मकरलाई : भोट गर्न सबैमा अपिल

मकरको गीतले राजेश पायल भक्कानिएर रोए

कोच राजेशपायल राईका ट्यालेन्ट मकरबहादुर योञ्जनले दिवंगत गायक खेमराज गुरुङको चर्चित गीत ‘वारि जमुना पारि जमुना’ गाउँदा भ्वाइसको माहोल एकाएक भावुक बन्यो । राजेशपायलले आफूलाई सम्हाल्न सकेनन् र उनी लामै समय भक्कानिए । ।

थप पढ्नुहोस् ।

आफ्ना सन्तानहरुले नेम फेम कमाउँदा हामी अति खुशी हुन्छौं नै । यसै गरी देश विदेशमा खेलकुदमा पदक जित्दा बिभिन्न रियलिटी शोहरुमा नेपालीले भाग लिएर नेपाल र नेपालीको नाम लिँदा हामीलाई खुशी लाग्छ । विश्वकप फुटबलमा बिदेशी खेलाडीहरुको पक्ष लिएर चियर गर्ने हामीलाई आफ्नो गाउँ ठाउँको नाम मिडियामा सुन्दा गर्व नलाग्ला भन्ने कुरै आउँदैन ।

अहिले भै रहेको नेपालको चर्चित रियलिटी शो भ्वइस अफ नेपालमा Blind Audition मा सर्लाही ईश्वरपुर १२ का कैलाश बिक छानिदा सर्लाहीवासी खास गरी ईश्वरपुर नपाका दर्शकहरुमा कम खुशी थिएन तर नकआउट राउण्डमा उनी बाहिरिएपछि सबैजना निराश भए । तर सर्लाही मै जन्मिएका अर्का प्रतिस्पर्धि मकर हेन्जनले आफू सर्लाही मै जन्मिएको बताइरहँदा पनि उनी ओझेल मै थिए । उनलाई त्यति चिन्न सकेको थिएन ।

उनको गायकी प्रतिभाको मूल्याङ्कन चाही नगरेको भने हैन । अब हेक्का सबैले राख्लान भन्ने आशा गर्दछु । हो सर्लाहीको नवलपुरमा जन्मिएका मकर योन्जन हाल सूदुर पश्चिमको कंचनरपुर जिल्लामा बस्ने भएपनि भारतको बिभिन्न ठाउँमा बोलाउने कन्सर्टमा गित गाउने बताउँछन् । सर्लाहीकै एक गायक शिव परियार समकालिन साथी भएको बताए ।

सर्लाही ईश्वरपुर भनेर कैलाशले नाम लिइरहँदा एकातर्फ खुशी नै लागिरहेको थियो भने अर्का तर्फ मेरो ध्यान मकरको आवाजमा ठोकिइरहेको थियो । भनिन्छ First impression is the last impression .तिलक सिंह पेलाको स्वर संगीत रहेको के लत बस्यो भन्ने मकरले गाएको गीतले चारै जना कोचहरुलाई उठाएका थिए भने कोच मिलनले पहिलो बजर बजाउनु भएको थियो मकरले राजेशल पायलको टिम छान्दा कोच मिलन दुखी भएको देखिन्थ्यो । नकआउटबाट पार गरी भोटिङ्म राउण्डको टप १० जनामा छानिए पनि यो हप्ता भोटको कमीले उनी डेन्जर जोनमा परे र बालबाल बचे ।

हुन त अन्य प्रतिस्पर्धि पनि उत्तिकै गायकी ट्यालेन्ट रहेका छन् । सबैलाई उत्तिकै सम्मान छ । तर मकरले सर्लाही त्यसमा पनि छिमेकी वडा नवलपुर भन्दा ध्यान त्यता ति मोडिएको मात्र हो । उनको स्वर पेला भन्दा कम त छैन तर गुरु भनेको गुरु नै हुन्छ । गुरुसँग तुलना गर्न सकिदैन । किनकी गुरु श्रष्टा हो ।

मकरलाई भोट दिन खल्ती एप डाउनलोड गर्नु पर्छ । र त्यहाँ दिइएको Voice of Nepal को मूनि Vote मा थिच्नुपर्छ । खल्ति एप डाउनलोड गर्न Download Khalti मा थिच्नुहोस्

गुरु तिलक सिंह पेलाको आवाजमा यो गीत एक छिन सुनौ ।

२१ वर्षको संगीत साधनामा बिताएँ

के लत बस्यो गीतमा बनेका छोटो भिडियोहरु

आगामी अङ्कमा चितवन निवासी तथा Indian best dancer बिजेता समर्पण लामाको विषय सेरोफेरोमा हुनेछ । सधै साथ रहनुहोला

नेपाल आयल निगम ऋण मुक्त : निगम पेट्रोलियमको मूल्य समायोजन भएन ।

२०७७ सालदेखि घाटामा जान थालेको निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको छ ।

करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम आजदेखि ऋण मुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगम ऋण मुक्त हुँदासमेत मूल्य घटाएको छैन ।

नेपाल सरकारलाई आज अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । तर निगम पेट्रोलियमको मूल्य समायोजन गर्न इच्छुक देखिँदैन ।

नेपाल सरकारलाई आज अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । तर निगम पेट्रोलियमको मूल्य समायोजन गर्न इच्छुक देखिँदैन । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् ।निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर असोजदेखि त्यो प्रणाली पनि लागू गरेको छैन ।

डिसेम्बर १ देखि गुगलले बन्द गर्दै यी जीमेल एकाउन्ट

अहिले हरेक व्यक्तिसँग जिमेल अर्थात् गुगल मेल छ । तपाई पनि जिमेलमा हुनुहुन्छ, तर धेरै सक्रिय हुनुहुन्न भने यो खबर तपाईका लागि हो । तपाईँले सतर्क रहन जरुरी छ ।

गुगलको पछिल्लो निर्णयले केही जिमेल प्रयोगकर्तालाई झट्का लाग्नेवाला छ । कम्पनीले आफ्नो निष्क्रिय एकाउन्ट पोलिसीमा अत्यावश्यक अपडेटको घोषणा गरेको छ । सन् २०२३ को डिसेम्बर १ देखि कम्तीमा २ वर्षदेखि निष्क्रिय जिमेल खातालाई हटाउने योजना कम्पनीले बनाइरहेको छ । कम्पनीले इनएक्टिभ खातासँग जोडिएका कन्टेन्टलाई पनि हटाउने भएको छ ।

यस क्रममा जीमेल, फोटो, गुगल ड्राइभमा भएका डकुमेन्ट, कन्ट्याक्ट आदि पनि हट्नेछन् । गुगलले यही वर्षको मेमा पुराना र डीएक्टिभेटेड एकाउन्टमा चलखेलको सम्भावना धेरै हुने भन्दै यसमा बच्नका लागि डिएक्टिभेटेड एकाउन्ट नीति संशोधन गरेको थियो ।

तपाईँले पनि २ वर्षअघि गुगल एकाउन्ट बनाएर त्यसलाई नचलाई राखिरहनु भएको छ भने कम्पनीको तर्फबाट तपाईँले नोटिफिकेशन पाउनु हुनेछ । त्यसपछि खाता डिलिट हुनेछ । कम्पनीले यस्ता प्रयोगकर्तालाई मेल पठाइरहेको छ । यसमा कम्पनीले प्रयोगकर्तालाई यही डिसेम्बर १ देखि इनएक्टिभ एकाउन्टलाई हटाइने भनेर अलर्ट गरिएको छ ।

धेरै हेरिने फेशबुक पेजहरु
  • lauro_media