०७२ देखि गत भदौसम्म यातायात व्यवस्था विभागका १० महानिर्देशकको पालामा लिखित परीक्षा र ट्रायलविना नै ६६ हजार ६६ थान नक्कली लाइसेन्स जारी भएको भेटिएको छ । नक्कली लाइसेन्सका सम्बन्धमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागबाट कागजात लगेर अनुसन्धान गरिरहेको छ । सबैभन्दा बढी विभागमा महानिर्देशक रहेका रूपनारायण भट्टराईको पालामा जारी भएको छ । महानिर्देशक भट्टराईको पालामा २१ फागुन ०७३ देखि ११ जेठ ०७५ सम्म ३१ हजार ६ सय ६२ नक्कली लाइसेन्स जारी भएको ।
यता मधेश प्रदेशको बिरगंजमा रहेको यातायात व्यवस्था कार्यालय, वीरगन्ज कार्यालयबाट मात्रै ३,६०८ नक्कली लाइसेन्स जारी खबर शुक्रबार नयाँ पत्रिकाले समाचार छापेको छ ।
प्रतिक्रिया जाउनुहोस
थप सुचनाहरु »