पुष २०८०, मंगलवार लौरो खबर : कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका उनलाई पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ ।
न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई समेत थुनामा पठाउन आदेश दिएको हो ।
सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी यसअघि नै कारागार चलान भएका थिए । प्रहरीले ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म ६ जना मात्र पक्राउ परेका छन् । अन्य फरारको खोजी भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।
जनहितका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट जारी सन्देश
१. ईन्टरनेट प्रयोगकर्ताहरुले free VPN को प्रयोग गर्दा निजको डाटा चोरी हुनसक्ने,गोपनीयता भंग हुनसक्ने,अकाउन्ट ह्याक हुनसक्ने लगायतका विभिन्न सुरक्षा जोखिमहरु बढ्ने भएकोले free VPN प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ ।
२.“प्रविधिको प्रयोगले मानव जीवनलाई सहज बनाएको छ । साथसाथै विकृति पनि भित्र्याइरहेको छ । सामाजिक सञ्जाल पनि त्यस्तै हो । यसको प्रयोग हामी केका लागि कसरी गर्दछौँ भन्नेमा हामी स्पष्ट हुनुपर्दछ । गुनासो, कटुता, कुण्ठा, अशिष्टता वा अभद्रता प्रदर्शनका लागि सामाजिक सञ्जालको दुरुपयोग गर्नु हुँदैन ।“
३."सूचना प्रविधिलाई सेवा प्रवाह र उत्पादनसँग जोड्न जरुरी छ। कुन कुन निकायका कुन कुन सेवा अनलाइन विधिबाट प्राप्त गर्न सकिने हो ? यस सम्वन्धमा सम्बन्धित निकायले पर्याप्त सूचना विभिन्न माध्यमबाट प्रवाह गर्नुपर्दछ भने नागरिकहरु पनि सुविधा प्रयोगका लागि अग्रसर हुनु जरुरी छ। साथै सूचना प्रविधि सम्वन्धी उद्योग र व्यवसाय फस्टाउने गरी पारिस्थितिक प्रणाली तयार गर्नुपर्दछ।"
४.सूचना तथा सञ्चार प्रविधिका उपकरण एवम् सामाजिक सञ्जालको प्रयोगसँगै साइबर अपराधसम्वन्धी घटनाको संख्या पनि बढिरहेको छ । साइबर आक्रमणबाट बच्न जुन पायो त्यही लिंक नखौलौँ ।
५.अपरिचित व्यक्तिले इमेल वा मेसेजमार्फत दिएको प्रलोभनमा नपरौँ अनि आफ्नो एकाउन्टको पासवर्ड एवम् बैंकको पिन नम्वर गोप्य राखौँ ।“
६.“जति जति हामी स्क्रिन टाइम बढाउँछौँ त्यति नै हाम्रो फन टाइम घटेर जान्छ, सामाजिकवाट असामाजिक बन्दछौँ, मानवीयता हराउँदै जान्छ, अनि हाम्रो जीवनमूल्य उपर नै प्रश्चन चिन्ह खडा हुन्छ । बेलैमा सोँचौ अन्यथा पछि पछुताउनुपर्ने समय आउनेछ।“
मुख्य कार्यालय
सम्पर्क ठेगाना
पो.ब.नं.: ९९९६ टंगाल, काठमाडौं नेपाल ।
फोन तथा फ्याक्स
फोन नं.: ०१-५२६२१५१, ०१-५२६२११९, ०१-५२६२१७३, ०१-५२६२१०२, ०१-५२६२०५९
हटलाइन नं.: १०७
टोल फ्रि नं.: १६६०-०१-२२२३३
ईमेल: [email protected]
थप सुचनाहरु »
Read and share current News