चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने।     भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु

  भुकम्पले विद्यालयको भवन भत्किए पछि  

विद्यार्थी चिसो भुईंमै, १ अर्ब बजेट लुछाचुँडी

यस वेभसाईटमा बिज्ञापन दिनुभएका सेवाग्राहीहरुले Open link मा Click गरी भुक्तानी गरिदिनुहोला ।

Open link » 1 Open link » 2

भुकम्पले विद्यालयको भवन भत्किए पछि जाजरकोट र रुकुम पश्चिमका विद्यार्थी चार दिन यता खुला चौरमा बसेर पढ्न बाध्य छन् । गत कात्तिक १७ मा भुकम्प गए पछि रोकिएको पढाई सोमबार देखि सुरु भएको हो । विद्यालय खुलेपनि विद्यार्थीहरुमा अझैपनि भूकम्प जाने होकी भन्ने डर त छँदै छ । यता विद्यालय गएपनि विद्यार्थी चिसो भुईमा बसेर पढ्नु पर्ने बाध्यता छ । मंसिर लागे लगत्तै जाडो पनि बढ्दै गएको छ । यता विद्यार्थी चिसो भुईमा बसेर पढिरहँदा संघमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १ अर्ब बजेट नेताहरुको गृह जिल्लाको विद्यालयमा योजना पार्न हानाथाप सुरु भएको छ ।

भुकम्प प्रभावित जिल्लाका विद्यार्थीको बिजोगलाई भुलेर शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारीले कार्यक्रमको बजेट बाँडफाँट सम्बन्धी सूचना तत्काल निकाल्न कर्मचारीलाई दवाव दिइरहेकी छन् । सांसदहरुले पनि आफ्ना क्षेत्रमा यो कार्यक्रमको बजेट माग गर्दै मन्त्रालयमा निवेदन दिएका छन् । मन्त्रालयले १ अर्ब बजेट मध्ये ४४ करोड कक्षा कोठा निर्माण, ३७ करोड आइटी ल्याब र १९ करोड पढ्दै कमाउँदै योजनामा खर्च गर्ने योजना बनाएको छ । यो समाचार edukhabar.com मा छापिएकाछन्

यो बजेट बाहेक केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा ०७२ को भुकम्पले आशिंक क्षति भएका विद्यालयको पुननिर्माण गर्न एसियाली विकास बैंकले दिएको करिब २ अर्ब रुपैयाँ पनि छ । ‘एडिबीले यो रकम भुकम्पले क्षति भएका जागरकोट, रुकुम, बाजुरा, बझाङमा खर्च गर्न तयार छ त्यसको लागि मन्त्रालयले पहल गर्नु पर्ने हुन्छ’ इकाईका एक अधिकारीले भने ।

भुकम्पले क्षति भएको विद्यालयका विद्यार्थी खुला ठाउँमा बसेर पढिरहेकोले उनीहरुलाई चिसोबाट जोगाउन तीन बर्षसम्म टिक्ने अस्थायी संरचना बनाउन जरुरी रहेको कर्णाली प्रदेशका कामु प्रमुख सचिव चुडामणि पौडेलले बताए । ‘संरचना बनाउन स्थानीय र प्रदेशसंग बजेट छैन’०७२ को भुकम्पले क्षति भएको विद्यालयको पुनिर्माण गर्ने इकाईको यसअघि नेतृत्व गरिसकेका पौडेलले भने, ‘राष्ट्रपति शैक्षिक सुधारको बजेट तत्काल उपलब्ध गराएर पढ्न आवश्यक पर्ने संरचना बनाउन सकिन्छ ।’

इकाई र मन्त्रालयको दुबै बजेट भुकम्प प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्र बनाएर पनि १० अर्ब बराबरको पक्की संरचनाको टेण्डर गर्न सकिने शिक्षा विज्ञान तथा मानव स्रोत विकास केन्द्रका एक निर्देशकले बताए । ‘१ अर्ब रुपैँया बिगतको जस्तै मन्त्रालयमा बाडिचुढीको प्रयास हुदैछ त्यसलाई भुकम्प प्रभावित जिल्लाको संरचना बनाउन खर्च गर्नुपर्छ’ ती निर्देशकले भने । विद्यालयको सिकाइ सामाग्री र पाठ्यपुस्तक आवश्यक रहेको स्थानीय तहका अधिकारीहरु बताउँछन् । स्थायी संरचना बनाउन तीन वर्षसम्म लाग्ने भएकोले त्यस अवधिसम्म धान्ने अस्थायी सिकाइ केन्द्र बनाउन बजेट आवश्यक रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज काफ्लले बताए । एउटा सिकाइ केन्द्र बनाउन कम्तीमा ३ लाख रुपैयाँ लाग्ने अनुमान छ । शिक्षा सचिव सुरेश अधिकारीले भुकम्पले क्षति भएको विद्यालयको पुननिर्माणको लागि बजेटको खोजी भई रहेको बताए ।

‘कम्तीमा ५ सय विद्यालय बनाउनु पर्ने छ,’उनले भने,‘ढुङगा र माटोले बनेको संरचना भुकम्पले बस्नै नहुने बनाएको रिपोर्ट आएको छ । यस विषयमा अर्थ मन्त्रालयमा पनि छलफल भइरहेको छ ।’ केन्द्रीय आयोजना कार्यान्वपयन इकाईसंग समन्वय गरेर ड्रोइङ डिजाई र बजेटको छलफल भइरहेको उनले बताए ।

  विद्यार्थीलाई किताब बोक्न नपर्दा 

नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन् । विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाए पछि उनलाई हिजोआज सजिलो भएको छ । पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको उनको भनाइ थियो । छात्र बोहराले भने, “किताब र खाजा विद्यालयमा नै उपलब्ध हुन्छ, अहिले कपी कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।” चालु शैक्षिक सत्रदेखि कालिका नमूना माध्यमिक विद्यालय गैँडाकोट नगरपालिका–८ ले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको हो । विद्यालयको हरेक कक्षामा ‘बुक कर्नर’ बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमका पुस्तक उपलब्ध गराउने गरिएको छ । पहिले झोला गहुँगो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउने गरेका छन् ।

कक्षा २ मा अध्ययनत छात्रा वर्षा भुसाल पनि विद्यालयको सुविधाले खुसी छिन् । शिक्षकले किताब नल्याउन र स्कुलकै किताब पढ्न भने पनि उनले कहिलेकाहीँ किताब लिएर आउने गरेको जानकारी दिए । उनले भने, “विद्यालयमै किताब छ तर कहिलेकाहीँ एक–दुई वटा किताब ल्याउँछौँ । तर हामीले कक्षामा नै किताब पाउँछौँ ।

कक्षा ३ मा अध्ययनत आदित्य गौतमले आफ्नै कक्षामा भएको ‘बुक कर्नर’बाट जुन विषय अध्ययन गर्ने हो सोही किताब निकालेर पढ्ने गरेको जानकारी दिए । “किताब घरमा छुट्यो भन्न पनि पर्दैन, स्कुलमा पाइन्छ अझै आफ्नै कक्षामा हुन्छ, आफैँ किताब निकाल्छु अनि साथीसँग मिलेर पढ्छौँ । ” बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले जानकारी दिनुभयो । “बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको हो”, उनले भने, “अलिकति आर्थिक भार थप भएको छ, अर्को शैक्षिक सत्रदेखि अझ सहज हुने छ ।”

अहिले विद्यार्थीको घरमा ‘एक सेट’ पुस्तक छ भने उनीहरूले विद्यालयमा पनि सोही किताब पढ्न पाउँछन् । विद्यालयमा यस शैक्षिक सत्रमा दुई विद्यार्थीका लागि एक सेट पुस्तक उपलब्ध छ भने २०८१ को शैक्षिक सत्रदेखि प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तक उपलब्ध गराउने तयारी गरिएको प्रधानाध्यापक कँडेलले बताए । “हामीले पहिले सोही कक्षामा पढेका विद्यार्थीले विद्यालयमा पुस्तक फिर्ता गराउनका लागि अभिभावकसँग सल्लाह पनि गरेका छौँ, अब अर्को शैक्षिक सत्रदेखि सहज हुन्छ”, उनले भने, “हामीले तीन कक्षासम्म मात्र नभई अब पाँच कक्षासम्म पनि त्यही प्रक्रियामा जाने योजना बनाउँदै छौँ ।”

विद्यार्थीलाई सहज बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेका छन् । गहुँगो झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट विद्यार्थीले राहत पाएको अभिभावकको भनाइ छ ।

ताजा अपडेट
प्रतिकृया दिनुहोस

Copyright © All right reserved to https://shamser.info.np Site By: .