन?- ५ वटा
८०. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ मन्त्रीपरिषदबाट कहिले स्वीकृत भएको हो?- वि.स २०७६ भाद्र २०
८१. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ तयार पार्दा कतिवटा विषयगत क्षेत्रगत समूह गठन भइ प्रारम्भिक मस्यौदा गरिएको थियो ?- ७ वटा
८२. “कुनैपनी प्रक्रियाको मूल्य निर्धारण गर्ने प्रक्रियालाई मुल्यांकन भनिन्छ।” यो भनाइ कस्को हो?- Dictionary of Good
८३.” पाठ्यक्रम सिकाइको एक योजना हो ” यो भनाइ कस्को हो?- हिल्डा टावा
८४. सम्पती तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ, भनी कुन मौलिक हकमा उल्लेख छ?- महिलाको हक
८५. “शिक्षा जीवन हो, जीवनको तयारी होईन ” यो भनाइ कस्को हो?- जोन डिवे
८६. S.L.C लाई कहिले SEE मा रुपान्तरण गरियो?- वि.स २०७३
८७. खेल उमेर भन्नाले कुन अवस्थालाई भनिन्छ?- पुर्वबाल्यावस्था
८८.  खेलौनाको उमेर भन्नाले कुन अवस्थालाई बुझिन्छ?- उत्तरबाल्यावस्था
८९. प्रत्येक ब्यक्तिलाई निज बिरुद्द गरिएको कारबाहिको जानकारी पाउने हक हुनेछ ।योकुन मौलिक हक अन्तर्गत पर्दछ?- न्याय सम्बन्धि हक
९०. अब्राहम मास्लोको अनुसार उत्प्रेरणाको सबैभन्दा माथिल्लो तह के हो?- आत्मसन्तुष्टि
९१. नंया अक्षराङ्कन पद्धति २०७८ पहिलो संशोधन कहिले भयो ?- वि.स २०७८/११/१८
९२. Wood Worth का अनुसार स्मृतिका तत्वहरु केके हुन?- स्थापना ,धारणा, पुन स्मरण , पहिचान
९३. पुर्व बयसन्धीको अवस्था भनेर कुन अवस्थालाई चिनिन्छ?- उत्तरबाल्यावस्था
९४. प्रेरणा सम्बन्धि Z सिद्धान्तका प्रतिपादक को हुन?- आउची
९५. कक्षा ४ र ५ मा निशुल्क पाठपुस्तक बितरण गर्ने ब्यवस्थाको थालनी कहिलेबाट भयो?- वि.स २०४४
९६. दरबार हाइस्कुललाई भानु मावी नामाकरण कहिले गरियो?– वि.स २०३५
९७. शिक्षा ऐनको ९ औ संशोधन कहिले भएको हो?- वि.स २०७४/०७/०६
९८. परियोजना विधि सर्वप्रथम कसले प्रतिपादन गरेको हो?– Wiiliam. H.Killpatric                        ९९. नेपालमा अपाङ्गता भएका बालबालिकाहरुको लागि समावेशी शिक्षा निति कहिले स्वीकृत भयो ?-वि.स २०७३ पुस २६            १००. नेपालको सन्दर्भमा प्राथमिक तहका लागि सबैभन्दा बढी उपयोगी शैक्षणिक सङगठन कुन हो?- बहुकक्षा शिक्षण

बिध्यालयका लक्ष्य तथा उदेश्यहरु

बिध्यालयका भावि रणनिती तथा कार्यक्रमहरु:

 > 

  • शैक्षिक स्तर वृद्धि गराउन र अभिभावकको रुचि चाहानालाई हामी तर्फ फर्कन वाध्य पार्ने खालको शैक्षिक वातावरण मिलाईने छ भने शिक्षक-कर्मचारी विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका सन्ततिलाई आफू कार्यरत विद्यालयमा नै पढाउनुपर्ने व्यवस्था गरिने छ । 
  • कक्षा नर्सरी देखि कक्षा १० सम्म अग्रेजी माध्यम अध्यापन भई रहेको र कक्षा ११-१२ सम्म पनि अग्रेजी माध्यममा अध्यापन गराई नतिजा १००% पुर्याउने लक्ष्य लिइएका छौ भने आगामी शैक्षिकसत्रमा  भर्नाको लागि Entrance Exam को व्यवस्था गरिने छ । 
  • कम्प्यूटर तथा सुचना प्रबिधी शिक्षामा धेरै विद्याथीको पहुच पुर्‍याउने र बिध्यालयललाई सुचना प्रविधि मैत्री स्मार्ट बिध्यालयको रुपमा बिकास गर्न योजना निर्माण गरी कार्यान्वयन गरिनेछ । 
  • यस मा.वि.मा विज्ञान संकायको सम्वन्धन लिई सकेको तर अध्यापन गराउन नसकेको हुनाले आगामी शैक्षिक सत्र देखि विज्ञान विषयको अध्यापन सुरु गरिनेछ । 
  • आजको युगको आवश्यकता अनुसार प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने कुरालाई ध्यान दिदै प्राविधिकविद्यालय संचालनको लागि प्रकृया अगाडी वढाईने छ । 
  • कार्यक्रम हल, छुट्टै प्रशासनिक भवन, लाईव्रेरी भवन, स्टोर कक्षको, व्यस्थापन गरिने छ । 
  • छात्रावासको व्यवस्था भएको सामुदायिक विद्यालय अभावको कारणले टाढावाट आई कक्षा ९,१०, ११र १२ पढ्न आउने विद्यार्थीहरु वञ्चित हुन परेको छ । यस अवस्थामा आर्थिक पक्ष वलियो वनाउदै छात्रावासको व्यवस्था गरिनेछ ।
  • सबै कक्षाको प्रश्न नोट पावरपोइन्ट भिडियो । 
  • कुन कुन बिषयमा कुन कुन ग्रेड आयो ? कसको कति GPA आयो ? ग्रेड सिटसहित को रिजल्ट । 
  • साना कक्षाको लागि राइम भिडियोहरु। 
  • लेखा साना बचतकोषा ग्रेडसिट प्रवेशपत्र सर्टिफिकेट जेनेरेटर सप्टवेयर। 
  • शिक्षाक सेवा आयोग सामाग्री । 
  • एक्शन रिसर्च प्रपोजल थेसिस केसस्टडी परियोजना कार्य लगायतका सामाग्रीहरु । 
  • अन्य महत्वपूर्ण सामाग्रीहरु ।
थप पढ्र्नुहोस् ।       फर्कनुहोस् ।


© Copyrights 2022 shamser pulami All Rights Reserved.

Design & Developed by : Shamser pulami