आज बडादशैंको दोश्रो दिन, घरघरमा दुर्गा भवानीको पुजा आरधना
लेख रचना अनुसन्धान प्रतिवेदन
How to prepare Action Research& Project Report
Subscribe
नेपालका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकलाई पेशागत क्षमता विकास तालिम (Teachers' Professional Development, TPD) दिन शैक्षिक जनशक्ति विकास केन्द्रले देशभरि त्यस्तो तालिम संचालन गर्दै आएको छ । यो तालिमको संरचना (Modality) अनुसार एक पटकमा १० दिनको टीपीडी मोड्युल सञ्चालन गरिन्छ । ती १० दिनमध्ये पाँच दिन टीपीडी हबमा तालिम कार्यशाला (Face to face mode), तीन दिन स्वाध्ययन अभ्यास (Self-study Exercise) र दुई दिन शैक्षणिक परामर्श (Instrucional Counseling) कार्य पर्दछन् । उपर्युक्त तीन दिनको स्वाध्ययन अभ्यासलाई २० देखि ३० दिन मानेर शिक्षकहरूले शिक्षण पेशासँग सम्बन्धित अनुसन्धानमूलक कार्यहरू सम्पन्न गर्नुपर्ने हुन्छ । ( पुरानो व्यवस्था अनुसार)
टीपीडी तालिममा सहभागी शिक्षकले सम्पन्न गर्नुपर्ने अनुसन्धानमूलक कार्यहरूमध्ये परियोजना कार्य (Project Work), घटना अध्ययन (Case Study) र कार्यमूलक अनुसन्धान (Action Research) मुख्य हुन् । प्रत्येक सहभागी शिक्षकले प्रत्येक मोड्युलमा कम्तीमा दुई ओटा अनुसन्धानमूलक कार्य गरी सोको प्रतिवेदन दुई दिनको शैक्षणिक परामर्श खण्डमा पेश गर्नुपर्दछ । यस बाहेक सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूले बढुवा प्रयोजनको लागि कार्य सम्पादन मूल्यांकन फारम भर्दा शिक्षण कार्यसँग सम्बन्धित अनुसन्धानको विवरण उल्लेख गर्नुपर्ने प्रावधान छ । त्यसको पूर्णाङ्क ५ रहेको छ । त्यस्तै शिक्षक सेवा आयोगद्वारा सञ्चालन गरिने लिखित परीक्षाहरूमा पनि घटना अध्ययन र कार्यमूलक अनुसन्धान सम्बन्धी प्रश्नहरू सोधिने प्रचलन छ । यसरी शिक्षा क्षेत्रमा प्रवेश गरेका र प्रवेश गर्न चाहने व्यक्तिहरूका लागि विविध परिवेशमा अनुसन्धानमूलक कार्यहरूको औचित्य झल्किन्छ ।
अनुसन्धान कार्य सजिलो भने छैन । यो समस्यासँग सम्बन्धित, व्यवस्थित, गहन, प्रमाणयुक्त र तथ्यपूर्ण हुनुपर्छ । अनुसन्धान कसरी गर्ने र अनुसन्धानको प्रतिवेदन (Research Report) कुन ढाँचामा लेख्ने भन्ने समस्या प्रायः शिक्षकहरूलाई पर्ने गर्छ । विभिन्न विश्वविद्यालयहरूले स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहमा गरिने अनुसन्धान कार्यका आ–आफ्नै ढाँचा विकास गरेका छन् । त्यस्ता ढाँचा शिक्षकहरूको निम्ति टीपीडी तालिम र अन्य प्रसंगमा समेत अक्षरशः अनुसरण गर्नु व्यावहारिक हुँदैन । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना व्यावहारिक समस्या, तालिम कार्यशालामा व्यक्त प्रतिक्रिया र समय पावन्दीका आधारमा अनुसन्धानमूलक कार्यको प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ ।
This action research report was prepared by Mr. Dharmaraj Ghimire, a secondary school (social) teacher teaching learning in the school. The report prepared after identifying and studying the problems encountered during the teaching learning activities for the purpose of performance evaluation (Ka.Sa.Mu.). This research report is published with the intention that it can be useful for teachers in the teaching service.
Household environment is a framework to a child One spends maximum time in house since born. Many cultural behavious are designed in the house. Father & mother are not only administrative head in the family also they are the behavioural & cultural directors. Along with the parents grandparents, brothers, sisters, uncle-aunt etc.(if they are) too. They have significant role in designing the childrens’ various aspects.
Mother is considered the first teacher for a child. If can be understand that not only a teacher enough for shaping a child’s mind. An individual be inlightened through the education system.
At present, education system is links with form always which are being provided through school,collges etc. Students are send to the academic institutions for study. But only academic institutions can not bright drawtic changes in students until & unless their parents/guardian give good culture & attention toward their offsprings. Education alongwith good cultured remains one of the most important humanitarian intervation to reduce various deformaties regarding livelihood.. If the family members & take good care to a child obviously it would be mutual part to increase the studious nature. Good family environment strenghthen the students learning pace making them disciplined. Many barriers are there which make family environment negative for a learner.
Dimjanata secondary school too faces the problems regarding learning outcomes. Some of them are thought linked with household environment . The school lies north east direction of Sarlahi district having various difficulties.
> ACTION RESEARCH FILE DOWNLOAD INFORMATION
म श्री … विद्यालयमा मा बिगत ३ बर्षदेखि प्रधानाध्यापकको हैसियतले विद्यालयको शैक्षिक,भौतिक आर्थिक प्रशासनिक लगायतका व्यवस्थापनको जिम्मेवारी समाल्दै आइरहेको छु ।
शैक्षिक व्यवस्थापन अन्तर्गत कक्षा व्यवस्थापन हेर्ने जिम्मेवारी कक्षा शिक्षकको हुन्छ तर पनि यसमा प्रअको पनि भूमिका हुन्छ नै । कक्षा कसरी संचालन गर्ने, कक्षा अनुशासन,नियन्त्रण कसरी कायम गर्ने भन्ने अधिकार र जिम्मेवारी शिक्षकमा हुन्छ । यसो भन्दैमा प्रअ जिम्मेवारीबाट पन्छिन सकिदैन । शिक्षकलाई पनि सहयोग पुग्न जाने भएकोले कक्षा अनुशासन तथा नियण्त्रण के कसरी गर्न सकिन्छ भन्ने कुरा म भित्र उब्जिरहन्थ्यो । यस पटक शिक्षकहरुकै सहमति अनुसार मैले हरेक कक्षामा आलोपालो कार्ड प्रयोग गरी कक्षा अनुशासन नियन्त्रण गर्ने प्रस्ताव सहित यो कार्यमुलक अनुन्धान कार्यलई अगाडि बढाएँ ।
शिक्षा मनोविद्हरुको भनाई अनुसार विद्यार्थीलाइ खुल्ला वातावरणमा सिक्ने अवसर दिइनुपर्छ । कडा अनुसासनको नाममा विद्यार्थीहरुको सृजनात्मता मार्न हुँदैन । सं.रा.सँघको बाल अधिकार सम्बन्धि विश्वव्यापी घोषणपत्रले पनि बालबालिकाले आफ्नो व्यक्तिगत बिकास गर्न खेल्न, पढ्न, स्वतन्त्र रुपमा रमाउन पाउनु पर्छ भन्ने व्यवस्था गरेकोछ । बालमैत्री शिक्षाको आधुनिक धारणा प्रवेश भएसँगै विद्यालय बालबालिकाको घर बन्नुपर्छ । उनीहरुलाई घरायसी वातावरणको महसुस गराउनु पर्छ । तर स्वतन्त्रता र बालमैत्री सिकाइको नाममा बालबालिकालाई यत्रतत्र छोडि दिने, कक्षा अनुशासन कायम नराख्ने हो भने पढाइ अस्तव्यस्त हुन सक्छ । तोकिएको समयमा उपलब्धि प्राप्त गर्न कठिनाइ हुने,शिक्षक प्रति नकारात्मक धारणा सिर्जना हुँदै जाने,कक्षामा उच्छृङ्लता बढ्ने,नाजागज आनीबानी बसाल्दै जाने प्रबृति बढ्न सक्ने तथ्यलाई पनि नकार्न सकिदैन । यतिमात्र हैन विद्यालयमा द्वन्द सिर्जना हुने, लड्ने पछार्ने चोटपटक लाग्ने,जस्ता घातक अवस्था पनि हुन सक्छ । यसैगरी कक्षामा शिक्षकले पढाउने क्रममा अनुशासन नियण्त्रण कायम गरी विद्यार्थीको रुचि पढाइप्रति आकर्षण जगाउनु उपयुक्त हुन्छ ।
शिक्षकले पढाउने क्रममा विद्यार्थीै पानी पिउने, ५,१० मिनेट जाने बहानामा कक्षा बाहिर जाने,अनि पटकपटक मे आइ कम इन भनेर पढाइलाइ बाधा पुग्ने,एकै पटक एउटा कक्षाबाट धेरै विद्यार्थीहरु निस्कने,पानी धारा, शौचालयमा आवश्यक भिड हुन, कक्षामा फर्किदासम्म कक्षाको समय नै समाप्त भैसके हुन्छ । यसरी विद्यार्थीहरु यत्रतत्र छरिएर रहदा बाहिरीबाट अभिभावकको गुनासो पनि आउने गरेको र यसबाट शैक्षिक व्यवस्थापन समेतमा समेत बाधा पुग्न गएकोले यसमा केही गर्न आवश्यक छ भन्ने कुरा मनमा खड्कि रहेको थियो यस पटक यसै समस्यामा केन्द्रित भएर कसरी कक्षा अनुशासन र नियन्त्रण गर्न सकिन्छ भनेर यो पेशागत अनुसन्धान थालेको हुँ । घ।समस्याका सम्भावित कारणहरु ः माथि औंल्याइएका समस्याका सम्भावित कारणहरु निम्न हुन सक्छन् ः
ACTION RESEARCH FILE DOWNLOAD INFORMATION
शमसेर पुलामी डिमजनता मा वि लालबन्दी १६ परवानीपुर सर्लाही
नागरिक शिक्षा
नागरिक शिक्षाको आवश्यक्ता र महत्व
यसको आवश्यकता र महत्वहरु निम्न रहेका छन् … Read More
Home Page मा फर्कनुहोस् । पुरा पढ्नुहोस.....As English is an internation language, it should be kept in mind that not being able to speak and write fluently and fluently can affect the lifestyle of Englishs to some extent. For the development of language, it is necessary to develop four aspects including listening, speaking, reading and writing. These four skills complement each other.
Weaknesses of one side alone diminish a person's ability. In the current context, it is imperative to be cautious in identifying the reasons for poor quality of education in the face of increasing investment in the education sector. Since exams are the universal method of evaluating education in our country, no matter how much students listen, speak and read, their writing skills are weak and they do not get the required marks in the exams. Therefore, it seems necessary to remove the weaknesses seen in the field of writing and motivate for standard writing. This research has been done keeping in view the condition of class 5students writing in English in the school where I teach
It is very important to identify the problem and identify the cause of the problem before any activity is carried out.
शमसेर पुलामी डिमजनता मा वि लालबन्दी १६ परवानीपुर सर्लाही
कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी
<--------------------->एक्सन रिसर्च के हो ?
<---------->सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ । विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो ।
एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्षक विद्यार्थी दुबै पक्ष लाभान्वीत गरिने क्रियाकलाप एक्सन रिसर्च हो । यो नामैले अर्थ र काम स्वयम् बोलिरहेको छ । मुख्यतः एक्सन रिसर्च सारमा कार्यमूलक विज्ञान नै हो । सयौं विद्वान एवम् शिक्षाविदहरुले एक्सन रिसर्चलाई परिभाषित गर्दै व्याख्या गर्नुभएको छ ।
लरेन्स स्टेनहाउसका अनुसार शिक्षक आफैंमा एक अनुसन्धानकर्ता हो । अनि वास्तविक कक्षाकोठाहरु नै प्रयोगशाला हुन् र ती शिक्षकबाटै निर्देशित हुन्छन्, न कि नुसन्धानकर्ताहरुबाट । शिक्षक मात्र त्यस्ता व्यक्ति हुन्,जसले विद्यालयलाई बुझेर परिवर्तन गर्न सक्छन् । एक्सन रिसर्च शिक्षकको पेसागत कामसँग प्रत्यक्ष जोडिएको छ । एक्सन रिसर्चलाई निचोडमा बुझ्ने हो भने एउटा शिक्षकले आफ्नो स्कुलमा प्रतिदिन सामना गर्नु परेका समस्याहरु जुन स्वयम् शिक्षकले अनुसन्धानमार्फत् समाधान गर्न सक्ने खालकालाई हल गर्ने विधि हो । निम्न उद्देश्यहरुबाट एक्सन रिसर्चलाई बुझ्न थप मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।>
एक्सन रिसर्चका उद्देश्यहरुः
<---------->१. पाठ्यक्रम कार्यान्वयनमा सुधार गर्नु
२. कक्षाकोठाका समस्याहरु समाधान गर्नु
३. स्थानीय समस्या स्थानीय तहमै समाधान गर्नु
४. समस्या समाधान गर्न वैज्ञानिक चिन्तनको विकास गर्नु
५. विद्यालय प्रणालीलाई प्रभावकारी बनाउनु
६. सिकारुहरुको शैक्षिक उपलब्धिस्तर उकास्नु
७. शिक्षण विधि र शैक्षिक सामग्रमा सुधार गर्नु
८. प्रजातान्त्रिक मूल्य, मान्यता र प्रवृत्तिको विकास गर्नु
एक्सन रिसर्चका महत्वहरुः
<---------->१. वैज्ञानिक चिन्तको विकास
२. अनुसन्धान, पाठ्यक्रम कार्यान्वयन र विषय क्षेत्र सम्बन्धी समस्या समाधान
३. विद्यार्थी अपलब्धीको स्तर वृद्धि
४. पाठ्यक्रम विकासमा सहयोग
५. प्रजातान्त्रिक मूल्य, मान्यता र प्रवृत्तिको विकास तथा संरक्षण
६. शिक्षण सिकाइ सम्बन्धी त्रुटीमा सुधार
७. सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्न सहयोग
८. शिक्षक विद्यार्थी बीचमा सामाजिक कारणले आएको भिन्नता न्यूनीकरणमा सहयोग
एक्सन रिसर्चका विशेषताहरुः
<---------------------->१. स्थानीय चासोका समस्याहरुको तत्काल खोजी गर्न सहयोग गर्ने
२. यो अनुसन्धान शिक्षकले गर्दछन्
३. व्यवहारिक र कार्यमूलक हुन्छ
४. विद्यालय एवम् कक्षाकोठामा प्रयोग हुन्छ
५. पाठ्यक्रमका समस्याहरुलाई वैज्ञानिक प्रक्रियो समाधान गर्छ
६. विकासात्मक ढाँचाको अनुसन्धान परियोजना
७. शैक्षिक क्षेत्र सुधार गर्ने विधि
८. निष्कर्षहरु तत्काल प्रयोग हुने
एक्सन रिसर्चका प्रकारहरुः
<------------>१. एक शिक्षकबाट गरिने
२. समूहद्वारा गरिने
३. विद्यालयतहमा गरिने
४. जिल्लास्तरमा गरिने
५. राष्ट्रियस्तरमा गरिने
<-------------->एक्सन रिसर्चको खाकाः
यसका मुख्य चार अङ्ग हुन्छन् । (क) प्लान (ख) एक्सन (ग) अब्जर्भेसन (घ) रिफ्लेक्सन ।
यी ४ पक्षहरुको चक्र नै कार्यमूलक अनुसन्धान हो । सर्वप्रथम एक्सन रिसर्चको प्रारम्भ योजना निर्माणबाट गरिन्छ र यो योजना निर्माण शैक्षिक समस्यामा आधारित हुन्छ । समस्याको पहिचानपश्चात् सम्भाव्य समाधानका विधि तयार गर्नु योजना निर्माण हो ।
दोस्रो चरणमा, योजना अनुरुप सम्बन्धित समस्या समाधानको विधिमा एक्सनमा जानु हो । यो महत्वपूर्ण चरण भएकोले यसमा यथार्थपरक र वास्तविकता हुनैपर्छ । तेस्रो चरणमा अब्जर्भेसन पर्दछ । यो पहिले र अहिले के भयो भनेर तुलना गर्ने अनि भिन्नताको विश्लेषण गर्ने, एक्सनको पर्यवेक्षण, परीक्षण अत्यन्त सुक्ष्मढंगले गर्नुपर्छ । चौथो चरणमा रिफ्लेक्सनलाई लिइएको छ । यो नतिजाको असर बुझ्ने वा त्यसको प्रभाव कस्तो रह्यो, फेरि के योजना बनाउनुपर्ला ? भन्ने बारेमा यस चरणमा पत्ता लगाइन्छ । यसरी समस्याको पहिचान, समाधानको उपायहरुको योजना र कार्यान्वयन हुँदै ती योजना अनुसारका विधिहरुको प्रयोगको स्वभाव र अवस्थापश्चात् रिफ्लेक्सन चाहिँ नतिजाको असर तुलना, विश्लेषण, थप सुधारका नयाँ योजना नै एक्सन रिसर्चको मुख्य खाका हो, जुन चक्रिय विधि हो । यसरी एक्सन रिसर्चको उल्लेखित ४ स्टेपहरुपश्चात्प्र तिवेदन तयार गरिन्छ । प्रतिवेदनमा तपसिलका बुँदाहरु उल्लेख गर्नुपर्छ ।
एकसन रिसर्च रिपोर्टको नमूना (खाका)
<------->प्रतिवेदनमा तपसिलका बुँदाहरु उल्लेख गर्नुपर्छ ।
<--------------->कार्यमूलक अनुसन्धानको शीर्षकः
१.यस अन्तर्गत शैक्षिक समस्या उल्लेख गरिन्छ, जुन दैनिक फेस गरिएको र समाधान गर्न सकिने हुन्छ ।
२. अनुसन्धानकर्ताको विवरणः यसमा अनुसन्धानकर्ताको नामथर, ठेगाना, विद्यालय र अन्य कुरा समावेश गर्न सकिन्छ ।
३. परिचयः यस अन्तर्गत निश्चित समस्याको एक्सन रिसर्च गर्नुपरेको विवरणबारेको परिचय उल्लेख गरिन्छ । संक्षिप्तमा उक्त समस्याले पारेको प्रभावसँग जोडिएका तमाम पक्षहरुको उजागर गर्नुपर्ने हुन्छ । समस्या पहिचानसँगै यसको पृष्ठभूमि र समस्याको विस्तृतिकरण बुझिने गरी सरल ढंगमा समस्याको कथन प्रतिवेदनमा उल्लेख गरिन्छ ।
४. सम्पादित क्रियाकलापको विवरणः समस्या समाधानको लागि तयार गरिएका अर्थात योजनामा उल्लेखित विधिहरुको क्रमबद्ध विवरण सूची यस प्रतिवेदनको महत्वपूर्ण अंग हो । ती उपाय र विधिहरुलाई कसरी व्यवहारमा लगिँदाको क्रियाकलापहरु प्रतिवेदनमा समेट्नुपर्छ ।
५. विद्यार्थीबाट प्राप्त प्रतिक्रियाः समस्या समाधानको विधि अनुरुप सम्पन्न गरिएका क्रियाकलापको प्रभाव विद्यार्थीमा कस्तो रह्यो ? विद्यार्थीहरु यो समस्या समाधानमा अपनाइएका क्रियाकलापप्रति के प्रतिक्रिया दिन्छन् ? उनीहरुका अनुभव, बुझाइ र प्रतिक्रिया रिपोर्टमा लेख्नै पर्दछ ।
६. अनुसन्धानकर्ताको अनुभवः अनुसन्धानकर्ताले उल्लेख गरेको समस्या, उक्त समस्या समाधानमा प्रयोग गरिएको विधि, उक्त विधिको नतिजासम्म आइपुग्दा प्राप्त अनुभवहरु स्वयम्ले राम्रो नराम्रो, सहज असहज उल्लेख गर्नैपर्छ ।
७. शिक्षण सिकाइमा उपयोगिताः समस्या समाधानमा प्रयोग गरिएको क्रियाकलाप र यसको प्रभाव प्राप्त उपलब्धीले समग्र शिक्षण सिकाइको क्षेत्रमा हुने उपयोगिता उल्लेख गरी प्रतिवेदनलाई पूर्णता दिनुपर्दछ ।
८. निष्कर्षः अन्तमा, औपचारिकता सहितको निचोड उल्लेख गरिन्छ ।