राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरु कोशी बाहेक सबै प्रदेशमा विजय भएका छन्
गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार हुनु भएका नेकपा माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी र नेपाली कांग्रेसकी नेतृ विष्णुदेवि सापकोटा पनि विजयी भएको खबर छ ।
माओवादीले मध्स प्रदेशबाहेक ६ वटा प्रदेशमा आफ्नो उम्मेदवार उठाएको थियो । राष्ट्रियसभा उम्मेदवार हुनु भएका माओवादीका उम्मेद्वारहरु जनयुद्धका घाइतेदेखि सहिद परिवारका सदस्यसम्म रहेका छन् । यस स्तम्भमा महिलाको मात्र छोटो परिचय राखिएको छ ।
1) कोशीबाट- चम्मादेवी कार्की- महिला कलस्टर
२) बागमती बाट - श्रीकृष्ण अधिकारी, अपांगता कलस्टर
३) गण्डकी बाट -मनरूपा शर्मा- महिला कलस्टर
४) लुम्बिनी बाट - झक्कु सुवेदी - अन्य कलस्टर
५) कर्णाली बाट - विष्णु विश्वकर्मा, दलित कलस्टर
६) सुदूरपश्चिम बाट- रेणु चन्द , महिला कलस्टर
थप पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फका महिला उम्मेदवारहरुको चिनारी
प्रतिक्रिया जाउनुहोस
थप सुचनाहरु »
Read and share current News