लौरो मिडिया

Home LauroNews Edukhabar Service Contact About

       हाम्रो यो खबर फेशबुक पेजमा

Breaking News

नवशिशु मन्टेश्वरीमा फ्रीमा भर्ना गरिंदै

बिगत 10 बर्षदेखि लालबन्दी नगरपालिका वडा नं ७ मा संचलित नवशिशु मन्टेश्वरीमा सरस्वती पूजा 2080को अवसरमा निशुल्क भर्ना गरिने जानकारी संस्थापक शुशिला कार्कीले जानकारी गराउनु भएको छ । पिजीदेखि कक्षा १ सम्म पढाइ हुने यस मन्टेश्वरीमा मन्टेश्वरी लिएका दक्ष शिक्षकहरुबाट मातृमय र बालमैत्री वातावरणमा पढाइ हँुदै आइरहेको अभिभावकहरु बताउँछन् । यस अलावा ड्रविङ् जिके राइम कम्प्युटरका सामान्य सीपहरुका क्रियाकलाप पनि गराइन्छ । हरेक साप्ताहिकरुपमा कक्षा टेस्ट गरिने र हरेक त्रैमासिक परीक्षाको प्रगतिकार्ड समेत उपलब्ध गराइ मूल्याङ्कन गरिने व्यवस्था रहेको कुरा पनि बताउनु भएको छ ।

मीनपचास भुल्दै काठमाडौँ

रमेश दवाडी

बृहत् नेपाली शब्दकोशमा मंसिर २१ गतेदेखि माघ १० गतेसम्मको ५० दिन अवधिलाई मीनपचास भनिएको छ। अग्रज पत्रकार भैरव रिसाल अहिलेका विद्यालय र विद्यार्थीले मीनपचासको अर्थ नबुझेको बताउँछन्। उनी भन्छन्, ‘वर्षमा ३६५ दिनमध्ये पुसमाघको ५० दिन माछालाई पनि जाडो हुन्छ। त्यसैले मीनपचास भनिएको रहेछ।’

काठमाडौँ उपत्यकाका अहिले जाडो भन्दा पनि पढाईलेखाईमा व्यस्त भएकाले जाडोमा जाडो बिदा पाएका छैनन् । पुस चौथो सातासम्म पनि उपत्यकाका निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन भइरहेको छ। कतै बालबालिका परीक्षा दिइरहेका छन्। कतै कोचिङ क्लासका नाममा बालबालिका बिहानै झोला बोकेर घरबाट निस्किरहेका देखिन्छन्। काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा परीक्षा भइरहेको छ। रत्नराज्य नजिकैको भ्याली भ्युमा पनि परीक्षा जारी छ। डिल्लीबजारस्थित विजय स्मारक माविले परीक्षा सकेर जाडो बिदा दिएको छ। कक्षा १० का विद्यार्थीले त अधिकांश विद्यालयमा बिदा पाएका छैनन्। ती विद्यालयमा एसईईको तयारीका लागि कक्षा सञ्चालन भइरहेको छ। यसले गर्दा मीनपचास बिर्सन लागेकाछन् ।

केही दशकअघिसम्म उपत्यकाका विद्यालयमा मीनपचासको बिदा दिइन्थ्यो। त्यतिखेर पुस पहिलो साता अन्तिम परीक्षा हुन्थ्यो। काठमाडौँ उपत्यकामा फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पनि केही समय बालबालिका पढाइको बोझबाट परै रहन्थे। कतै घुमफिर गर्थे। आफन्तसँग नजिक हुन्थे र सामाजिकीकरणको अभ्यासमा संलग्न हुने अवसर पाउँथे। अहिले त्यस्तो अवस्था छैन। शिक्षण संस्थाले बिदा थोरै दिन दिन्छन् भने प्रशस्त गृहकार्य दिएर बालबालिकालाई अन्य गतिविधिमा लाग्न अवरोध गर्दै आएका छन्। शैक्षिक सत्र पनि वैशाखबाट सुरु हुन्छ।

Leave your comment here

ताजा खबरहरु

रसरंग स्वास्थ्य

धेरैपटक पढिएको खबरहरु

उपयोगी भीडियोहरु

कक्षा नोट भाग ५

जब सँगितले मन छुन्छ

Class Note part 2

Action Research Report

अफिसियल ठेगाना

 डिमजनता माध्यमिक विद्‍यालय, परवानीपुर, सर्लाही

 फोन नम्बर :  9817-826200

 ईमेल :[email protected]
 वेभसाइट : shamser.info.np

 Blogspot : lauro-media.blogspot.com

बिज्ञापनका लागि

 ज्ञानेन्द्र कार्की

 फोन नम्बर :   9844064953

 सुगम दोङ्:

 फोन नम्बर :  9861483792

 PKS:

 फोन नम्बर :  9814842523

Date Converter