लौरो मिडिया
लौरो मिडिया फेशबुक पेजबाट पोष्ट हुने खबरहरु
त्रिविको वेबसाइट कक्षा १२ का विद्यार्थीबाट ह्याक
आइतबार, २१ माघ २०८०त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा शैक्षिक प्रमाणपत्र लगायतका पनिकाले दिने सेवाहरू अनलाइन मार्फत थालेको तर, अनलाइन मार्फत थालेको दोस्रो दिन नै कक्षा १२ मा पढ्दै गरेका विद्यार्थीले ह्याक गरेर आफ्नो फेसबुक लिंक गरेकोले माघ १६ गते पनिकाले वेबसाइट बन्द गरेर साइटलाई बनाउन लागेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका आईटी प्रमुख दीपकबहादुर शाहीले बताएकाछन् । ।
सुरक्षासहितको वेबसाइट बनाउन लागिएको र त्यसका लागि डेभलपरहरूले काम गरिरहेको उनको भनाइ छ । समयसीमाभन्दा अगाडि आएर सेवा दिन खोज्दा केही कमजोरी देखिएको बताए । ‘समयसीमा अनुसार काम गर्नुपरेको थियो । अलि समय लगाएर काम गर्न पाएको भए यस्तो समस्या हुने थिएन होला,’ शाहीले भने, ‘यस्तो समस्या नआउला भन्ने थियो तर, प्रविधिले यति फड्को मारिसकेको छ कि हाम्रै विद्यार्थीले सिकेर सिस्टमलाई सुधार गर्ने मौका वा चुनौती दिएका छन्, त्यो सिस्टम सुधारका लागि मौका पनि हो ।’ ‘पहिला सुविधा मात्र थियो । अब सुविधासँगै सुरक्षा समेत राखेर वेबसाइट बनाउन लागिएको छ । यसमा आईटीको टिमले काम गरिरहेको छ । सम्भव: आज साझसम्म्म सञ्चालनमा आउँछ । प्रमुख शाहीले भने ।
यो बिचमा पनिकाले एमएको नतिजा सार्वजनिक गरेको थियो । तर, विद्यार्थीहरूले त्यो नतिजा हेर्न पाएका छैनन् भने पनिकाले सार्वजनिक गर्ने अन्य सूचना समेत वेबसाइट मार्फत सार्वजनिक गर्न पाएको छैन । आवश्यक गोपनीयता तथा सुरक्षाको ख्याल नगरी नै त्रिविले वेबसाइट सञ्चालनमा ल्याउँदा यस्तो समस्या देखिएको हो भन्ने बताए पनि यसमा त्रिवि प्रशासन कति गैर जिम्मेवारी रहेछ भन्ने थाह हुन्छ । त्रिभुवन विश्वविद्यालय जस्तो शिक्षाको माथिल्लो निकायमा बल्ल बल्ल अनलाइन सुविधाको व्यवस्था गर्न लाग्दा यस्तो फउल्ट आउनु त्रिवि प्रशासनको कमजोरी हो भन्ने कुरा सामाजिक संजालमा आलोचना भंइरहेकोछ ।
ताजा खबरहरु
धेरैपटक पढिएको खबरहरु
उपयोगी भीडियोहरु
कक्षा नोट भाग ५
जब सँगितले मन छुन्छ
Class Note part 2
Action Research Report
सम्पर्क ठेगाना
अफिसियल ठेगाना
डिमजनता माध्यमिक विद्यालय, परवानीपुर, सर्लाही
फोन नम्बर : 9817-826200
ईमेल :[email protected]
वेभसाइट : shamser.info.np
बिज्ञापनका लागि
ज्ञानेन्द्र कार्की
फोन नम्बर : 9844064953
सुगम दोङ्:
फोन नम्बर : 9861483792
PKS:
फोन नम्बर : 9814842523