Open link » 1 Open link » 2
विराटनगर महानगरपालिका अन्तर्गत संचालित सरस्वती माध्यामिक विद्यालयले सय भन्दाबढी विद्यार्थीलाई परीक्षा शुल्क नबुझाएको भन्दै १०० बढी विद्यार्थीलाई परिक्षा हलबाट निष्कासित गरेको समाचार २०८० पौष २२, आईतबार कान्तिपुरले छापेको छ
नेपाली र अंग्रेजी माध्यमबाट पढाई हुने यो विद्यालयले विद्यार्थीलाई परीक्षा शुल्क वापत डेढसय देखि दुईसय रुपैयाँसम्म उठाउने गरेको छ भने अंग्रेजी माध्यमबाट अविभावक सहयोगका नाममा ५०० देखि १२०० सम्म शुल्क लिने गरेको छ । ‘अंग्रेजी माध्यममा पढाइ गर्न मिल्छ छ तर शुल्क लिन पाइदैन ।
सामुदायिक विद्यालयमा मासिक र परीक्षा शुल्क केही पनि लिन नपाउने प्रावधान छ,। परीक्षा शुल्कका नाममा विद्यार्थीलाई परीक्षा हलमै बस्न नदिनु विद्यालय प्रशासनको गैरजिम्मेवारी कार्य हो ।’ एक पालिकाका शिक्षा अधिकृतले बताए । हामी यस्ता विद्यालयहरुको नियमन गर्छौ ' पनि भने ।
परीक्षा शुल्क नतिरको भन्दै परीक्षा दिइरहेकै अवस्थामा हामीलाई बाहिर निकाले र भोलि पैसा लिएर आएपछिमात्र परीक्षामा सामेल गराउँछौ र छुटेको परीक्षा पनि दिन लगाउँछौं भनेर कपी खोसेर राखे । ' एक विद्यार्थीले डराई डराई हामीलाई भने । विराटनगर महानगरपालिका सबै विद्यालयले तीन दिन देखि महानगरस्तरीय दोश्रो त्रैमासिक परीक्षा लिइरहेको छ । विद्यालयका एक शिक्षकका अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका सय भन्दाबढी वद्यार्थीलाई परीक्षा शुल्क नतिरेको भन्दै आइतबार परीक्षा दिनबाट बञ्चित गरिएको बताए । ।
अविभावक सहयोगका नाममा सामान्य शूल्क लिने गरेको स्वीकार्दै विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेको पाइएपछि अविभावक लिएर आउनु भन्दै घर पठाएको हो भनेर प्रधानाध्यापकले जवाफ दिए । ।
थप सुचनाहरु »
शमसेर पुलामी । नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र … Read More
विद्यालय सुधार योजना निर्माण समिति :डिमजनता मा.वि. लाई के वनाउने कस्तो थलो वनाउने ? के कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कोणवाट जाँचिनु र नापिनु पर्दछ । सोही नाप अनुसारको नक्शाङ्कनसहित भावि योजना निर्माण गरिनुपर्दछ । योजना निर्माण गर्नुले आधा कार्य पुरा हुन्छ भन्ने आशयले हामी योजना निर्माणको प्रकृयामा एकपछि अर्को गर्दै आएका छौ । विद्यालय सुधार योजनाको दीर्घकालिन भिजनअनुसार आ.व.२0७९–२0८३ मा निम्न नारा र प्रतिबद्घता सहितको यस विद्यालयको भावि लक्ष्य निर्धारण गरिएकोछ । प्रविधि मैत्री शिक्षा, हामी सबैको इच्छा भन्ने कुरा आत्मशात गर्दै अघि बढ्ने,ा…
बिगत बर्षदेखि नै चर्चाको विषय बनेको पेन्शन व्यवस्था हाल आएर सँघीय शिक्षा एेनले यो विषय पुन: ब्युँझाएको छ । प्रस्तावित शिक्षा सँघीय शिक्षा एेनको मस्यौदामा २०७५ चैत ४ पछिका स्थायी शिक्षकहरुको पेन्शनको दायित्व सँघीय सरकारले नब्यहोरी स्थानीय सरकारलाई जिम्मा दिने प्रावधानले शिक्षकहरुलाई पेन्सनबाट बञ्चित गराउन लागेको भन्दै देशभरीका स्थायी शिक्षकहरू पेन्सन पाउनुपर्ने माग लिएर काठमाडौंस्थित दरवार हाइस्कुलमा भेला भएका छन् । उनीहरुले २०७५ चैत ४ पछि हालसम्मका सबै स्थायी शिक्षकहरुलाइ साविक बमोजिमकै पेन्सनको निरन्तरता हुनुपर्ने, नपुग सेवा अवधि जोडिनु पर्ने उनीहरुको प्रमुख माग रहेकाछन् सँघीय गणतन्त्र नेपालको पहिलो संबिधान २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको अधिकार पालिका सरकारलाई सुम्पिएपछि विद्यालय संचालनमात्र हैन दायित्व बहनको समेत व्यवस्था मिलाउन सरकारले एेन ल्याउन लागिएको देखिन्छ । । …
Read More
पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको शिक्षा नीति ।
मातृभाषाको शिक्षक दरबन्दी राख्न माग।
सिक्दै कमाउँदै विद्यार्थी धान थन्क्याउने चटारोमा ।
Just Joke व्यर्थमन्त्रीको बजेट भाषण
Class-12 : Education & Development
प्राविधिक विषयका विद्यार्थी नहुँदा पठनपाठन बन्द