Site Map Call Now Admission
लालबन्दी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ ।    शिक्षकका लागि उपयोगी शिक्षा र शिक्षकसम्बन्धि प्रचलित भनाइहरु    @lauro_media youtube channel मा सुचना बिज्ञापन र समाचार वाचनको लागि एकजना वाचिका चाहिएको छ । इच्छुकले Contact राख्नुहोला ।
दरबन्दी मिलान : दुम्सिलाई खुर्सानीको धुवाँ
लालबन्दी नपा कार्यालय

Editor सम्पादकीय धारणा

कुनैपनि संस्था सुचारुरुपमा संचालन गर्नका लगि जनशक्तिको आवश्यकता पर्दछ । शिक्षाक्षेत्रमा शिक्षा लिनेदिने थलो विद्यालयहो । विद्यालयको जनशक्ति भनेको शिक्षक नै हो । शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक व्यवस्थापन हुनु जरुरी छ । शिक्षक व्यवस्थापन भनेको शिक्षक दरबन्दी किटान, दरबन्दी मिलान,नियुक्ति र सरुवा बढुवा गर्ने कार्यहरु हुन । यसमा प्रअ व्यवस्थापन पनि पर्छ । नेपालमा १९१० असोज २७ गतेदेखि संस्थागतरुपमा शिक्षा दिने शुरु भएपश्चात लामो अवधिसम्म विद्यालयको आयआम्दानी शिक्षण शुल्क (हाल अभिभावक सहयोग / विद्यालय विकास / विद्यालय सुधार ) वडा/पालिकाको सहयोग, देउसी भैलो, हाटबजार पोखरी, दान, गुठी, चन्दाले शिक्षक व्यवस्थापन हुँदै आयो । यधपि अहिलेपनि कायमै छ । यता सरकारले शिक्षक दरबन्दी नभनेर रहात पिसएफ बालबिकासको नाममा अनुदान दिंन लाग्यो । अहिले पनि शिक्षण सिकाइ अनुदान स्वयं सेवक नानाथरीको शिक्षक भर्ना अभियान थालेको छ । लामो समयसम्म अस्थायी शिक्षकमा काम गर्दै अस्थायी दरबन्दीलाई स्थायी दरबन्दीमा कायम गरी पुरानै शिक्षकलाई स्थायी नियुक्ति दिने प्रक्रिया अघि बढाएसँगै हरेकवर्ष शिक्षक सेवा आयोगले स्थायी नियुक्तिको सिफारिस गर्दै आएको छ । धरै बर्षदेखि जमेरबसेको रिक्त कोटामा बाहेक नयाँ दरबन्दीमा शिक्षक नियुक्त हुन सकेको छैन । यता बर्षेनी विद्यालय संख्यामा मात्र हैन अपग्रेड हुने होडबाजी बढ्दो छ । यस वेभसाइटमार्फत दशैं तिहार छठ पर्वको शुभकामना सन्देश दिनको लागि सबै प्रधानाध्यापकहरुमा हार्दिक अनुरोध गर्दछु ।

शिक्षा एेन २०२८ लागू भएपछि विद्यालय संरचना र शिक्षक व्यवस्थापनको काम शुरु भयो । तर एउटा विद्यालयमा कति शिक्षक रहने भन्ने कुरा अन्यौलमै रह्यो र धेरैसमयपछि शिक्षा नियमावली २०५९ को नियम ९२ मा अनुसूचि १२ अनुसारको शिक्षक दरबन्दी किटान गरियो । विगतको अभ्यास हेर्दा दरबन्दी किटान गरिएपनि राज्यबाट दरबन्दी वितरण नहुँदा नीजिश्रोत शिक्षकबाट काम चलाउँदै आएको पाइन्छ । राज्यले वितरण गर्ने दरबन्दी शिक्षा नियमावली अनुसार नहुने पछिल्लो समयमा विद्यालय अपग्रेड हुने तर दरबन्दी नहुने नीजि विद्यालयमा भर्ना हुने कारणले सरकारी विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको अवस्था छ । यसैगरी शहरबजारतर्फ स्थानान्तरणका कारण शहरबजारका विद्यालयमा विद्यार्थी चाप बढ्दो छ तर भौतिक संरचना नाजुक अवस्थामा छ ।

बालबालिकाहरू जहाँ छन, त्यहा शिक्षा पुग्नुपर्दछ भन्ने मान्यताका साथ शिक्षामा मानव अधिकारको अवधारणा अनुसार शिक्षासम्बन्धी उच्चस्तरीय आयोग २०४९ को हरेक २ कि.मि भित्र विद्यालय हुनुपर्छ भन्ने सुझाव र सबैका लागि शिक्षा कार्यक्रमले गाउँ गाउँमा विद्यालय निर्माण गरि दिए । तर अहिले ती विद्यालयहरु खाली हुँदै गएर एउटा विद्यार्थीमात्र पढाइरहेको चित्र सामाजिक संजालमा देख्न थालेको छ । यस अर्थमा दरबन्दी वितरण दरबन्दी मिलान र सरुवाको विषयमा बहस हुनु सान्दर्भिक छ ।

कसैको बाटोमा काँढा नबिछ्याउ किनकी त्योमा बाटोमा तिमी फर्केर आउनुपर्छ ।

के कसरी व्यवस्थापन गर्ने कुन आधारमा कुन मापदण्ड अपनाउने भन्ने विषयमा अलमलिरहँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६।०५।०४ मा शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ तयार पार्यो । कार्यविधिमा भनिएको छ नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशजमको दरबन्दी मिलानको कार्य स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान प्रकियागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले यो कार्यविधि बनाई लागु गरिएको हो । यस अघि शिक्षक व्यवस्थापनमा केन्द्रित रहेर यो दरबन्दी मिलान ई पुस्तिका पनि तयार पारिएको छ । यस कार्यविधिले पालिकहरुलाई शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनमा सहज बनायो र कतिपय पालिकाहरु स्थानीय सरकारको आफनै राजपत्रमा शिक्षा एेन जारी गरी शिक्षक दरबन्दी मिलान कार्य पनि सम्पन्न गरिसकको छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिमा खुद पुल दरबन्दी पुनरर्वितरण गरको वा गरिने स्थानीय तहमा स्वेच्छिक रुपमा जान चाहने शिक्षकको लागि निवेदन आव्हान गरी प्राप्त निवेदनको छानविन गरी उपयुक्तता समेत हेरी स्थानान्तरण गर्ने तर यसरी शिक्षकको स्थानान्तरण गर्दा महिला शिक्षकलाई यथासक्य घरपायक पर्नेगरी स्थानान्तरण गरिने उल्लेख छ । यसैगरी, निवेदन दिने शिक्षकको संख्या धेरै हुन आएमा महिला शिक्षकलाई प्राथमिकता दिई बाँकी दरबन्दीको हकमा शिक्षकको नियुक्त मितिको श्रेष्ठताको आधारमा स्थानान्तरण गरिने उल्लेख गरिएको छ ।

हेर्नुहोस् कार्यविधि......

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार धेरै पालिकाहरुमा शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न भैसको छ । सर्लाही जिल्लामा भने बरहथवा नपाले यो कार्य गरेको छ । लालबन्दी नपामा भने विगतवर्षदेखि शिक्षक दरबन्दी मिलान र सरुवाको विषयमा विषय उठान नभएको हैन। दरबन्दी मिलान नभएपनि केही फाट्फुट्ट सरुवाको काम पनि भयो। यसअघि प्रअ व्यवस्थापन भै सकेकोछ । प्रअ व्यवस्थापन भैरहँदा पनि व्यापक हल्ला नै मच्चिएको थियो । तर प्रअ व्यवस्थापनमा धेरैले प्रअ हुन चासो नदेखाएको अथवा एउटा बसिआएको ठाउँमा किन नराम्रो हुनु भन्ने मनशायले पनि उथलपुथल हुन पाएन । यस विषयमा विषय उठान नहुँदा हाल प्र अ हरु ढुक्क अवस्थामा छन् ।

लाश छोप्ने कात्रोमा गोजी हुँदैन मशानघाटमा रोगी हुँदैन तिमी मरेपछि तिमीसँग भिखमाग्न जोगी आउदैन

केही दिन दरबन्दी मिलान भन्दा पनि सरुवाको हल्लाले उग्ररुप लियो । धेरै वर्षदेखि एउटै विद्यालयमा रहेका घरपायक शहरी क्षेत्रमा सपरिवार बस्ने टिउशन कोचिङ् चल्ने काम पाउने अङ्ग्रेजी माध्यम र कक्षा ११ १२ र क्याम्पसमा पार्टटाइम काम पाउने अर्थात बृतिविकास हुने विद्यालयहरुका शिक्षकहरुमा खासमा एक किसिमको तनाव नै थियो । पछि नगर प्रमुखको कार्यालयले बिज्ञप्ती निकाली अनावश्यक हल्लाको पछि नलाग्न अनुरोध गरेपछि धेरैजना ढुक्क भएका छन् । तर बिज्ञप्तीमा शिक्षक दरबन्दी मिलानको विषय पनि उठेकोले विद्यार्थी अनुपातमा शिक्षक स‌ंख्या कम भएका विद्यालयका शिक्षकहरु केही तनाब कायमै रहेको देखिन्छ । बिज्ञप्तीमा दरबन्दी मिलानको कारण खस्किदो एस इ इ को नतिजा नगर शिक्षा सुधारलाई जनाइएको छ । साथसाथै संबिधान कानुन र अधिकारको प्रशङ्ग जोडेको हुँदा यस विषयमा थोरै कुरा कोट्याउन मन लाग्यो । शिक्षाको सुधारमा पालिका अझ भनौ जनप्रतिनिधि जिम्मेवार हुन्छ नै / यता कानुनले पनि अधिकारसम्पन्न जिम्मेवार निकाय बनाएको छ । यस हिसाब सुझबुझकासाथ शिक्षा सुधारमा लाग्नुपर्छ । बिचार नगरी कामै नगरी हल्लैहल्ला मच्चाएर शिक्षा सुधार्छु भन्नु किमार्थ सहि मानिदैन । केवल एस इ इ को नतिजालाई मात्र आधार मानेर दरबन्दी मिलान गर्नु त्यति उचित लागेन । फेरि शिक्षा जस्तो संवेदनशील कुरामा दीर्घकालीन र गम्भिर असर पुर्याउने काम गरिनुहुँदैन । यस विषयमा हल्ला भन्दा बहस छलफल हुनुपर्छ । शिक्षकहरुको बिचार लिइनुपर्छ ।

यस वेभसाइटमार्फत दशैं तिहार छठ पर्वको शुभकामना सन्देश दिनको लागि सबै प्रधानाध्यापकहरुमा हार्दिक अनुरोध गर्दछु ।

एउटा डक्टर खराब हुँदा दुईचार बिमारीको मृत्यु भने एउटा शिक्षक बिमारी हुँदा दुनियाँ मर्छ । काम गर्ने एउटा शिक्षकको मनस्थिति नबिगारी हामीले गर्न खोजेको कुराहरु हल्ला नगरीकनै सम्पन्न गर्न सकिन्छ । दरबन्दी मिलान गर्नु पहिले हामीले सबै प्रक्रिया पुरा गर्नुपर्छ नै । नगरक्षेत्रको सामाजिक, भौगिलिक, शिक्षक, विद्यार्थीको छुट्टाछुट्टै प्रोफाइल, नक्शाङ्कन आदिको निर्माण गरिनुपर्छ । यसमा विद्यालय मर्जको पनि कुरा आउँछ भने विद्यालय मर्जको कुरा गर्दैगर्दा संबिधान र अन्तर्राष्ट्रिय सन्धिसंझौताको भावनालाई पनि ख्याल गरिनुपर्छ । कतिपय विद्यालय खास गरी कक्षा छ देखि माथि कक्षा चलेका विद्यालयमा विषयगत शिक्षकको अभाव छ । कक्षा ११/१२ चलेको विद्यालयमा २ जना अनुदानको शिक्षक रहेका छन् । धेरैजसो विद्यालयहरुमा तल्लो तहका शिक्षकले धानिरहेको अवस्था छ । शिक्षाको गुणस्तरको कुरा गर्दा बहुविषयको कुरा आउँछ । माद्यमिक तहबाट विद्यार्थीले विषय रोजेर क्षमता अनुसार पढ्न पाउनु पनि शिक्षामा सुधार आएको मानिन्छ । तर शिक्षक अभावले यो देखिदैन । खाए खा नखाए घिच भन्ने जस्तै छ । यसलाई पनि मध्यनजर गरी दरबन्दी मिलान हुनुपर्छ । यस्तो कुरा उठाइरहँदा हामीसँग शिक्षक पर्याप्त छन त ? चाहे तल्लो तहकै शिक्षक किन नहोस विद्यालय संचालन गर्न शिक्षकको जोहो गरिनुपर्छ । अनिमात्र दरबन्दी मिलान कार्य सफल होला । दरबन्दी मिलानको क्रममा बृति विकासको अवसर पाइरहेका शिक्षकहरुलाई असर नहुने शिक्षक स्थानान्तरण (सरुवाको नयाँ भाषा) गरिनुपर्छ। दरबन्दी मिलानको नाममा मन नपर्ने शिक्षकलाई दुम्सिलाई खुर्सानीको धुवाँ हालेर लखेटेजस्तो अन्त सार्ने काम गरिनु हुँदैन । विद्यालय मर्ज हुने ठाउँमा बैकल्पिक व्यवस्था गरिनुपर्छ । जस्तै रुटिन बनाएर नगर भित्रका एक शिक्षक एक दिन त्यहाँ गएर पढाउने वा पढेलेखे व्यक्ति वा विद्यार्थीलाई पढाउन दिने वा जगेडाका शिक्षकलाई अलोपालो गराउनेआदि

यस वेभसाइटमार्फत दशैं तिहार छठ पर्वको शुभकामना सन्देश दिनको लागि सबै प्रधानाध्यापकहरुमा हार्दिक अनुरोध गर्दछु ।

दरबन्दी मिलान गर्नुको विकल्पमा भावी दिन यो कुरा अवम्बन गरिनुपर्छ

  • १.अपग्रेडको व्यवस्थालाई साविमाभन्दा कडा बनाउने
  • २.विषयगत स्थायी दरबन्दी कोटा बढाउने
  • ३.हरेक दुईबर्षमा प्र अ र शिक्षकको स्थानान्तरणको व्यवस्था गर्ने
  • ४.शिक्षक स्थानान्तरणको मापदण्ड तयार गर्ने
  • ५.सामुदायिक विद्यालयमा भर्ना गराउन नीतिगत व्यवस्था गर्ने

दरबन्दी मिलानबाट नगरको शिक्षा सुधार हुन्छ भने यसमा पछि हटनु हुँदैन । राम्रो काममा त सबैको सहयोग हुन्छ नै । नकात्मक हिसाबले लिन सकिदैन ।यस कार्यमा सानो सहयोग पुगोस भन्ने आसयले पनि यो लेख तयार पारिएको हो । यसमा शिक्षक अभिभावक जनप्रतिनिधिहरुको बिचार संकलन गर्न गुगल फर्म बनाएका छौं । कसैले भोइस रेकर्ड गरी यसमा राख्न चाहनु हुन्छ भने पनि Voice Record गरी contact मा गएर अपलोड गरि पठाउन सकिन्छ । हामी यसलाई परीक्षण गरेर यस स्तम्भमा राखिदिनेछौं । हामीले लालबन्दी नपामात्र हैन अन्य पालिकालाई पनि शिक्षक दरबन्दी मिलान कार्यमा सहयोग पुगोस भनेर शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ र बिभिन्न पालिकामा बनाइएको शिक्षक दरबन्दी मिलान कार्यविधिहरु पिडीएफमा डाउनलोड हुने गरी राखेकाछौं ।

Editor दरबन्दी मिलान सुझावपेटिका

२०८१/०५/१७, सोमबारका दिन नगर प्रमुखको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिप्रति हाम्रो ध्यान आकृष्ट भएको छ । दरबन्दी मिलान गर्न आवश्यक मापदण्ड तयार गर्ने बिषयमा समाजका बुद्धिजिवीहरु, शिक्षा प्रेमिहरु तथा राजनीतिक दलहरुवाट समेत रचनात्मक सहयोग माग भएकोले shamser.info.np र लौरो संचारले दरबन्दी मिलानमा हाम्रो सुझाव भन्ने स्तम्भ राखेका छौं । यसमा आफ्नो राय बिचार सल्लााह लेखि पठाउन वा Voice Record गरी तल दिइएको गुगल फर्ममा भरेर पठाउनुहोला ।

Recorded Voice पठाउन

  • शमसेर ब.मगर
    शिक्षक डिमजनता मा वि

  • सुमन मैनाली
    शिक्षक डिमजनता मा वि

  • नियम कानुन बाझिने गरी दरबन्दी मिलान गर्न पाइनेछैन । दरबन्दी मिलान भन्दा दरबन्दी बढाउन तर्फ जोड दिइनुपर्छ ।
    सुवास चौलागाईं
    शिक्षक डिमजनता मा वि

  • दरबन्दी मिलानका अभ्यास बिगत वर्षमा नभएका हैनन्। मैले त डे वान भन्दै आएको छु दरबन्दी मिलान हुनै सक्दैन भएछ भने शिक्षालाई १० वर्ष पछि धकिलिन्छ ।
    ज्ञानेन्द्र कार्की
    शिक्षक डिमजनता मा वि

  • शिक्षक दरबन्दी मिलानका कुरा मात्र हामी न्युन तलबमा खटिने कर्मचारीको सेवा सुविधा बढाउने तर्फ चाही नपाको ध्यान किन जाँदैन । हामी कर्मचारीलाई पनि बृति विकास हुने स्कुलमा सारि दिनुहोला ।
    सुगम दोङ्
    लेखा कर्मचारी डिमजनता मा वि

  • पुल दरबन्दी सम्बन्धी व्यवस्था यकिन गरिनुपर्छ ।
    नकुल सर
    बिज्ञान गणित शिक्षक डिमजनता मा वि

  • प्रेरक भनाई‌हरु

    सुखमा नमातिने दुखमा नआतिने गुणहरुको विकास हुनु नै शिक्षा हो । ।
    जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।   Read more

    Email: [email protected]
    Profession: teaching (Gvt)
    Education: M.A.(Pol.Sci.), M.Ed.(EPM)
    Blood Group: (O+)

    view more profile

    दरबन्दी मिलानको विषयमा आफ्नो सुझाव दिनुहोस् ।   lauro_media youtube channel मा सुचना बिज्ञापन र समाचार वाचनको लागि एकजना वाचिका चाहिएको छ । इच्छुकले Contact राख्नुहोला । लालबन्दी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा बिभिन्न अतिरिक्त कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ । शिक्षा र शिक्षक सम्बन्धी प्रचलित भनाइहरु