जीवन होस् त पारिजातको फुल जस्तो,रिसले निमोठेर फ्याँके पनि हातमा सुगन्ध आईरहने
Open link » 1 Open link » 2
पृष्टभूमि ः
नेपालमा औपचरिक शिक्षाको शुरुवात १९१० असोज २७ गते राणाकालबाट शुरु भएता पनि सबै नागरिकले सहजै शिक्षा प्राप्त गर्ने अवस्था थिएन । २००७ सालको प्रजातान्त्रिक व्यवस्था आएपछि धेरै विद्यालयहरु खुल्न थाल्यो । यसैक्रममा नारायण जनता माध्यमिक विद्यालयको स्थापना भयो ।
एशिया महादेशको दुईवटा शक्ति सम्पन्न राष्ट्रहरु चीन र भारतको बीचमा रहेको स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न राष्ट्र नेपालको मधेश प्रदेशको सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं १२ जियाजोरमा सञ्चालित यो विद्यालय वि.स.२०१७ साल बैसाख १ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको हो ।
विद्यालय स्थापनामा शिक्षाप्रेमी ज्ञानबहादुर ठोकर, रुपबहादुर थापा, बलबहादुर श्रेष्ठ, बृजमान मिरिचिङ तत्कालिन जिविस उद्रमान ठोकरको महत्वपूर्ण योगदान रहेको छ । यस विद्यालयले स्थापनाकालदेखि नै आफनो सेवाक्षेत्रमा निरन्तर शैक्षिक सेवा प्रदान गर्दे आइरहेकोे छ । यसैगरी विद्यालयलाई यहांसम्म ल्याई पुर्याउन तत्कालिन प्रधानपञ्च गोपिलाल श्रेष्ठ वडा सदस्य चेतप्रसाद तिमल्सिना, प्र.अ छविरमण तिमल्सिना लगायतका अन्य सहयोगी व्यक्तित्वहरुको पनि विद्यालय विकासमा सहयोगी भूमिका रहेको भनाइ छ ।
अभिभावकको लगानी त्याग तपस्यावाट अनेकौ आरोहअवरोह पार गर्दै यो विद्यालय स्थापना, विकास र विस्तार हुदै आजको यो अवस्था सम्म आईपुगकोको छ । अहिले कक्षा कक्षा ११ र १२ सम्म पढाइ हुन्छ भने कम्पाउण्ड वाल सहित कच्ची १ र पक्की ३ गरी चारबवटा भवन रहेको छ भने २४ जना शिक्षक कर्मचारी रहेका छन् ।
अहिले निजि आवासीय अंग्रेजी स्कूल र सरकारी स्कुल गरी दुई प्रकारको शिक्षा लिन पाउने अवसर छ । आफ्ना छोराछोरीलाई वोडिङ्ग स्कुलमा पढाउने होडबाजी छ । कक्षा ११, १२ मा पढ्दा पढ्दै वैदेशिक रोजगारको लागि बिदेश जाने लहडले माथिल्लो कक्षामा पढ्ने विद्यार्थीको संख्या घट्दो अवस्था छ भने बैदेशिक रोजगारले परिवारको आयआम्दानी बढेकोले यस्ता परिवारहरु शहरबजारतिर स्थानान्तरण हुने गरेको र यातायातको सुविधाले शहरबजारको नीजि विद्यालयमा पढाउने लहड चलेकोले बिगतको तुलनामा विद्यार्थी संख्या घट्दै गएको अवस्था छ । ।
यता यो अवस्था छ भने अर्कोतर्फ नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रुपमा उल्लेख गरिएता पनि आर्थिक अभाव भौगलिक कठिनाइ, सामाजिक संस्कृतिक आदिकै कारणले वालवालिकाहरु शिक्षाको अवसरवाट वञ्चित हुनुपरेको अवस्था छ । आज पनि शिक्षाको राष्ट्रिय नीति नियम स्पष्ट छैन । स्थानिय तह, प्रदेश र केन्द्रले यसको स्पष्ट खाका वनाई नसकेकोले शिक्षामा अन्यौलता कायमै छ । संघीय शिक्षा ऐन संसदबाट पास हुन सकेको छैन । अहिलेको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार पालिकालाई सुम्पेको भएपनि शिक्षा पद्धति उही पुरानै छ । केही विद्यालयमा भौतिक सुविधाहरुको विकास भएपनि शैक्षिक उपलब्धिमा खासै परिवर्तन भएको छैन । विद्यालय विकास त्यस विद्यालयको शैक्षिक गुणास्तरमा झल्किन्छ ।
शैक्षिक गुणास्तरको मापन विद्यालयको भौतिक अवस्था भन्दा पनि विद्यार्थीको सिकाइ उपलब्धिबाट गरिन्छ । सामुदायिक विद्यालयको विद्यार्थीको सिकाइ उपलब्धि कमजोर रहेको तथ्य शैक्षिक गुणस्तर परीक्षण केन्द्र भ्च्इ र विद्यार्थी उपलब्धि परीक्षण ल्ब्क्ब् को प्रतिवेदनले देखाइ सकेको छ । यस्तै अवस्था यस विद्यालयमा पनि देखिन्छ । यस्तो अवस्थाबाट विद्यालयलाई उकासी विद्यालयको भौतिक आर्थिक विकास गरी समग्र शैक्षिक विकास गर्नु अपरिहार्य छ । यसका लागि सही दिशा निर्देश गर्न सक्ने विद्यालय विकासको स्पष्ट खाका बनाउन जरुरी छ । ।
पूर्वपश्चिम साविक महेन्द्र राजमार्गदेखि करिब ८ किलोमिटर उतरमा पर्ने सिन्धुली जिल्लाको क्यानेश्वर को दक्षिणी भागमा रहेको मधेश प्रदेशको सर्लाही जिल्ला लालबन्दी न.पा..वडा नं. १२ जियाजोरको पूर्वी भागमा लखेन्देही खोला, वडा नं. पश्चिम र दक्षिणमा हरिऔन नपा, उत्तरपूर्वमा लालबन्दी न.पा.१३ पर्दछ भने उत्तरतर्फ अग्लो हरियो जंगलले भरिएको जल्केश्वर महादेवको मन्दिर रहेको मनोरम डांडापाखा देख्न सकिन्छ । यस विद्यालयको भौगोलिक अवस्थितिलाई निम्नानुसार छोटकरीमा उल्लेख गर्न सकिन्छ ।
अक्षांश ः उत्तर २७ डिग्री ०७ देखि दक्षिण २७ डिग्री ६’ १७" सम्म
देशान्तर ः पूर्व ८५ डिग्री ३८ मिनेट ११ सेकेण्ड देखि पश्चिम ८५ डिग्री ७४१६७ड्ढ सम्म
उचाई ः समुन्द्रदेखि १६८ फिट अग्लो
हावापानी ः उष्ण मौसमी
औसत तापक्रम ः ग्रिष्ममा ३१ डिग्री से० र हिउदमा २० डिग्री से० सम्म
औषत बर्षा ः१०० मि मि सम्म
भौगोलिक विकटता रहेको क्षेत्रः भालुखोप जल्केनीपाखा, नारायणडाँडा
जुनठाउँबाट बालबालिकाहरु पढ्न आउँछन यसै क्षेत्रहरुलाई विद्यालय सेवाक्षेत्र मान्ने गरिएको चलन छ । सेवा क्षेत्र किटान गर्ने कार्य कठीन हो, त्यसमापनि माध्यमिक तह (कक्षा ११ र सम्म संचालन भएको विद्यालय र भौगलिक बिकटता र विविधताको कारण विद्यालयको सेवाक्षेत्र तोक्न त्यति सजिलो छैन । तरपनि यस विद्यालयको मुख्य सेवाक्षेत्र लालबन्दी नपा वडा नं १२, १३ र हरिऔन न पा वडा नं २ रहेको छ । यस बाहेक वडान ं १४ नारायणखोला, वडा नं ११ को हिरापुरबाट पनि कक्षा ९ देखि १२ विद्यार्थीहरु पढ्न आउने गरेकाले त्यस ठाउँहरु पनि बिद्यालयको सेवाक्षेत्रको रुपमा समेटिएको छ । विद्यालयको सेवाक्षेत्र भन्नाले विद्यालयको शैक्षिक सेवाको पहुंचमा भएको निश्चित गा.पा.÷नपा÷वडा र टोलको सीमालाई बुझनुपछ । योजना निर्माण गर्दा विद्यालयको सेवाक्षेत्र ९ऋबतअजmभलत ब्चभब०को स्पष्ट सीमाङ्कन गर्नु आवश्यक हुन्छ । विद्यालयमा अधिकतम् सङ्ख्यामा अध्ययन गर्न आउने विद्यार्थीहरू वसोवास गर्ने गाविस, वडा, गाउँ÷नपा÷टोललाई आधारमा विद्यालयको सेवाक्षेत्रको निर्धारण गरिएको हुन्छ । (विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०७१ )
विद्यालय रहेको सेवाक्षेत्र खोलानाला, डाँडापाखले भरिएको भौगलिक क्षेत्र हो । यस क्षेत्रमा तामाङ, माझी, मगर, श्रेष्ठ बिक र परियार लगायत ब्राम्हणक्षेत्री जस्ता मिश्रित समुदाय रहेको छ । आ–आफनो जातअनुसार भाषा बोलीचाली रहनसहन भेषभुषा संस्कारसंस्कृति फरक–फरक रहेपनि केही कुरामा समानता देख्न सकिन्छ । दशै, तिहार, तिज श्रावण संक्रान्ति चाडपर्व प्राय सबै जातिले मनाउने गरिन्छ । तामाङजातिले सोनाम लोसार मनाउँछन् । यस विद्यालयमा तामाङ् जातिको बालबालिका बढी भएको र मातृभाषाको कारणले नेपाली भाषाको पढाइमा बाधा पुगेको देखिन्छ ।
यो ठाउंको प्रमुख विशेषता भनेको सामाजिक विविधतामा सामाजिक सदभाव तथा एकता रहनुलाई लिन सकिन्छ । विकासको पुर्वाधारमा बजार बित्तियसंस्था, संचार, यातायात, सुरक्षाको समस्या अझै पनि बिद्यमान छ । बाहुनीडाडाँ, हिरापुर, पत्थरकोट, भालुखोप, नारायणखोलामा यातायातको जटिल समस्या छ । बर्षाको समयमा खोलाबाढीको कारण विद्यार्थी संख्या न्युन हुने गर्दछ । कहिलेकाहीं पढाइ हुँदाहुँदै पढाइ छोडेर घर जानुपर्ने बाध्यता रहेको छ । लखेन्दही खोला छेउको मैठी जग्गा विद्यालयले हकभोकमा रहेपनि निजीश्रोतमा विद्यालय सञ्चालन गर्नका लागि मैठी जग्गा बेच्नु परेको थियो । यहाँ सिचाई सुविधा रहेकोले धान मकै गहुँ खेती तीनबाली लगाउँछन् । यसैगरी सेना, पुलिस, शिक्षक पेशामा यहाका मानिसहरु संलग्न छन् । अधिकांश युवाहरू बैदेशिक रोजगारीको लागि अरब, कतार, साउदी, कोरिया, मलेशिया, जापान, अमेरिका आदी देशहरुमा गएका छन् । मातुभाषा बोल्ने सामाजिक सांस्कृतिक विविधता रहेको ठाउंको प्रभाव विद्यालयमा प्रत्यक्ष परेको देखिन्छ । विद्यालय अवस्थित समुदायको अवस्थालाई निम्न तालिकामा प्रस्तुत गर्न सकिन्छ । ।
Copyright © All right reserved to https://shamser.info.np Site By: .