शैक्षिक सुशासनका लागि के कस्ता कार्यहरु गरिनु आवश्यक छ शिक्षामा कहाँ के कस्तो बिकृति विसङगतीहरु देख्नुभएको छ कृपाय लेखि पठाउनुहोला। पठाउनका लागि Connect with  🌏 मा थिच्नुहोला     भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु

  समाचार लेख रचना  

यस वेभसाईटमा बिज्ञापन दिनुभएका वा दिन चाहने सेवाग्राहीहरुले Open link मा Click गरी भुक्तानी गरिदिनुहोला ।

Open link » 1 Open link » 2

जे देखें सो पढे

शिक्षा

हामी सुशासनको कुरा हरेक दिन गर्छौं । सुशासन भएन जताततै भ्ष्टाचार भयो भन्ने गर्छौं । बेलाबेलामा शिक्षा माफियाहरुको पनि कुरा गर्छौं । सुशासन प्रजातन्त्रको गहना हो पनि भन्छौ । राजनीति प्रशासनिक हरेक क्षेत्रमा सुशासनको खाँचोपर्छ । शिक्षा स्वास्थ्य स्वस्थ खानेपानी नागरिकलाई निशुल्क सहज सरल तरिकाले उपलत्ब्ध हुन सके तब नागरिकले राज्यको अनुभूति गर्न सक्छ । राज्यको संबिधान र कानुनमा शिक्षा स्वास्थ्य निशुल्क हुने कुराको उल्लेख पनि गरिएको छ । तर व्यवहारमा अक्षरश लागू भएको पाईदैन । शिक्षा मानवअधिकारको वस्तु हो बिना शर्त छलछाम शिक्षा पाउनु हरेक नागरिकको अधिकार हो । नेपालमा कक्षा ८ सम्म अनिवार्य र निशुल्क कक्षा १२ सम्म नै निशुल्क गरिएको छ । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय पालिकालाई दिइएको छ त्यो अधिकारको सदुपयोग के कति हुन सकेको छ भन्ने कुरा सामाजिक संजालमा देखा पर्दछ । शिक्षकले पढाए पढाएनन् भनेर अनुगमन हुन्छ । Digital हाजिरी पनि घाँटीमा झुण्ड्याएकै छ । यो सबै शैक्षिक सुशासनको लागि हो र सकारात्मक पक्ष पनि हो । तर आफ्नै आँखा अगाडि दिनदहाडै यसरी विद्यालयमा नाजायज तरीकाले रकम उठाइ रहँदा विद्यालय प्रअ विव्यस नदेखेजस्तो गरी पढाइ लेखाइको अनुगमन गर्ने गर्दछ । आज शिक्षामा देखिएका यस्ता घटनाहरु सुन्दा खै त शिक्षामा भ्ष्टाचार ? नाङ्गै खुट्टा लिएर पढ्न आउनेलाई कति अन्याय होला । माथिल्लो कक्षा ( माध्यमिक 9-10-11-12 र आधारभूत तहको कक्षा ८ ) संचालन वापत, परीक्षा, अतिरिक्त कक्षा, अभिभावक सहयोग, प्रमाणपत्र,बिजुली पानी जस्ता अनेकौं बहानामा विद्यार्थीहरुबाट पैसा लिने चलन नयाँ नौलो भने होइन तर प्रश्न अनुगमन नियमनको हो । बेलाबखत सामाजिक संजालमा आउने समाचारहरु पढ्दा लाग्छ शैक्षिक सुशासन किन हुन सक्दैन ? फेशबुकको शिक्षा पेजमा देखिएको म्याग्दी र सप्तरी जिल्लामा चाहिने भन्दा बढी शुल्क लिएको कुरा के गलत हो ? यो समाचार पोष्ट गर्ने साहसी व्यक्ति नेपाल सरकारकै प्रतिनिधि हुनुहुन्छ (प्रशिक्षक)

म म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका अन्तर्गतको एउटा विद्यालयमा प्रशिक्षकको रुपमा अध्यापनरत छु ।

    १) राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिस्ट्रेसन फारम भर्नका लागि निर्धारित समयमा बिलम्ब शुल्क रहित रु ३०० तोकेको छ तर यहाँ विद्यालयले विद्यार्थीहरूसँग रु १००० उठायो ।
    २) कक्षा १० को २०८० को SEE को लागि राष्ट्रिय परीक्षा बोर्डले निर्धारित समयसम्म बिलम्व शुल्क रहित रु ५०० तोकेको छ तर विद्यार्थीहरूसँग भने रु १,००० उठाइयो ।
    ३) अहिले कक्षा ११ को रजिस्ट्रेसन फारम (शुल्क रु ४०० बिलम्ब शुल्क रहित) भर्ने समय छ । यसमा पनि प्रधानाध्यापक र विद्यालय प्रशासनले यस्तै चरम शुल्क गरिब विद्यार्थीहरूबाट असुल्दैन भन्न सकिन्न ।
    ४) परीक्षा सेन्टर खर्च भनेर १ हजारदखि १५०० सम्म उठाउने गरेको।
    विद्यालयमा हुने यस्तो अनियमितता, भ्रष्टाचार कसरी रोक्न सकिन्छ? राम्रो ड्रेस लगाउन नसक्ने, १०-४ बजेसम्म बिना खाजा पढ्न आउने विद्यार्थीहरू छन् । विद्यालयले भने यसरी शोषण गरिरहेको छ ।

अर्को समाचार----------

बढी शुल्क नलिन विद्यालयहरूलाई आग्रह।

सप्तरीको राजबिराज १६ स्थित नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय विद्यार्थीबाट रजिस्ट्रेसन बापत चर्को शुल्क असुलेको र विरोध गर्न खोज्दा एक जना विद्यार्थीलाई प्रधानाध्यापक र विव्यस अध्यक्षले घाइते हुनेगरी कुटेको खबर छ । परीक्षा बोर्डले रजिस्ट्रेसन शुल्क ३ सय तोकेको छ तर विद्यालयले १ हजार रुपैयाँ उठाएको भन्दै विद्यार्थी आक्रोशित भएका थिए । रजिस्ट्रेसन र परीक्षा आवेदनका लागि मनोपरी शुल्क असुल्न थालेको गुनासो बढेपछि सप्तरीस्थित जिल्ला विकास तथा समन्वय इकाई सप्तरीले तोकिएको भन्दा बढी शुल्क नलिन विद्यालयहरूकाई आग्रह गरेको छ ।

बारीको कोदो बाँदरले सिध्याउलान् भन्ने पिरले आशाले चार दिन लामो छुट्टी मागिन्...✍️

आशालाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो।

 


 मंसिर ११ गते पूर्णिमाको दिन। प्युठान जिल्लाको झिमरुक गाउँपालिका–३, कुटेडाँडामा रहेको बालज्योति आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी सबै गाउँमा लागेको ब्रह्माथान मेला हेर्न गएका थिए। मेलामा रमाइरहेका बालबालिकामध्ये कोही खेल्दै थिए, कोही मन पर्ने खानेकुरा किनेर खाइरहेका थिए। रमझमको त्यो माहोलमा कक्षा ४ मा पढ्ने आशाकुमारी विक पनि थिइन्। 

विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेतले ११ वर्षकी आशाको अनुहारमा निराशाको बादल देखे। टोलाइरहेकी उनी न खुशी देखिन्थिन् न त साथीहरूले झैँ मेलामा पाकेका परिकारको स्वाद नै लिइरहेकी थिइन्। प्रधानाध्यापक बस्नेतले चासो दिएर सोधीखोजी गरे। तर अन्तर्मुखी स्वभावकी उनले खुलेर केही बोलिनन्। आशाको मलिन अनुहारको मौनताले कुनै न कुनै चिन्ता बोलिरहेझैँ उनलाई लाग्यो। 

विद्यालयमा पढ्ने १०३ बालबालिका सबैजसो नै मेलामा सहभागी थिए। दिनभरको रमाइलो मेला सकियो। घर फर्किने बेला आशाले आफूसँगै पढ्ने साथीहरूमार्फत हेडसरसँग राखिदिन एउटा अनुरोध गरिन्। त्यो अनुरोध थियो– उनलाई चार दिनका लागि चाहिएको बिदाको स्वीकृति। बिदा जरुरी पर्नाको कारण पनि आशाले साथीहरूसँग साझा गरिन्। 

खासमा उनलाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो। मनमा मडारिइरहेको कोदो जोगाउने चिन्ताबारे आफैँले बोल्ने आँट नआउँदा उनले साथीहरूको सहयोग लिएकी थिइन्। 



आशाकुमारी विक (माथि), उनको बारीमा कोदो काट्दै गरेका विद्यार्थी र बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेत। तस्वीरहरू सौजन्य: कृष्णा जीसी

आशाले गरेको अनुरोध उनका साथीहरूको मुखबाट सुनेपछि विद्यालयका प्रधानाध्यापक बस्नेतको मन छोयो। “त्यो सुनेपछि नानीलाई साह्रै गाह्रो रहेछ भन्ने मैले थाहा पाएँ। घरमा खानाको जोहो गर्नेदेखि ८४ वर्षकी हजुरआमा स्याहार्नेसम्मको जिम्मेवारी उनकै थाप्लोमा रहेछ,”  शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शिक्षक र विद्यार्थी सबै मिलेर उनको बारीको कोदो काटिदिने योजना मनमनै बनाएँ।” 

त्यसपछि उनले आशालाई स्कुल छाडेर एक्लै कोदो काट्नुको सट्टा दुई–चार दिन पर्खन भने। शुक्रबारको पर्खाइ हुँदै थियो। एक दिन बाँकी छँदा बिहीबार बिहान विद्यालयका एकदुई जना अन्य विद्यार्थीले आशाको कोदोबाली बाँदर आएर सिध्याउनै लागेको खबर ल्याए। “त्यो सुन्नासाथ अरू सरम्याडमसँग सल्लाह गरेर शिक्षक र विद्यार्थी सबै मिलेर हिजो (बिहीबार) इन्टरभलको समयमा कादो भित्र्याइदियौँ,” प्रधानाध्यापक बस्नेतले सन्तुष्ट भावमा सुनाए।  

Our services like Gradesheet Software, Fee mgt Softaware, Entrance-Card, Progress-Card, Certificate Software, Online result, sms services, Question Bank, intellectual services & other many services are avialable. Press on image to apply form   

Open link » 1 Open link » 2

शिक्षक र विद्यार्थीहरूलाई एकैसाथ कोदो काट्न धेरै औजार चाहिने भएकाले गाँउबाट हँसिया–करौँती जम्मा गरेर एकैछिनमा काटिएको उनले बताए। “आशाकी हजुरआमाको स्वास्थ्य एकदमै नाजुक रहेछ। बाँदरले आएर बाली खाइदिए पनि धपाउन नसक्ने उहाँको अवस्था र परिवारमा अरू कोही पनि नहुँदा उनलाई साहै्र दुःख भएको रहेछ। हामीले थाहा पाएर सामूहिक रूपमा मद्दत गर्‍यौँ,” प्रधानाध्यापक बस्नेतले भने।

आशामाथि अभिभारा आउनुको कारण  
अर्को अंकमा 

सावधान

  लुम्बिनी वर्ल्ड स्कुलमा साहित्यिक महोत्सव सम्पन्न 

लुम्बिनी वर्ल्ड स्कुलले यसै दशैँ – तिहार बीचको उमङ्गमय समयको अवसर पारेर आफ्नो पहिलो साहित्यिक महोत्सव सम्पन्न गरेको छ । प्री देखि कक्षा नौ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको उक्त महोत्सव दुई हप्ता सम्म सञ्चालन गरिएको थियो । विद्यालयमा साहित्यिक माहोल तयार गरी विद्यार्थीहरूलाई विभिन्न रचनात्मक कार्यहरूमा सामेल गराइएको थियो ।

ताजा अपडेट
  • brp
  • फेसबुक
  • ट्वीटर
  • यूट्युब
  • Copyright © All right reserved to https://shamser.info.np Site By: .